नेपाली समाजमा ज्वाइँलाई भगवानको रूपमा पुज्ने चलन छ। त्यसैले ज्वाइँलाई नारायणको रूप मान्दै ज्वाइँ नारायण भनिन्छ। तर तिनै ज्वाइँ भोजपुरमा भने यमराजको रूपमा प्रकट भए।
भोजपुरमा ज्वाइँले एकै परिवारका चार जनाको हत्या गरेका छन्। भोजपुर नगरपालिका-२ का राजेन्द्र राईले (रामप्रसाद राई)ले चार जनाको हत्या गरेका हुन्।
उनले ६८ वर्षीय बेलबहादुर गिरी, ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा गिरी र छोरा सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक उमेशप्रसाद यादवले नागरिकन्युजलाई जानकारी दिए।
उनका अनुसार भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा चार जनाको हत्यापछि ज्वाइँ राजेन्द्रले आफैँले प्रहरीलाई खबर गरेका थिए।
यादवका अनुसार राजेन्द्रले ससुरा बेलबहादुर, सासू मञ्जु, श्रीमती मनिषा र सालो सपनसहित चार जनाको हत्या गरेका हुन्।
घाइते अवस्थामा भेटिएका राजेन्द्रले हत्या गरेको स्वीकार गरेको उनले बताए।
घटनास्थलमा घाइते अवस्थामा भेटिएका राजेन्द्रलाई भने उपचारका लागि लगिएको छ। उनको उपचार जिल्ला अस्पताल भोजपुरमा भई रहेको छ।
यादवका अनुसार राजेन्द्र पाँच दिनअघि ससुराली घर आएका थिए। राति सुतिरहेको बेला सासू, ससुरा, श्रीमती र सालोले आफूमाथि सामूहिक रूपमा आक्रमण गर्न आएको राजेन्द्रले बताए। सोही क्रममा आफूलाई बचाउनका लागि प्रतिकार गर्न खोज्दा हत्या भएको बयान दिएको राजेन्द्रले सुनाएको प्रहरी निरीक्षक यादवले नागरिकन्युजलाई जानकारी दिए।
ज्वाइँ राजेन्द्रको पेटमा पनि तीन ठाउँमा धारिलो हतियार प्रहार भएको घाउँ देखिएको उनले बताए। साथै राजेन्द्रको स्वास्थ्य अवस्था पनि गम्भीर रहेको यादवले जानकारी दिए।
गए राति करिब १ बजेतिर प्रहरीले घटनाको जानकारी पाएकाले तत्कालै घटनास्थलमा प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिए।
घटनास्थलमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए।