उपेन्द्र यादव

चिनी मिलको प्रदूषित पानीले खोला दुर्गन्धित

बिहिबार, २० बैशाख २०७५

कलैया उपमहानगरपालिका–२४ श्रीपुरमा रहेको रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिबाट निस्कने प्रदूषित पानीले बंगरी खोला नै दुर्गन्धित बनेको छ।

भासिएको दुधौरा खोलाको पुल अझै सञ्चालनमा आएन

आइतबार, १६ बैशाख २०७५

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको दुधौरा खोलामा रहेको पुल अहिले सम्म मर्मत हुन सकेको छैन्।

दुई नम्बर प्रदेश बढी संवेदनशील : गृहमन्त्री थापा

बुधबार, १२ बैशाख २०७५

गृहमन्त्री रामबहादुर थापाले २ नम्बर प्रदेश बढी संवेदनशिल रहेको बताएका छन्। सिमराको होटेल इच्छामा बुधबार आयोजना गरीएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्ने क्रममा खुल्ला सीमाको कारणले हुने–गरिने तस्करी, भूमिगत संगठनको गतिबिधि लगायत कारणले गर्दा २ नम्बर प्रदेश बढी संवेदनशिल रहेको उनले बताएका छन्।

तीनवटा सुरक्षा निकायका प्रमुखद्वारा गढीमाईको पुजापाठ

बुधबार, १२ बैशाख २०७५

बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा रहेको विश्व प्रसिद्ध गढिमाई मन्दिरको तीनवटा सुरक्षा निकायका प्रमुखहरूले एकै पटक मंगलबार बेलुवा पुजापाठ गरेका छन्।

महिला टी–२० क्रिकेटको उपाधि एपीएफलाई

शनिबार, ०८ बैशाख २०७५

कलैयामा जारी रहेको महिला टी–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपिएफले उचालेको छ। सिद्धेश्वर क्रिकेट मैदानमा शनिवार भएको फाइनल खेलमा झापाको मिलन क्रिकेट क्लबलाई ५६ रनले हराउँदै  विभागीय टीम एपिएफले ५० हजार नगदसहित उपाधि उचालेको हो।

नगरप्रमुख यादवद्वारा बलिकाको अभिभावकत्व ग्रहण

सोमबार, ०३ बैशाख २०७५

कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले एक बालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालयमा भर्ना गराएका छन्। यादवले कलैया उपमहानगरपालिका १२ शीतलपुरकी ४ वर्षीया प्रियाकुमारीको अभिभावकत्व ग्रहण गरी नेपाल राष्ट्रिय निम्नमाध्यमिक विद्यालय शीतलपुरको बालविकास कक्षामा आइतबार भर्ना गराएका हुन्।

खेतमै उखु सुक्दा किसान चिन्तित

आइतबार, २५ चैत २०७४

उखु खेतमै सुक्न थालेपछि बारा र पर्साका उखुका किसान लगानी डुब्ने डरले चिन्ति बनेका छन्। कलैया उपमहानगरपालिका–२४ मनहर्वास्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिले उखु सहज रुपमा खरिद नगर्दा किसान समस्यामा परेका हुन्।

हुलाकी राजमार्गमा गुणास्तरहीन काम

बिहिबार, २२ चैत २०७४

वीरगन्ज–कलैया–बरियारपुर हुलाकी राजमार्ग मापदण्डविपरीत बनेको पाइएको छ। सडकमा माटो हाल्दा तह–तह रोलिङ गर्नुपनमा निर्माण कम्पनीले उक्त मापदण्ड पालना नगरेको हो ।हुलाकी सडक १२ मिटर चौडाइमा निर्माण भइरहेको हुलाकी राजमार्ग आयोजना कार्यालय वीरगन्जले जनाएको छ।

शंकास्पद ४० लाख रुपैयाँ प्रहरीद्वारा बरामद

बुधबार, २१ चैत २०७४

भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा बारा प्रहरीले स्रोत नखुलेको ४० लाख नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा एक भारतीय र एक नेपाली छन्। भारतसँग सीमाना जोडिएको विश्रापुर १ खेकरीया टोलबाट चेकजाचको क्रममा मंगलबार बारा प्रहरीले उक्त रकम बरामद गरेको थियो।

बिचौलियाले जनता आवास निर्माण ढिलाइ

बुधबार, २१ चैत २०७४

जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको घर निर्माणमा बिचौलिया बाधक बनेका छन्। दलित र अल्पसंख्यकहरुको घर निर्माण गर्नका लागि सरकारले जनता अवास कार्यक्रमअन्तर्गत एक घर निर्माणका लागि तीन लाख ३२ हजार पाँच सय रुपैयाँ उपलब्ध गराएको छ।

भारतसँगको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

सोमबार, १९ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन्। जीतपुर–सिमरा उपमहानगरपालिकाको औराहा र डुमरवानामा निर्माण  गर्न लागिएको विशेष आर्थिक क्षेत्रमा गार्मेन्ट प्रशोधन केन्द्रको शिलन्यास कार्यक्रममा बोल्दै ओलीले अहिले भारतसँग राम्रो सम्बन्ध रहेको बताउँदा धेरैले नपत्याए पनि वास्तवमै भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताए।

१५ महिनामा पेट्रोलियम पदार्थ आउने

आइतबार, १८ चैत २०७४

भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण गर्न लागिएको पेट्रोलियम पाइपलाइनबाट अबको १५ महिनाभित्र पेट्रोलियम पदार्थ आपूर्ति गरिने भएको छ।

मकैमा दाना लागेन

आइतबार, ११ चैत २०७४

मकैको घोगामा दाना नलागेपछि मकै बाली लगाएका किसान समस्या परेका छन् । मकैको बीउ, जोताइ, सिँँचाइ, मलखादका लागि प्रतिकट्ठा दुई हजार रुपैयाँभन्दा बढी खर्च गरेका किसान अन्तिममा घोगामा दाना नलागेपछि किसान चिन्तित बनेका छन्।

चलान माग्दै उखु किसान आन्दोलित

शुक्रबार, ०२ चैत २०७४

चिनी मिलले सरकारले निर्धारण गरेको मुल्य भन्दा कम मुल्यमा किसानहरुबाट उखु खरिद गर्न चलान नदिएको भन्दै किसानहरु आन्दोलित बनेका छन्।

जग्गा विवादमा काकाको हत्या

शुक्रबार, ०२ चैत २०७४

जग्गा बिबादमा एक जनालाई हत्या गरेको अभियोगमा बारा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर शुकवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

ठेकेदारको लापरबाहीले सडक धुलाम्मे

मङ्गलबार, २९ फागुन २०७४

ठेकेदारको लापरवाहीले निर्माणाधिन वीरगन्ज–कलैया–बरियारपुर हुलाकी सडक खण्ड धुलाम्मे बनेको छ । सडक निर्माणका क्रममा बिछ्याइएको माटोमा पानी नहाल्दा उक्त सडक धुलाम्मे भएको हो। धुलोमय बनेको सडकमा सवारी साधन आवतजावत गर्न नसकिने अवस्थामा पुगेको बारा बस व्यवसायी संघका अध्यक्ष अशोक पौडेलले बताए । सावरी साधनले उडाएको धुलोले चालकलाई सडकको अवस्था देख्न समस्या भइरहेकाले सवारी दुर्घटना समेत हुने गरेको पौडेलले बताए।

तस्करीको मरिच बरामद

सोमबार, २८ फागुन २०७४

बारास्थित प्रहरी टोलीले भारततर्फ अवैध रुपमा लैजादै गरेको ठूलो परिमाणको मरिच नियन्त्रणमा लिएको छ । शनिबार सीमावर्ती नाकातर्फ पिकअप भ्यानमा लैजादै गरेको ५० बोरा मरिच प्रहरीले नियन्त्रणमा लिएर आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

तस्करीको मरिच बरामद

आइतबार, २७ फागुन २०७४

भारततर्फ अवैधानिक रुपमा लैजादै गरेको ठुलो परिमाणको मरीच बारा प्रहरीले नियन्त्रणमा लिएको छ। सीमावर्ती नाका तर्फ शनिबार पिकअप भ्यानमा लैजादै गरेको ५० बोरा मरीचलाई बारा प्रहरीले नियन्त्रणमा हो। प्रहरीले आइबार पत्रकार सम्मेलन गर्दै नियन्त्रणमा लिइएको मरीच सार्वजनिक गरेको छ।

हतियारसहित दुई भारतीय पक्राउ

आइतबार, २७ फागुन २०७४

ईटालियन पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। बारा प्रहरीले भारत बिहार पूर्वीचम्पारण जिल्ला छौडादानो एकडरी २ का चन्दनकुमार जैसवाल र जितना ग्राम सुन्दरपुर ४ का संजय कुमारलाई नियन्त्रणमा लिएको हो।

एआइडिबीले सात स्थानीय तहमा दुई अर्ब लगानी गर्ने

सोमबार, २१ फागुन २०७४

चीनमा मुख्यालय रहेको एसियन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (एआइडिबी) ले विभिन्न सातवटा स्थानीय तहको पूर्वाधार र आयआर्जन हुने योजनामा दुई अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।