सहारा चितवन सहकारी ठगी: रविसहित १५ जनाविरुद्ध मुद्दा दर्ता
२२ माघ २०८१
•
४ मिनेट पाठ
सहारा चितवन सहकारी ठगी: रविसहित १५ जनाविरुद्ध मुद्दा दर्ता
चितवनको साहारा बहुउद्देश्य सहकारी सस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित १५ जनाविरुद्ध जिल्ला अदालत चितवनमा पूरक मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय चितवनले मगंलबार दिउँसो सहकारी ठगी र संगठित अपराधमा १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो।




यससँगै साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा ३२ जना विरुद्ध मुद्दा दर्ता भएको छ। यसअघि असोज ८ गते सहकारीका अध्यक्ष जिबि राई सहित १७ जना विरुद्ध मुद्दा दर्ता भएको थियो। रवि लामिछानेसहित १० जनालाई सहकारी ठगी र जिबि राईसहित २० जनालाई संगठित अपराधमा मुद्दा दर्ता भएको जिल्ला अदालत चितवनका सूचना अधिकृत अमृत विश्वकर्माले जानकारी दिए।

लामिछानेले एकल हस्ताक्षरमा गोरखा मिडिया मार्फत ८१४ वटा चेकमा हस्तक्षर गरेको अभियोगमा दर्ता गरिएको छ। रवि र जिबिले संयुक्त ६ वटा चेकमा हस्तक्षर गरेका छन्।

८१-सी १-०५७२ दर्ता नम्बर रहेको पुरक मुद्दामा कम्पनीमा लगानी गरेर तिर्नबाँकी रहेको रकम ४३ करोड १४ लाख ४९ हजार ९ सय २८ रुपियाँ ७५ पैसा बिगो उल्लेख छ ।  यस्तै प्रतिवादी तर्फ ५ करोड ७९ लाख ८३ हजार ८७३ रुपैयाँ बिगो दाबी गरिएको छ ।

दुबै निवेदन अनुसार कुल ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना भएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । यसरी हालसम्म साहरा सहकारीले उठाउनुपर्ने ऋण ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो रहेको देखाइएको जनाइएको छ ।

साहरा चितवन सहकारीबाट नेचर हर्बस इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जीबी ग्रूप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ र स्प्रिङ उड रियल स्टेट ६ करोड ८१ लाख ८८ हजार ७०३ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ गरेर ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ गएको भन्दै गत मंसिर ५ गते पीडितहरुले प्रहरीमा जाहेरी दिएका थिए । 

१ सय ८१ पृष्ठको अभियोगपत्रमा लामिछाने र जोशी लगायतलाई सहकारी ठगी र संगठित अपराधको कसुर अनुसारको कारबाही र बिगो माग गरिएको उनले जानकारी दिए। 

यसअघि जिल्लाका प्रहरी कार्यालय चितवनले माघ ४ गते लामिछाने सहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय चितवनमा बुझाएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोगपत्र तयार गरी अदालतमा पेस गरेको हो ।

सरकारी वकिलको कार्यालयले सहकारीको रकम गएको देखिएको गोर्खा मिडिया नेटवर्कको थप अनुन्धान गर्न निर्देशन दिएबमोजिम प्रहरीले पूरक अनुसन्धान गरी प्रतिवेदन बुझाएको हो ।

पूरक मुद्दामा लामिछाने, जोशी सहित रामबहादुर खनाल, रविना रिमाल, विशाल तमाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्धिकी, भगवती बोमजोन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला, शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठलाई प्रतिवादी बनाइएको छ । साथै आर्थिक लेनदेन देखिएका ६ वटा कम्पनीलाई पनि मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको थियो ।

यसअघि असोज ८ गते बचतकर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थियो ।

असोज ८ गते सरकारी वकिल कार्यालयले जिवि राई सहित कुमार रम्तेल, सागर केसी, विर बहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दिपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तिर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । यी मध्ये कुमार रम्तेल मात्र कारागार चेल चलान भएका छन्।

मंसिर ५ मा साहारा चितवनका २४ बचतकर्ताले ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै रवि लामिछानेसहित थप १० जनाविरुद्ध पूरक उजुरी दिएका थिए । 

लामिछानेलाई गोर्खा मिडियाको तत्कालीन सेयरधनीरसञ्चालक र प्रबन्ध निर्देशकको हैसियतमा बचतकर्ताले उजुरी दिएका थिए। उजुरीकर्ताले गोर्खा मिडियामा नियमविपरीत साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाबाट १० करोड ८० लाख रुपैयाँ गएको दाबी गरेका छन् ।

प्रहरीका अनुसार साहाराको कुल पुँजी दायित्व ६५ करोड १६ लाख ७१ हजार ७ सय १२ रुपैयाँ देखिन्छ । त्यसमध्ये बचतकर्तालाई फिर्ता गर्नुपर्ने रकम ५२ करोड ३२ लाख ८५ हजार रहेको छ ।  कर्जा लिएका व्यक्ति र कम्पनीले भुक्तानी गर्नुपर्ने रकम ५६ करोड २२ लाख ५० हजार रुपैयाँ देखिएको प्रहरीले जानकारी दिएको छ ।

अनुसन्धान प्रतिवेदनअनुसार कम्पनीमा ४३ करोड १४ लाख ४९ हजार लगानी भएको पाइएको छ । त्यसैगरी प्रतिवादीले ५ करोड ७९ लाख ८३ हजार ८ सय ७३ रुपैयाँ एकआपसमा रकम ऋण लिएका छन्  । अन्य बचतकर्ता १ सय १८ जनामा मात्र ऋण लगानी भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ  । सहकारीमा करिब ७ हजार बचतकर्ता छन् ।  

प्रतिवादी अदालतमा उपस्थिति भएपछि बयान सुरु हुने अदालतका श्रेस्तेदार विष्णु प्रसाद आचार्यले जानकारी दिए। लामिछाने बयानका लागि काठमाडौंबाट चितवनमा हिँडिसकेको बुझिएको छ।
अर्को समाचार
आज पनि सकिएन थुनछेक बहस, रविलाई परिवारको जिम्मा लगाइयो
११ माघ २०८१
•
१ मिनेट पाठ
आज पनि सकिएन थुनछेक बहस, रविलाई परिवारको जिम्मा लगाइयो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहसले आज पनि अन्तिम रूप पाउन सकेन। बुधबारबाट जारी बहस आज पनि नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।




बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए। न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ। शुक्रबारको बहसमा जाहेरीवालाका तर्फबाट २ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गरेका छन्।

सो प्रकरणमा पूरक अभियोग लागेका रविविरुद्धको थुनछेक बहसमा बिहीबार वादीका तर्फबाट आठ जना सरकारी वकिलले बहस गरेका थिए भने जाहेरवालाका तर्फबाट भने एक जनाले बहस गरे। बिहीबार सरकारी वकिलको बयान सकिएको छ।

उनीहरूको बहस नसकिएपछि आइतबार पुनः अदालत उपस्थित हुने सर्तमा रविलाई परिवारको जिम्मा लगाइएको छ।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस