इलाम प्रहरीले कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय पाएर ४५ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, इलामका प्रवक्ता तथा सूचना अधिकारी, प्रहरी निरीक्षक सञ्जिब बोगटीका अनुसार, पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका-५ बस्ने तील बहादुर गुरुङ रहेका छन्।
उनलाई इलाम जिल्ला अदालतले २०३८ साल जेठ १२ गते १० वर्ष कैदको फैसाला सुनाएको थियो। सो पछि उनी फरार थिए। उनको उमेर हाल ७६ वर्ष पुगेको छ।
निजलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको एक विशेष टोलीले असार १७ गते उनकै गाउँमा लुकीछिपी बसेको अवस्थामा फेला पारेको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए।
अदालतबाट दोषी ठहर भएदेखि नै फरार रहेका गुरुङलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला कारागार, इलाममा पठाइएको प्रहरीले जनाएको छ।