देशका विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना समातिए
०६ मंसिर २०८३
•
४ मिनेट पाठ
देशका विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना समातिए
प्रहरीले देशका ९ जिल्लाबाट अवैध तथा नियन्त्रित लागूऔषधसहित २५ जनालाई पक्राउ गरेको छ।




शनिबार दिउँसोदेखि रातिसम्म ललितपुर, तनहुँ, सुनसरी, पर्सा, कैलाली, सिराहा, मोरङ, सुर्खेत र झापाका विभिन्न स्थानमा गरिएको जाँच तथा खानतलासीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

सिराहा नगरपालिका-१ बाट करिब ७२ किलोग्राम गाँजाजस्तो देखिने पदार्थसहित सोही नगरपालिका-१२ सारश्वर टोल बस्ने ३३ वर्षीय अनिलकुमार महतोलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको टोलीले ज.१ त ८३११ नम्बरको ट्याक्टर जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक महतोलाई नियन्त्रणमा लिएको हो।

सिराहाकै मिर्चैया नगरपालिका-६ बाट ३१ ग्राम ४ सय ३० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित धनगढीमाई नगरपालिका-५ जेयपुर बस्ने २८ वर्षीय रञ्जितकुमार सिंह दनुवारसमेत २ जना शनिबार साँझ पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले मिर्चैयाबाट कटारीतर्फ जाँदै गरेको म.प्र.०१-००५ प ९१२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

यस्तै, गोलबजार नगरपालिका-६ गुम्बा चोकबाट ७ सय ४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सोही नगरपालिका-२ का ३० वर्षीय योगेशकुमार सिंहलाई इलाका प्रहरी कार्यालय गोलबजारसमेतको टोलीले शनिबार राति पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका-१६ पाटन सुन्धाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ट्याब्लेटसहित मकवानपुर घर भई ललितपुर-२५ भैंसेपाटी बस्ने ४२ वर्षीय श्याम लामासमेत २ जनालाई शनिबार दिउँसो प्रहरी प्रभाग मंगलबजारको टोलीले पक्राउ गरेको छ।

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट करिब ९ ग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ र ५ सय ६० ट्याब्लेट ट्रामाडोलसहित २ जना शनिबार राति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा म्याग्दीको रघुगंगा गाउँपालिका-४ का २७ वर्षीय सागर पुन मगर र धौलागीरी नगरपालिका-६ का २३ वर्षीय आयुष छन्तेल छन्। अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलजिपको टोलीले बा.प्र.०३-००१ ज ११२६ नम्बरको माइक्रोमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

तनहुँकै व्यास नगरपालिका-३ बीसघरेबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र बुप्रेनोर्फिन ५० एम्पुलसहित सोही ठाउँ डेरा गरी बस्ने ४० वर्षीय रवीन्द्र सुनारसमेत ३ जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले शनिबार राति पक्राउ गरेको छ।

सुनसरीको देवानगञ्ज गाउँपालिका-३ मेहता टोल बस्ने २२ वर्षीय सन्तोषकुमार रामसमेत ३ जना करिब ३ किलो ८० ग्राम गाँजासहित शनिबार दिउँसो पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय देवानगञ्जको टोलीले सन्तोषको घर तलासी गर्दा उक्त गाँजा फेला परेको हो।

यस्तै, सुनसरीको रामधुनी नगरपालिका-५ शिवचोकबाट १ ग्राम २ सय ५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सोही नगरपालिका-१ का २५ वर्षीय विवेक चौधरी शनिबार साँझ पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय रामधुनीसमेतको टोलीले प्र.१-०२-०५१ प ९०१८ नम्बरको मोटरसाइकलमा सवार उनलाई पक्रेको हो। धरान उपमहानगरपालिका-८ वीरेन्द्र चोकबाट ३ सय ६४ ट्याब्लेट ट्रामाडोल र ३ सय ६४ ट्याब्लेट स्पास्पेनसहित सोही ठाउँ डेरा गरी बस्ने ३२ वर्षीय सुशील परियारलाई इलाका प्रहरी कार्यालय धरानले शनिबार राति नियन्त्रणमा लिएको छ।

पर्साको वीरगञ्ज महानगरपालिका-२५ सिर्सियाबाट ३ सय मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित सोही महानगरपालिका-१ का २६ वर्षीय सुरजकुमार सिंहसमेत २ जना शनिबार राति पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय छप्कैयाको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र. ०३-०३० प ६०९ नम्बरको स्कुटरमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

कैलालीको गोदावरी नगरपालिका-६ लालपुर बस्ने २७ वर्षीय प्रकाश चोखालसमेत २ जना ३ ग्राम ३ सय ४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित शनिबार साँझ पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीसमेतको टोलीले प्रकाशको घर तलासी गर्दा उक्त पदार्थ फेला पारेको हो।

मोरङको पथरी शनिश्चरे नगरपालिका-४ बस्ने २४ वर्षीय फुरसाङ भन्ने कैलाश तामाङसमेत २ जना ४ ग्राम ९ सय ४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित शनिबार दिउँसो पक्राउ परेका छन्। प्रहरी चौकी कुशेचौरीबाट खटिएको टोलीले कैलाशको घर तलासी गर्दा लागूऔषध बरामद गरेको हो।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट ९ ग्राम २ सय ३० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१६ का ३० वर्षीय इर्फान जोलाहा र २३ वर्षीय साहित जोलाहा शनिबार दिउँसो पक्राउ परेका छन्। प्रहरी चौकी सुब्बाकुनासमेतको टोलीले नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको भे.१ ज १५५४ नम्बरको गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

त्यस्तै, झापाको मेचीनगर नगरपालिका-६ मेचीडाँडाबाट १ ग्राम ९ सय मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का ३० वर्षीय देवबहादुर पुलामी मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टासमेतको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका सबैमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
अर्को समाचार
लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१ जना समातिए
२१ वैशाख २०८३
•
५ मिनेट पाठ
लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१ जना समातिए
अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट २१ जनालाई नियन्त्रणमा लिएको छ।




काठमाडौं, महानगरपालिका-२६ पवित्रनगरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय २० ट्याब्लेट सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं नयाँ बसपार्क बस्ने झापा घर भएका ३३ वर्षीय सबिन बस्नेत, काठमाडौं सामाखुशी बस्ने मोरङ घर भएका २१ वर्षीय आयुष लिम्बु र काठमाडौं पवित्रानगर बस्ने दोलखा घर भएका १८ वर्षीय किशोर रहेका छन्।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यसैगरी, काठमाडौं, कीर्तिपुर नगरपालिका-१० बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४० ट्याब्लेट, नाइट्राभेट २ ट्याब्लेट र नगद १ हजार ४ सय रूपैयाँ सहित सोही नगरपालिका-१० चिलन्चो बस्ने २९ वर्षीय योगेन्द्र महर्जन समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।  

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट अवैध लागूऔषध गाँजा करिब २१ किलोग्राम सहित २ मकवानपुर घर भएका १७ वर्षीय किशोर समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बा.प्र.०३-००३ प ५७६४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो।  

पाल्पा, तानसेन नगरपालिका-९ अम्लिहानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ९० मिलिगराम र नगद ११ हजार ६ सय १० रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा माथागढी गाउँपालिका-३ बस्ने ३३ वर्षीय प्रेम बहादुर राना र २६ वर्षीय आशिष राना रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।  

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५ एम्पुल, बुप्रेनोर्फिन ५ एम्पुल र फेनारगन ५ एम्पुल सहित लमजुङ राइनास नगरपालिका-९ बगुवा बस्ने २९ वर्षीय सुमन तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख २६७१ नम्बरको माइक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

कञ्चनपुर, बेलौरी नगरपालिका-६ खैरेनाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय २० मिलिग्राम सहित लालझाडी गाउँपालिका-१ विछुवा खल्ला बस्ने २२ वर्षीय शिव कुमार रानालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कञ्चनपुर, बेलडाँडी गाउँपालिका-५ झिलमिलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ८ सय १० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २९ वर्षीय राम बहादुर कठायत र ३३ वर्षीय हर्क बहादुर बुढा रहेका छन्। इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१३ प ५३०३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

कैलाली, टीकापुर नगरपालिका-७ खैरीपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बिजयनगर बस्ने ३२ वर्षीय श्याम बहादुर चौधरी र जानकी गाउँपालिका-३ लायकपुर बस्ने २५ वर्षीय भानु गिरी रहेका छन्। प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ भगत चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ६० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय राजाराम चौधरी र सोही उपमहानगरपालिका-९ बस्ने २४ वर्षीय शंकर चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मोरङ, सुन्दरहरैँचा नगरपालिका-८ सिंहवाहिनी टोल बस्ने ८० वर्षीय चन्द्र बहादुर बिष्टलाई अवैध लागूऔषध गाँजा करिब २ किलो ५ सय ग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।

सुनसरी, इटहरी उपमहानगरपालिका-१७ पकलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१६ बस्ने २६ वर्षीय प्रकाश भुजेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।  

सिराहा, धनगढीमाई नगरपालिका-५ तेतिस विगहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका नगरपालिका-५ बस्ने २० वर्षीय भरत कुमार मण्डल र सोही नगरपालिका-१० बस्ने २१ वर्षीय जिवछ साफी रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै, प्रहरीले उनीहरूले प्रयोग गरेको स.९ प १०७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस