डिबी बुढा

प्रभावकारी बन्दै स्याउ बीमा कार्यक्रम

शुक्रबार, ०७ बैशाख २०७५

स्याउ किसानहरूको मर्मलाई मध्यनजर गर्दै कर्णालीमा शुरु भएको स्याउ बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।

मदिरा विरुद्ध महिला

शुक्रबार, ०७ बैशाख २०७५

शासन व्यवस्था पटक पटक फेरिदै आएपनि महिलाको दैनिकी र विभेद अहिले सम्म फेरिएको छैन्।

भत्ता बाड्न जनप्रतिनिधि घरदैलोमा

मङ्गलबार, ०४ बैशाख २०७५

तिला गाउँपालिका ९ का वडाध्यक्ष शेरबहादुर बोहोरा सामाजिक सुरक्षा भत्ता बाड्न गाउँमा व्यस्त छन्। जंगलको बाटो घण्टौ सम्म हिड्दा असुरक्षा बढ्न सक्ने भन्दै वडापालिकाको टिम र कर्मचारी सहित उनी गाउँमा भत्ता वितरण गर्न पुगेका हुन्।

दृष्टिविहिन विद्यार्थीलाई मोबाइल

सोमबार, ०३ बैशाख २०७५

जुम्ला चन्दननाथ नगरपालिका स्थित कर्णाली माध्यमिक विद्यालय अनामनगर र भैरबमावि नराकोटमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीलाई मोबाइल बितरण गरिएको छ। उनीहरुलाई एन्ड्रोइड मोबाइल बितरण गरीएको हो।

जुम्लामा निशुल्क विशेषज्ञ सेवा

बिहिबार, २९ चैत २०७४

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा निशुल्क विशेषज्ञ सेवा सञ्चालन गरिएको छ।

गाउँपालिका केन्द्र विवाद् चुलिँदै

बिहिबार, २९ चैत २०७४

जुम्लाको तातोपानी गाउँपालिकामा गाउँपालिकाको केन्द्र तोक्ने बारेको विवाद् चुलिँदै गएको छ। गाउँपालिका अध्यक्ष नवराज न्यौपाने पक्षले साविककै लिताकोटमै गाउँपालिका केन्द्र हुनु पर्ने अडान कायम राखेपछि विवाद चुलिएको हो।

जुम्लामा मुटु रोग विशेषज्ञ सेवा

शुक्रबार, २३ चैत २०७४

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक मुटुरोग विशेषज्ञ सेवा शुरु भएको छ।

बसले किच्दा एकको मृत्यु

बिहिबार, २२ चैत २०७४

जुम्लाबाट काठमाडाैं चल्ने कर्णाली यातायातको रात्री बसले किच्दा एक जनाको मृत्यु भएको छ। ना५ख ६२६८ नम्वरको बसले किच्दा चन्दननाथ नगरपालिका–६ छिना गाउँका ६० वर्षीया चन्द्रबिर सुनारको मृत्यु भएको हो। बसले बुधबार राती १० बजेतिर सुनारलाई किचेको प्रहरीले जनाएको छ।

सहकारीले गाउँका महिलामा समृद्धि

बुधबार, २१ चैत २०७४

जुम्लाका प्रत्येक गाउँमा सहकारीले काम गर्न थालेपछि समृद्धि ल्याएको अनुभूति स्थानीयले गर्न थालेका छन्। सहकारीले स्थानीय महिलाको जीवन स्तरमा परिवर्तन ल्याएको छ। पाँच वर्ष अघीसम्म घर खर्च चलाउनको लागि श्रीमानको भर पर्नुपरेकोमा अहिले उल्टै खर्च दिएर श्रीमानलाई पठाउने गरेको महिलाहरुले बताएका छन्। ग्रामिण क्षेत्रका महिलामा सहकारीले वचत गर्ने बानीको विकास गरेको छ।

रारा पर्यटन वर्षको तयारीका लागि कर्णाली प्रदेशका मन्त्रीको दौडधुप

शनिबार, १७ चैत २०७४

रारा कर्णाली पर्यटन वर्ष २०७५ को पूर्व तयारीका लागि कर्णाली प्रदेशका मन्त्री जिल्ला दौडाहमा केन्द्रित छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, पर्यटनमन्त्री नन्दसिंह ऐडी र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीको टिम कर्णाली प्रदेशका जिल्ला दौडाहामा लागेका हुन।

गाउँपालिका उपाध्यक्षको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

बिहिबार, १५ चैत २०७४

जुम्लाको हिमा गाउँपालिका जुम्लाको उपाध्यक्ष हिमाली रोकायको परीक्षा दिँदै गरेकी एक जना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

