इलाम-२ मा ५५ प्रतिशत मत खस्यो

इलाम क्षेत्र नं-२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५५ प्रतिशत मत खसेको छ। ३ बजेर ३० मिनेट सम्मको तथ्याङ्क अनुसार ६४ हजार मत खसेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।