सम्पादकीय

सम्पादकीय

नमीठो घटनाको सम्झना

शुक्रबार, ०७ असोज २०७३

छिमेकी भारतले गत वर्ष हठात् नेपालमाथि लगाएको नाकाबन्दीको अस्ति बुधबार ठीक वर्ष दिन पुग्दा धेरैले त्यो अमानवीय घटनाको स्मरण गरे। कतिपय घटना सम्झनुभन्दा बिर्सनु लाभदायी हुन्छ भन्ने तथ्य ज्ञात हुँदाहुँदै धेरै नेपाली यसलाई सम्झन बाध्य भए।

भागबन्डाको भाँडभैलो

बुधबार, ०५ असोज २०७३

लाभका पदमा दलीय भागबन्डाका कारण अन्य क्षेत्रजस्तै शिक्षा क्षेत्र पनि दिनानुदिन ग्रसित बन्दै आएको छ । त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, डिन वा अन्य महŒवपूर्ण पदमा दलका अस्वस्थ नजर पर्नाले ती निकायमा कहिले लामो समय प्रमुख पद रिक्त हुने गरेको छ त कहिले चरम राजनीतिक प्रभावमा गलत व्यक्ति नियुक्त हुँदै आएका छन् ।

आर्थिक अधिकार

मङ्गलबार, ०४ असोज २०७३

संविधानको पहिलो वार्षिकोत्सव मनाउँदै गर्दा बितेको एक वर्ष राजनीतिक संक्रमणकाल कसरी लम्बियो र आर्थिक स्वतन्त्रता खुम्चिँदै गइरहेको छ भन्ने बिर्सनु हुन्न। एकातिर, संविधानले दिगो राजनीतिक स्थायित्व, आर्थिक उन्नति र दह्रो राष्ट्रिय एकतामार्फत् मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउने वाचा गरेको छ भने अर्कोतिर संक्रमणकाल लम्बिँदा देश झन्झन् राजनीतिक मुद्दामा अल्भि्करहेको छ।

उल्लासको दिन

सोमबार, ०३ असोज २०७३

जनताले जनताद्वारा जनताका निम्ति संविधान लेखी जारी गरेको आज एक वर्ष पूरा भएको छ। संविधानसभा मार्फत लेखिएको संविधान जारी गरी नेपाली जनताको आधा शताब्दीभन्दा अघिको सपना पूरा गरेको दिन हो- असोज ३।

नेपाल-भारत सम्बन्धको सिलसिला

आइतबार, ०२ असोज २०७३

प्रधान मन्त्री पुष्पकमल दाहाल मित्रराष्ट्र भारतको चार दिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कंदैछन्। भ्रमणको दोस्रो दिनमै भारतीय समकक्षी नरेन्द्र मोदीलगायतसँग भेटघाट सम्पन्न गरेका छन्। भेटघाट तथा विभिन्न चरणका छलफलको निचोडका रूपमा २५ बुँदे संयुक्त विज्ञप्तिसमेत जारी भइसकेको छ।

सेना झुक्किँदा

शुक्रबार, ३१ भदौ २०७३

लोकतान्त्रिक शासन व्यवस्थामा सन्तुलन र नियन्त्रण अपरिहार्य हुन्छ। राज्यका निकायमा भएको शक्ति बाँडफाँटका दायित्व र सीमालाई सबैले बुझ्नु र तदनुकूलको व्यवहार गर्न नसक्दा संवैधानिक जटिलता उत्पन्न हुन्छ। जिम्मेवारीका आधारमा कसैको अधिकार कहिलेकाहीँ बढीजस्तो देखिन्छ।

प्रमको स्वागतयोग्य निर्देशन

बिहिबार, ३० भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो निर्देशनले मुलुकको मेडिकल शिक्षामा केही सुधार हुने संकेत मिलेको छ। मुलुकको मेडिकल शिक्षामा चरम बेथिति रहेको तथ्य अब बताइरहनु पर्दैन। यही बेथितिलाई नियन्त्रण गर्न आठ पटक आमरण अनशन बसेका डा. गोविन्द केसीले असोज ३ गतेदेखि नवौं अनशन घोषणा गरे।

निगमको साख र नयाँ जहाज

बुधबार, २९ भदौ २०७३

नेपाल वायुसेवा निगम फेरि एक पटक जुर्मुराउने प्रयत्नमा छ। राष्ट्रिय ध्वजावाहक नेवानिलाई दुई वटा वाइड बडी (एयरबस) जहाज किन्न आवश्यक २५ अर्ब रुपैयाँ ऋण लिनका लागि सरकार जमानी बस्न तयार भएपछि यसले जुर्मुराउने अवसर पाएको हो।

सरकारी उद्योग

मङ्गलबार, २८ भदौ २०७३

२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेस नेतृत्वको सरकारले मुलुकमा निजीकरण अभियानलाई गति दियो। सरकारको काम जुत्ता बनाउने होइन भन्दै बाँसबारी छालाजुत्ता कारखानाजस्ता सार्वजनिक संस्थानलाई निजीकरण थालनी त्यहीँबाट भएको हो।

सडक सकसमा सहर

सोमबार, २७ भदौ २०७३

राजधानी उपत्यका मात्र होइन, देशैभरि सडकको दुरवस्था छ। राजधानीमा बस्नेले समेत स्तरीय सडक उपयोग गर्न नपाएको वर्षौं भइसकेको छ। राजधानी काठमाडौंको मुख्य क्षेत्रका सडकले २०७१ मंसिरमा सार्क शिखर सम्मेलन आयोजनाका बेला मुहार फेर्ने अवसर पाएका हुन्।

सांसदको प्राथमिकता

आइतबार, २६ भदौ २०७३

सांसदहरू एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एनडिआईको कार्यक्रममा भाग लिन गएपछि गणपूरक संख्या नपुगेर संसद्मा उच्च अदालत गठनसम्बन्धी विधेयक अन्योलमा परेको घटनालाई सामान्य रुपमा लिन सकिँदैन । संसद् बैठकमा गणपूरक संख्या पुग्न १४९ सांसद आवश्यक पर्ने भए पनि १२६ जनामात्र उपस्थित थिए ।

नटुटून् सपनाहरू

शुक्रबार, २४ भदौ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व लिएपछि पहिलो पटक संसदमार्फत् राष्ट्रका नाममा गरेको सम्बोधनले फेरि एकपटक मुलुकबासीलाई असीम सपना देखाएको छ । हामी यो देशका यस्ता नागरिक हौँ जो प्रत्येकपटक सपनाले ओतप्रोत हुन्छौँ ।

हैजाप्रति सावधानी

बिहिबार, २३ भदौ २०७३

विकसितमुलुकमा हैजाका किटाणु भेटिनु सार्वजनिकलज्जाको विषयहो। राजधानीजस्तो ठाउँमा अहिलेको युगमापनि हैजाका किटाणु छन् भन्ने थाहाहुँदाआश्चर्य मानिन्छ। काठमाडौं उपत्यकामा ८४ वर्षदेखि निरन्तर हैजाका बिरामी भेटिएको तथ्य छ, जुनवर्ष शुक्रराज ट्रपिकल अस्पताल खुलेको थियो।

आन्तरिक पर्यटकको अपमान

बुधबार, २२ भदौ २०७३

सरकारले २०७३ सालमा आन्तरिक पर्यटनलाई तीव्र पार्ने उद्देश्यका साथ यो वर्षलाई 'घुमफिर वर्ष' घोषणा गर्‍यो। घुमफिर वर्ष सफल बनाउन र सरकारी उद्देश्य पूर्तिका निम्ति आन्तरिक पर्यटकलाई जतिसक्यो बढी स्थानमा घुम्ने वातावरण तयार गरिनुपर्छ।

अदुवामा अनपेक्षित अवरोध

मङ्गलबार, २१ भदौ २०७३

पूर्वाञ्चलका मेची र कोसीका कतिपय किसान अदुवा खेतीबाट जीवन चलाउँदै आएका छन्। ती अञ्चलका पहाडी भेगमा उत्पादित अदुवा भारतीय बजारमा अधिक माग हुँदै आएकाले त्यसको व्यावसायीकरणमा मद्दत पुगेको छ। तर, केही समयदेखि नेपाली अदुवाको निकासीमा रोक लागेको छ।

अदुवामा अनपेक्षित अवरोध

मङ्गलबार, २१ भदौ २०७३

पूर्वाञ्चलका मेची र कोसीका कतिपय किसान अदुवा खेतीबाट जीवन चलाउँदै आएका छन्। ती अञ्चलका पहाडी भेगमा उत्पादित अदुवा भारतीय बजारमा अधिक माग हुँदै आएकाले त्यसको व्यावसायीकरणमा मद्दत पुगेको छ। तर, केही समयदेखि नेपाली अदुवाको निकासीमा रोक लागेको छ।

चेलीको चित्कार

सोमबार, २० भदौ २०७३

रुकुमको चौखावाङ– ७ का दम्पती गोपाल खड्का र भावनाको जीवनमा सिनेमाको दृश्यभन्दा पनि अनौठा घटनाक्रमहरू घुमेका छन्। गाउँबाट नेपालगन्जमा आफन्त भेट्न आएका यी दम्पतीलाई अनायासै सन्तान सुख प्राप्त भयो।

राजदूतमा 'राम्रा' नाम

आइतबार, १९ भदौ २०७३

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निकटतम छिमेकी भारत र चीनमा राजदूत नियुक्तिका लागि आशालाग्दा दुई व्यक्ति सिफारिस गरेको छ। ती दुई नाम हुन्– लीलामणि पौडेल र दीपकुमार उपाध्याय। पौडेलले सरकारको मुख्य सचिवबाट केही समयअघि मात्र अवकाश पाएका हुन् भने उपाध्यायलाई बिनाकारण पूर्ववर्ती केपी शर्मा ओलीले भारतको राजदूतबाट फिर्ता बोलाएको थियो।

राजनीतिको निवृत्तिभरण

शुक्रबार, १७ भदौ २०७३

कुनै बेला राजनीतिलाई सेवाको रूपमा ग्रहण गरिन्थ्यो र त्यस्तै बुझिन्थ्यो पनि। त्यही भएर त्यो सेवामा आएका व्यक्तिहरूले खासै ठूलो आर्थिक वा अन्यखाले अपेक्षा राखेको पाइन्नथ्यो। परिवर्तनका निम्ति आफ्नो जीवन उत्सर्ग गर्न पाउनुलाई नै उनीहरू धन्य मान्थे।

संस्थामाथि संकट

बिहिबार, १६ भदौ २०७३

केही समययता मुलुकमा क्रियाशील संघसंस्थामाथि संकटको कालो बादल मडारिन थालेको अनुभव हुन थालेको छ। सतहमा हेर्दा गैरसरकारी संस्था (एनजिओ) को विरोधजस्तो देखिए पनि प्रजातन्त्रले दिएको संघसंस्था खोल्न पाउने अधिकारमाथि बिस्तारै धावा बोल्ने काम हुँदै छ।