साना सवारीको मनपरीले यात्रुलाई सास्ती

बिहिबार, १५ चैत २०७४

साना सवारीले मनपरी भाडा असुल्न थालेपछि कर्णाली राजमार्गमा चल्ने लामोदूरीका यात्रुले सास्ती व्यहोरिरहेका छन् । सवारी टिकट काट्दा एउटा भाडा उल्लेख गर्ने र यात्रुबाट चर्को शुल्क असुल्न थालेपछि यात्रु मर्कामा परेका हुन्।

गुणस्तरिय शिक्षाप्रति जनप्रतिनिधिको चिन्ता

मङ्गलबार, १३ चैत २०७४

सरकारले गुणस्तरिय शिक्षाको नारालाई अघि बढाइरहेको बेला जुम्लाका जनप्रतिनिधिले शिक्षामा गुणस्तरता आउन नसकेको प्रति चिन्ता व्यक्त गरेका छन।

हिंसा मुक्त बस्ती कोइरेली

आइतबार, ११ चैत २०७४

जुम्लाको हिमा गाउँपालिका २ कोईरेलीलाई गाउँपालिकाको आयोजनामा हिंसामुक्त बस्ती घोषणा गरिएको छ।

परीक्षा केन्द्रमा अधिकार क्षेत्र मिच्दै प्रहरी, जुम्लामा तनाव

बिहिबार, ०८ चैत २०७४

विहीबारदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षामा प्रहरी हस्तक्षेप बढेको छ। जुम्लाको तिला गाउँपालिका १ स्थित सिता माध्यमिक विद्यालय रारालिही केन्द्रमा प्रहरीको हस्तक्षेप देखिएको हो।

मनपरी भाडा नअसुल्न यातायात व्यवसायीलाई चेतावनी

सोमबार, ०५ चैत २०७४

कर्णाली राजमार्गमा चल्ने सवारी साधनले मनपरी भाडा असुल्नाले यात्रु मर्कामा परेको भन्दै तत्काल गाडीभाडामा एकरुपता ल्याउन निर्देशन गरिएको छ। यातायात व्यवस्थापन समिति जुम्लाको सोमबार बसेको बैठकले पुरानै भाडादरमा सवारी सञ्चालन गर्न निर्देशन गरेको हो। जुम्ला, सुर्खेत, नेपालगंज र नेपालगंज सुर्खेत जुम्ला सम्मको भाडामा न्युनतम ५ सय रुपैया भन्दा बढी भाडा लिने गरेको भन्दै तत्काल भाडादर सन्तुलनमा ल्याउन निर्देशन गरिएको हो।

पुरानै पाठयपुस्तकको भर

आइतबार, ०४ चैत २०७४

छुमचौरकी सरिता वोहोरा नयाँ शैक्षिक शत्र सुरु भएको एक महिना वितिसक्दा पनि पुरानै पुस्तक पढ्न बाध्य छिन। साथीहरुसँग पुराना पुस्तक मागेर गुजारा चलाउनु परेको उनको गुनासो छ। नयाँ पुस्तक विद्यालयले ल्याइनसकेकोले पुराना पुस्तक खोजेर स्कुल जाने गरेको उनी वताउँछिन।

नमुना वस्ती  वनाउन जुटे युवा

आइतबार, ०४ चैत २०७४

तातोपानी गाउँपालिका २ जर्मी गाउँका युवा नमुना गाउँ वनाउने अभियानमा जुटेका छन्। उच्च शिक्षा हासिल गर्न नपाउँदै युवाहरुले गाउँ छोड्ने गरेको गुनासो आइरहेका वेला यहाँका युवा आफ्नो गाउँ आफै वनाउँ अभियानमा सक्रिय भएका हुन्।

कक्षा ८ मा ४ विद्यार्थी मात्रै

शनिबार, ०३ चैत २०७४

सरस्वती मावि तल्फीमा अध्ययनरत सरिता बोहोरा कक्षा ८ मा नियमित स्कुल आउने छात्रा मध्येकी एक हुन। शिक्षामा गुणस्तर र विद्यार्थी आकर्षण गर्ने विद्यालयको क्रियाकलाप उनको चाहना हो। नियमित विद्यालय आउने, सबै विषयमा पढाई हुनुपर्ने उनको जोड रहन्छ।

कर्णालीका सडकमा सुरक्षा चुनौती

मङ्गलबार, २९ फागुन २०७४

एक साताअघि गुठिचौर गाउँपालिका खल्लावाडाकी २७ वर्षिया हिरा अधिकारीलाई ना ६ त २५७२ नम्करको टयाक्टरले ठक्कर दिँदा मृत्यु भयो। बालिकालाई बचाउन जादा उल्टै उनलाई टयाक्टरले ठक्कर दियो। प्रत्यक्षदर्शीका अनुसार टयाक्टरले किच्दा घाइते भएकी अधिकारीलाई फेरी व्याँक गरेर किच्दा मृत्यु भएको हो। साघुरो सडकका कारण सवारी आवागमनमा समस्या हुने गरेको स्थानीय बताउँछन।