चोरी पैठारी गरी ल्याएका दुइवटा कारसहित दुई जनालाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले रामेछापको दोरम्बा गाउँपालिका- ४ का ४० वर्षीय धनबहादुर तामाङ र सिन्धुलीको गोलन्जोर गाउँपालिका- ३ का ३९ वर्षीय मोहन लामालाई नियन्त्रणमा लिएको हो ।
तामाङको साथबाट प्रहरीले बा १६ च ३१३१ नम्बर र लामाको साथबाट बा १६ च ४०१७ नम्बरको स्विफ्ट कार बरामद गरेको हो ।
अनुसन्धानको क्रममा दुईवटै कारहरु यातायात ब्यवस्था कार्यालय एकान्तकुना र सम्बन्धित कम्पनीमा अभिलेखमा नदेखिएपछि थप अनुसन्धान र कारवाहिका लागि आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरण पठाईएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।