अर्जुन ओली

प्रदेश र प्रतिनिधी सभा निर्वाचनमा पत्रकार आकांक्षी

शुक्रबार, २७ असोज २०७४

आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागी बाँकेका आधा दर्जन बढी पत्रकारले आकांक्षा देखाएका छन्। प्रदेश र प्रतिनिधि सभाका लागी नेपाली काँग्रेसबाट ४ र एमालेबाट ४ तथा नयाँ शक्ति र राष्ट्रिय जनता पार्टीबाट १/१ जना पत्रकार आकांक्षी देखिएका हुन् । आकांक्षी पत्रकारको नाम काँग्रेस, एमाले, नयाँ शक्तिले केन्द्रमा सिफारिस गरी पठाईसकेका छन्।

कोइरालाको क्षेत्रमा टिकट लिन होडबाजी

बुधबार, २५ असोज २०७४

पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निर्वाचन क्षेत्रमा आसन्न प्रतिनिधिसभा सदस्यको चुनाव लड्न कांग्रेसका पाँच नेता आकांक्षी देखिएका छन् । सांसदको टिकट लिन नेता राजकुमार बर्मा, निरन्जनसिंह सिजापति, अब्दुल हमिद सिद्धिकी(भोला), मोहम्मदी सिद्धिकी र मोहम्मद याकुव अन्सारीबीच होडबाजी चलेको छ ।

बाढीपीडितलाई आएन दसैं

बुधबार, ११ असोज २०७४

सबैको घरमा दसैंको रौनक छाईसकेको छ । बाँके, राप्तीसोनारी गाउँपालिकास्थित फत्तेपुर, लक्ष्मीराजपुर निवासी लक्ष्मण थारुको घरमा दसैंको कुनै रौनक देखिंदैन । बिहान र बेलुकाको छाक टार्न मुस्किल परिरहेका बेला उनको परिवारले दसैं मनाउने कल्पनासमेत गरेको छैन । ‘अहिलेसम्म खाने र बस्ने ठेगान छैन, यस्तो बेलामा दसैं मनाउने कुरा सोच्न सकेको छैन,’ लक्ष्मणले नागरिकसँग भने । गत साउन अन्तिम साता आएको राप्तीको बाढीले काँचो इँटाले निर्मित उनको घर भत्काएको थियो । घरमा पूर्णरूपले क्षति पु¥याएपछि करिब एक महिनासम्म लक्ष्मणको परिवार विस्थापित भएको थियो । अहिले गाउँमै फर्केर काम चलाउ हिसाबले बस्ने ठाउँको जोहो त गरेका छन् तर वर्षमा एकपटक आएको पर्व मनाउने रुपैयाँ उनीसँग छैन । घरमा रहेका सात जनाको परिवारको पेट पाल्न मुस्किल परिरहेको लक्ष्मणले दुखेसो पोखे ।

बिरामी छट्पटाउँदै शय्यामा, डाक्टर धर्नामा

मङ्गलबार, १० असोज २०७४

बिरामी छोरालाई बोकेर आएका बर्दिया, मैनापोखर निवासी राजाराम थारु नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल परिसरबाट सोमबार उपचार नगराएरै घर फर्किए । निमोनिया भएको आशंकामा राजारामले आफ्नो आठ वर्षीय छोरालाई नेपालगन्ज ल्याएका थिए । जब उनी अस्पतालको ओपिडी कक्ष बाहिर प्रवेश गरे, त्यहाँ वातावरण सुनसान देखियो ।

बिरामी छट्पटाउँदै शैयामा, डाक्टर प्रशासनको धर्नामा

सोमबार, ०९ असोज २०७४

बिरामी छोरालाई बोकेर आएका बर्दिया, मैनापोखर निवासी राजाराम थारु नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल परिसरबाट सोमबार उपचार नगराएरै घर फर्किए। निमोनिया भएको आशंकामा राजारामले आफ्नो ८ बर्षिय छोरालाई नेपालगन्ज ल्याएका थिए ।

डाक्टरको आन्दोलनले बिरामीको बिजोग

आइतबार, ०८ असोज २०७४

पेट दुख्ने समस्याले सताएपछि उपचारका लागी भेरी अञ्चल अस्पताल आएका दाङ, घोराही निवासी सन्दिप केसी आईतबार निराश भएर घर फर्किए । अस्पतालको ओपिडी कक्षमा स्वास्थ्य जाँच गराउन भनि एका बिहानै घरबाट निस्केका उनी जब भेरी अञ्चल अस्पतालको परिसरमा प्रवेश गरे, त्यसपछि मात्र डाक्टरहरु आन्दोलित भएको जानकारी पाएका थिए।

सामान खरिद गर्दा बाँकेको जानकी गाउँपालिकामा आर्थिक अनियमितता

शुक्रबार, ३० भदौ २०७४

बाँकेको जानकी गाउँपालिकाभित्र व्यापक रुपमा आर्थिक अनियमितता भएको तथ्य बाहिर आएको छ। स्थानीय तहको चुनाव अघि गाउँपालिकाको कार्यालय व्यवस्थापनका लागी सरकारले एक करोड बजेट पठाएको थियो।

ठक्कर दिने मोटरसाईकल पहिचान नहुँदा अस्पतालमा शब

मङ्गलबार, २७ भदौ २०७४

ठक्कर दिने मोटरसाईकललाई प्रहरीले पहिचान गर्न नसकेको भन्दै मृतकका आफन्तले शब बुझ्न मानेका छैनन्।

सिक्टा नहरको डिजाइनमै त्रुटि

आइतबार, १८ भदौ २०७४

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाका लागि सरकारले बर्सेनि अर्बौं रुपैयाँ बजेट छुट्ट्याउँदै आए पनि यसको डिजाइनमा भएको त्रुटिले १० प्रतिशत बजेट पुनर्निर्माणमा नै सकिने गरेको छ ।

नेपालगञ्जमा यसरी मनाइयो बकर इद (फोटो फिचर)

शनिबार, १७ भदौ २०७४

नेपालगन्जका मुस्लिम समुदायले शनिबार धुमधामका साथ बक्र इद मनाएका छन। बिपी चोकमा रहेको ईदगाहामा उनीहरूले सामूहिक रुपमा नमाज पढे ।

आठौं राष्ट्रिय खेलकुदको मस्कट हात्तीको छावा

मङ्गलबार, १३ भदौ २०७४

आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मस्कटको निर्णय गरिएको छ । आगामी २०७५ साल पुस महिनामा मध्यपश्चिम क्षेत्रमा हुन लागेको उक्त प्रतियोगिताको मस्कट हात्तीको बच्चा (छावा) राख्ने निर्णय गरिएको हो  । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न सचिवालय बैठकले सो निर्णय गरेको हो ।

तीन छोरी गुमाएका कमिलाल भन्छन्- ‘बाढीले कोखै रित्याइदियो'

आइतबार, ०४ भदौ २०७४

बाढीमा तीन छोरी गुमाएका कमिलाल थारू भन्छन्– बाढीले हाम्रो कोख नै रित्याइदियो, यस्तो अरु कसैलाई पनि नहोस्।

‘बाढीले कोख रित्याइदियो, यस्तो अरु कसैलाई नहोस्’

शनिबार, ०३ भदौ २०७४

बाढीले भत्काएका घर पुनःनिर्माणमा छिमेकीहरु जुटिसकेका छन् ।  कमिलाल थारु भने अहिले पनि शोकमै छिन् । बाढीले कोखै रित्याइदिएपछि ३२ वर्षीया उनकी श्रीमती फुलकुमारी आफन्त कहाँ विछिप्त अवस्थामा छिन्, भने कमिलाल भत्केको घरको वरिपरी टोलाएर समय बिताउँछन् । ‘श्रीमतीलाई दिदीसासुको घरमा राखेको छु, म चाँहि यताउता गरिरहन्छु,’ ३६ वर्षीय कमिलालले नागरिकसँग भने ‘छिमेकीले घरभित्र पुरिएका सामान निकाल्न थालिसके, मैले त आँट्न सकेको छैन्, घरतिर आउँदा मन रुन्छ ।’

