गत वर्ष प्रदेशभर झण्डै २७ हजार किलो गाँजा बरामद
०९ साउन २०८२
•
२ मिनेट पाठ
गत वर्ष प्रदेशभर झण्डै २७ हजार किलो गाँजा बरामद
गएको वर्ष प्रदेश प्रहरी कार्यालय विराटनगर मातहत १४ जिल्लाबाट झण्डै २७ हजार किलो लागूऔषध गाँजा बरामद गरी नष्ट गरिएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्राप्त विवरण अनुसार आर्थिक वर्ष ०८१/८२ मा प्रदेशका विभिन्न जिल्लाबाट २६ हजार ७ सय ५ किलो ३ सय ५८ ग्राम गाँजा बरामद भएको हो।




गाँजाको प्रयोग, बेचबिखन र ओसारपसारलाई नियन्त्रण गर्न विभिन्न जिल्ला, इलाका, चौकी तथा अस्थायी प्रहरी चौकीबाट परिचालित प्रहरीले चेकजाँच, छापामारी, खानतलासी तथा अन्य कारबाहीको क्रममा सो परिमाणको जाँगा बरामद भएको हो। गाँजा प्रयोग, ओसारपसार, बेचबिखन कार्यमा नियन्त्रण तथा त्यसमा संलग्नहरूलाई कारबाही गर्ने सिलसिलामा पक्राउ परेको हो।  

प्रहरीले कतै बिरामी बोक्ने एम्बुलेन्समा बोकेको अवस्थामा, कतै नक्कली सरकारी नम्बर प्लेट लगाएको सवारी साधनमा, तरकारी बोक्ने गाडीमा, मोटरसाइकललगायत साना ठूला सवारी साधनमा र नदीमा बगाउँदै र जमिनमुनि गाडेर लुकाईछिपाई राखेको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक (डिआईजी) इश्वर कार्कीले गाँजाको बढ्दो प्रयोग, ओसारपसार र बेचबिखनलाई नियन्त्रण गर्न प्रदेश प्रहरीले आक्रमक रूपमा मातहतका युनिटमार्फत प्रहरी जनशक्ति परिचालन गरेको बताए। उनका अनुसार गत वर्ष जिल्ला प्रहरी कार्यालय सुनसरीले मात्र १२ हजार ३ सय ७५ किलो ९ सय २९ ग्राम गाँजा बरामद गरेको छ।  

त्यसैगरी मोरङ प्रहरीले ६ हजार ६ सय ५० किलो ४ सय ग्राम बरामद गर्दा धनकुटाले ४ हजार १ सय ९४ किलो ३ सय ग्राम बरामद गरेको छ। यता उदयपुर प्रहरीले १ हजार ८ सय १० किलो ४ सय ८४ ग्राम, झापा प्रहरीले १ हजार ६ सय ५१ किलो २ सय ८२ ग्राम बरामद गरेको डिआईजी कार्कीले बताए।  

प्रदेशका १४ मध्ये ५ जिल्लाहरु सुनसरी, मोर, धनकुटा, उदयपुर र झापाबाट मात्र २२ हजार ४ सय ८८ किलो गाँजा बरामद भएको डिआईजी कर्कीले बताए। बाँकी ९ जिल्लाबाट ४ हजार २ सय १६ किलो ९ सय ५ ग्राम गाँजा बरामद भएको छ।  

सो परिमाणको गाँजासँगै प्रहरीले प्रदेशभरबाट १ सय ८९ जना कारोबारीलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएको छ। जसमा पुरुष पक्राउ संख्या १ सय ६५ र महिला २४ जना रहेका छन् भने गाँजा ओसारपसारमा संलग्न ३१ वटा चारपाङ्ग्रे र ७५ वटा दुईपाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिइएको छ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधकिारी एसपी दिपक पोखरेलका अनुसार सो वर्ष प्रदेशका विभिन्न जिल्लाको खेतबारीमा आफैँ उम्रेको तथा व्यावसायिक रूपमा बाली लगाइएको अवस्थामा गाँजाको लाखौँ बोटविरुवा नष्ट गरेको छ।  

गाँजा खेती लगाइएको बारे जानकारी आएपछि प्रहरी टोली परिचालन गरी फँडानी गरेर नष्ट गर्ने गरिएको उनले बताए। जसमा सबभन्दा बढी भोजपुर प्रहरीमार्फत २८ लाख ४६ हजार बोट नष्ट गरिएको छ भने दोस्रो उदयपुर प्रहरीमार्फत १६ लाख ८ हजार ५ सय बोटविरुवा नष्ट गरिएको एसपी पोखरेलले बताए।

त्यस्तै धनकुटाले १२ लाख ५९ हजार बोट, सोलुखुम्बुले २९ हजार ७ सय बोट, खोटाङले २६ हजार २ सय बोट गाँजा नष्ट गरेको छ। अन्य विभिन्न जिल्ला गरि प्रदेशभरिको २ हजार ४ सय ६४ रोपनी क्षेत्रफल जमिनमा लगाएको गाँजाको लाखौँ बोटविरुवा फँडानी गरी नष्ट गरिएको प्रदेश प्रहरीले जनाएको छ।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
यो पनि पढौँ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस