पर्सा प्रहरीले बिहीबार करिब एक करोड मूल्य बराबरको तीन क्विन्टलभन्दा बढी प्रतिबन्धित लागु औषध चरेस बरामद गरेपछि देशको आर्थिक राजधानी वीरगन्ज लागु औषधको ओसारपसारका लागि प्रमुख ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको तथ्य फेरि एकपटक पुष्टि भएको छ।
मकवानपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकलाई बुधबार राति विशेष सूचनाको आधारमा रोकेर जाँच गर्दा ३१९.५ किलोग्राम चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।
उक्त अवैध चरेससँगै ट्रक चालक मकवानपुरका बुद्धीबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिइएको छ। घटनाले नेपालबाट भारततर्फ हुने चरेस तस्करीको संगठित सञ्जाल सक्रिय रहेको पुष्टि गरेको छ।
प्रहरीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ०८१/८२ को तथ्याङ्कले वीरगञ्जमा लागु औषधको कारोबार भयावह अवस्थामा रहेको देखाउँछ।
एसपी मिश्रका अनुसार, हालसम्म प्रहरीले २,१८० किलोग्रामभन्दा बढी गाँजा र चरेस (१५६१ केजी गाँजा र ६२५ केजी चरेस) बरामद गरिसकेको छ। यसका साथै, ३८४ ग्राम खैरो हेरोइन र १.४९ किलोग्राम अफिमजस्ता कडा लागु औषध पनि नियन्त्रणमा लिइएको छ।
भारतबाट नेपालतर्फ प्रतिबन्धित औषधिको तस्करी पनि उत्तिकै बढेको छ। प्रहरीले चालु आवमा फेनारगन, डाइजेपाम र नुरफिन जस्ता इन्जेक्सन ९ हजारभन्दा बढी एम्पुल, ३,७०८ पिस नाइट्राभेट ट्याब्लेट, १८६ बोतल कोरेक्स र २ लाख ८९ हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेट बरामद गरेको छ।
यस आँकडाले वीरगञ्ज र आसपासका क्षेत्रमा लागु औषध प्रयोगकर्ताको संख्या ठुलै रहेको संकेत गर्छ।
लागु औषधको सञ्जाल तोड्न प्रहरीले कारबाही तीव्र पारेको छ। चालु आवमा मात्रै लागु औषधसम्बन्धी ११४ वटा मुद्दा दर्ता गरिएको छ। जसमा १५१ जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा ९८ नेपाली पुरुष, ६ महिला र ४७ जना विदेशी नागरिक छन्। विदेशी नागरिकको गिरफ्तारीले यो कारोबारमा अन्तर्राष्ट्रिय गिरोह नै संलग्न रहेको स्पष्ट पार्छ। एसपी मिश्रले लागु औषध नियन्त्रणमा शून्य सहनशीलता अपनाइएको र सञ्जाल तोड्न प्रहरी अहोरात्र खटिएको बताए।
प्रहरीको सक्रियताका बाबजुद वीरगञ्जमा लागु औषध प्रयोगकर्ताको संख्यामा कमी नआएको स्थानीयहरू बताउँछन्। ‘प्रहरीले कारोबारीलाई समातिरहेको छ, तर यहाँ सेवनकर्ताको संख्या पनि डरलाग्दो छ,’ विर्ताका स्थानीय उदयकान्त चौधरीले भन्छन्, ‘यसको सामाजिक पक्षलाई पनि सम्बोधन गर्न जरुरी छ।’