बाढी पीडितलाई राहतको कमी हुन्न : प्रधानमन्त्री देउवा

बिहिबार, ०१ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितलाई राहतको कमी हुन नदिने बताएका छन् । राहत वितरण गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । नेपालगन्ज विमानस्थलमा बिहीबार पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले पूर्व र पश्चिम तराईको बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्न सरकारले विभिन्न संयन्त्र परिचालन गरिसकेको जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री नेपालगञ्जमा

बिहिबार, ०१ भदौ २०७४

प्रधानमन्त्री शेरबहादुर देउवा बाँके, बर्दिया र कैलालीको बाढी प्रभावित क्षेत्र निरीक्षणका लागि नेपालगञ्ज आइपुगेका छन्। प्रधानमन्त्री देउवालाई नेपालगञ्जको राँझास्थित नेपाली सेनाको ब्यारेकमा क्षेत्रीय प्रमुखहरुले बाढी प्रभावित क्षेत्रबारे ब्रिफिङ गरिरहेका छन्।

बाढी प्रभावित क्षेत्रमा मन्त्रीको हवाई निरीक्षण (भिडियो)

मङ्गलबार, ३१ साउन २०७४

सिंचाईमन्त्री सञ्जय गौतम र भुमिसुधारमन्त्री गोपाल दहितले मंगलबार बाढीग्रस्त क्षेत्र बाँके र बर्दिया पुगेका छन्।

सिक्टाको ढोका समयमा नखोल्दा बढी क्षति

मङ्गलबार, ३१ साउन २०७४

बाँके, राप्तीसोनारी गाउँपालिकाको अगैयास्थित सिक्टा सिंचाई आयोजनाको मूल बाँधको ढोका समयमा नखोल्दा राप्ती नदीको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। वर्षा भइरहेको अवस्थामा पनि मूल बाँधको ढोका बन्द गरिँदा बाढीले उक्त गाउँपालिकाको वडा नम्वर ३ र ४ बैजापुर तथा वडा नम्वर ५ बिनौनामा अकल्पनीय क्षति पुगेको हो। यी वडाका दर्जनौं गाउँ डुबानमा पर्दा हजारौं घर परिवारको यतिखेर विचल्ली भएको छ। सिक्टा सिंचाइ आयोजनाको लापरबाहीले राप्ती नदीको भेल सिधै गाउँमा पसेको हो।

बाढीबाट विस्थापित भोकभोकै बस्न बाध्य

मङ्गलबार, ३१ साउन २०७४

राप्तीसोनारी गाउँपालिका–३ बैजापुरकी नुमा शाहीको घरमा तीन दिनदेखि चुल्हो बलेको छैन। राप्तीको बाढीले घर खण्डहरमा परिणत भएको छ भने अन्नपात, लत्ताकपडा पूरै भिजेका छन्। करिब दुई फिटसम्म पानी जमेका कारण बाढी घटे पनि घरभित्र जमेको हिलो सुक्न पाएको छैन। दिनहुँ वर्षा भइरहेकाले भिजेको अन्नपात सुकाउन पाएकी छैनन्।

बाँकेमा बाढी पीडितको बिचल्ली, अवरुद्ध राजमार्ग अझै खुलेन

आइतबार, २९ साउन २०७४

वर्षा नरोकिँदा बाँकेका विभिन्न ठाउँ थप डुबानमा परेका छन्। शुक्रबार राति परेको वर्षापछि आएको बाढीले पुर्‍याएको क्षति संकलन गर्न नपाउँदै शनिबार रातिदेखि परेको वर्षाले थप डुबान गरेको छ। राप्ती नदी र विभिन्न खोलामा आएको बाढीले बाँकेका अधिकांश गाउँ डुबानमा छन्।

बाँकेमा बाढीको वितण्डा, एकै घरका ३ बालिका पुरिए

शनिबार, २८ साउन २०७४

अविरल वर्षापछि आएको बाढीले बाँकेमा वितण्डा मच्चाएको छ। शुक्रबार रातिदेखि शनिबार बिहानसम्म परेको वर्षाका कारण घर भत्किँदा बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्वर ४ बैजापुर (लालपुर) निवासी कमल थारुका ३ छोरी पुरिएका छन्।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।