अर्जुन ओली

नेपालगन्जमा पूर्वराजा र उपप्रधानमन्त्री थापाको गोप्य भेट

शनिबार, १५ पुष २०७४

पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवार सहित भ्रमणका लागी पश्चिम क्षेत्रमा आएपछि राजसंस्था समर्थकहरु नेपालगन्जमा केन्द्रित भएका छन्। पूर्वराजा ज्ञानेन्द्र आफ्नी पत्नी कोमल, बुहारी हिमानी र छोरी प्रेरणा सहित दुई हप्ता लामो भ्रमणका लागी बिहीबार अपरान्ह नेपालगन्ज आईपुगेका थिए।

पूर्वराजा ज्ञानेन्द्र परिवारसहित नेपालगन्ञमा

शुक्रबार, १४ पुष २०७४

मध्य र सुदूरपश्चिमको भ्रमणका लागी नेपालगन्ज आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले होटल सोल्टीमा शुक्रबार बिहानैदेखि भेटघाट जारी राखेका छन्। पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल, बुहारी हिमानी र छोरी प्रेरणासहित बिहीबार अपरान्ह नेपालगन्ज आइपुगेका थिए।

काँग्रेसका पुराना नेताको सुझाव: पार्टीलाई नयाँ ढंगबाट अघि लैजाउँ

शनिबार, ०१ पुष २०७४

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नतिजाले कार्यकर्तामा निराशा छाईरहेका बेला बाँके काँग्रेसका पुराना तथा अग्रज नेताले पार्टीको सुदृढीकरण गरी नयाँ ढंगबाट अगाडी बढाउनुपर्ने सुझाव दिएका छन्। यसका लागी पार्टीको केन्द्रिय नेतृत्वले स्पष्ट दृष्टिकोण बनाउनुपर्ने उनीहरुको भनाई छ।

बाँकेमा समानुपातिकतर्फ काँग्रेस पहिलो

शुक्रबार, २९ मङि्सर २०७४

प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष निर्वाचनमा कमजोर बनेको नेपाली काँग्रेस समानुपातिकतर्फ भने बाँकेमा पहिलो भएको छ । हालै सम्पन्न समानुपातिक मत परिणाम अनुसार नेपाली काँग्रेस पहिलो भएको हो।

निर्वाचनपछि देश नयाँ युगमा प्रवेश’ : उपराष्ट्रपति पुन

शुक्रबार, २९ मङि्सर २०७४

उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँगै मुलुकले राजनीतिक स्थायित्व हासिल गर्ने विश्वास गरेका छन् । मतदाताको भव्य सहभागिता र उल्लासमय वातावरणमा निर्वाचन सम्पन्न हुनुले संविधान कार्यान्वयनलाई सुखद पूर्णता दिएको उनको भनाइ छ ।

बाँके ३ ‘ख’ मा वाम गठबन्धनका गौतम विजयी

आइतबार, २४ मङि्सर २०७४

बाँकेको प्रदेश सभा–३ ‘ख’ मा नेकपा एमालेका बाबुराम गौतम विजयी भएका छन् । नेपाली काँग्रेसका लक्ष्मीनारायण शाहलाई पराजित गरी गौतम विजयी भएका हुन् ।

बाके १ र ३ मा वाम गठबन्धनको अग्रता

आइतबार, २४ मङि्सर २०७४

बाँकेका प्रतिनिधि सभाका दुई क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। क्षेत्र नं. १ मा माओवादी केन्द्रका उम्मेदवार महेश्वर गहतराज अगाडि छन् भने ३ मा एमालेका नन्दलाल रोकाले अग्रता लिइरहेका छन्।

बाँके प्रदेश सभा सदस्यमा हमाल, केसी र खरेल निर्वाचित

शनिबार, २३ मङि्सर २०७४

बाँकेको तीन वटा प्रदेश सभाको मत परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार बेलुका सम्म सार्वजनिक गरेको मत गणनाको परिणाम अनुसार प्रदेश सभा–१ ‘क’ र प्रदेश सभा–३ क मा नेकपा माओबादी र प्रदेश सभा–२ ‘ख’ मा नेपाली काँग्रेस विजयी भएको हो ।

माओवादी आक्रमणमा परी घाइते परिवारलाई गाउँ फर्किन डर

बिहिबार, १४ मङि्सर २०७४

माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट गम्भीर घाइते भएका रोल्पा सुर्वणावती गाउँपालिका–६ गजुल, दलंगा निवासी विष्णु केसीको परिवारले थप असुरक्षा महसुस गरेको छ । चुनावको रिस फेर्दै माओवादी केन्द्रका स्थानीय कार्यकर्ता गोपाल महरालगायतको समूहले यही मंसिर १२ गते बेलुका २६ वर्षीय केसीलाई घर नजिकै आक्रमण गरेको थियो ।

दलका पुरानै एजेन्डा, मतदातामा छैन उत्साह

बिहिबार, १४ मङि्सर २०७४

चुनाव नजिक आए पनि बाँके, नरैनापुरका नन्कौं अन्सारी हर्षित देखिँदैनन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेका बेला गाउँमा चुनावी गतिविधि बिस्तारै बढ्न थालेका छन् तर तिनले नन्कौंलाई छुन सकेका छैनन्।

केपी ओलीले भाषण गर्दा गर्दै विद्युत अवरुद्ध भएपछि…

सोमबार, ११ मङि्सर २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार दिउँसो ३ बजे नेपालगन्ज आउने प्रचार गरेको वाम गठबन्धनले स्थानीय त्रिभुवन चोकमा चुनावी सभा राख्यो। प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको माहोल तताउन कार्यक्रम आयोजना गरिएको थियो ।

नेपालगन्ज म्याराथनमा दुर्गाबहादुरलाई उपाधि

बुधबार, ०६ मङि्सर २०७४

जुम्लाका दुर्गाबहादुर बुढाले नेपालगन्ज म्याराथन तेस्रो संस्करणको उपाधि जितेका छन् । दुर्गाले २ घण्टा २६ मिनेट ५८ सेकेन्डमा दौड पूरा गरेका थिए।

चुनावको निहुँमा जबरजस्ती चन्दा माग्दै वाम गठबन्धन

सोमबार, २७ कार्तिक २०७४

निर्वाचन आयोगको आचार संहितालाई चुनौती दिँदै चुनावको निहुँ पारेर राजनीतिक दलले नेपालगन्जका व्यापारीसँग ‘जबरजस्ती’ रुपले चन्दा असुल्न सुरु गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले व्यापारीसँग चन्दा असुल्न सुरु गरेको पीडित स्वयंले गुनासो गरेपछि यस्तो तथ्य बाहिर आएको हो ।

चुनाव प्रजातान्त्रिक परिपाटी र कम्यूनिष्ट शासन रोज्ने परीक्षा : पाण्डे

सोमबार, २७ कार्तिक २०७४

नेपाली काँग्रेसका नेता सुरेन्द्र पाण्डेले लोकतन्त्रमा आएको कालो बादललाई हटाउन नेपाली जनताले फेरि काँग्रेसलाई साथ दिनुपर्ने बताएका छन् । नेपाली काँग्रेसले नेपालगन्जमा स्थापना गरेको क्षेत्रीय स्तरको मिडिया सेन्टरको सोमबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

भारतबाट ज्यादती भएको अन्तर्राष्ट्रिय अधिकारकर्मीको ठहर

शुक्रबार, २४ कार्तिक २०७४

भारतीय पक्षले निर्माण गरेको लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र सीमा सडकले पु¥याएको क्षतिको अन्र्तराष्ट्रिय अधिकारकर्मीले अनुगमन गरेका छन् ।

अधिनायकवाद नेपाली जनतालाई स्वीकार्य छैन: उपप्रधानमन्त्री थापा

बुधबार, २२ कार्तिक २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल र पार्टी एकता गर्ने घोषणाले आशंका पैदा गरेको बताएका छन्। यसले प्रजातन्त्रको भविष्य, राजनीतिक स्थायित्व र मुलुकको समग्र आर्थिक विकासमा समेत आशंका उब्जाएको बताए।

प्रदेश र प्रतिनिधि सभामा १ सय २ उम्मेदवार

आइतबार, १९ कार्तिक २०७४

प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएका मध्ये ९ जनाले आईतबार उम्मेदवारी फिर्ता लिएका छन्।

जेलभित्रको रिसइबीले साथीको हत्या

सोमबार, १३ कार्तिक २०७४

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ भवानीयापुरस्थित नदी किनारमा वतन नखुलेको एक युवकको शव गत भदौं ३१ गते राती फेला परेपछि जिल्लाको सिंगो सुरक्षा संयन्त्रको ध्यान त्यतातिर मोडियो।

भन्सारको ‘सेटिङ’मै भित्रिन्छ सामान

आइतबार, १२ कार्तिक २०७४

करिब २० लाख मूल्य बराबरको ईलेक्ट्रिकल मेसिन बोकेको यूपी ३५ टी ७३०७ नम्बरको भारतीय ट्रक शनिबार बेलुका साढे ७ बजेतिर भन्सार पास नगराएरै नेपालगन्ज भित्रियो।

नेपालगन्जमा नाकामा १५ टन मासु बरामद

सोमबार, ३० असोज २०७४

नेपाल–भारत सिमानाका जमुनाहाबाट नेपालगन्ज भित्र्याउँदै गरेको ठुलो परिमाणको मासु बरामद गरिएको छ । भारतीय ट्रकमा लोड गरी भित्र्याउँदै गरेको १५ मेट्रीक टन मासु नेपालगन्ज भन्सार कार्यालयले नियन्त्रणमा लिएको हो ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।