मधेस प्रदेशको सिरहास्थित सीमा नाकामा तस्करहरूले प्रहरीका घुमुवालाई सहयोगी बनाएर सहजै मालसामान तस्करी गरिरहेका छन्। चाडबाडको मौकामा सुरक्षा निकायकै मिलेमतो रहने गरी सिराहा नाकाहरूबाट तस्करी गराइरहेका हुन्।
सिरहासिथत विभिन्न नाकाबाट मरीच, मदिरा, गाँजा, लागू औषध, ग्यास लाइटर, चिनी, चाइनिज स्याउसहितका सामग्रीको तस्करी भइरहेको स्थानीय व्यापारीहरूले जनाएका छन्। सीमापारिबाट तस्करीका सामानहरू आउँदा स्थानीय व्यापारीहरू समेत मर्कामा परेका छन्।
भन्सार तिरेर सामान ल्याइएको सामानभन्दा तस्करीको सामान सस्तो परेपछि स्थानीय व्यापारीहरू समेत मर्कामा परेका छन् भने सरकारी राजश्वमा समेत गिरावट आउन थालेको छ। सीमापारिबाट चिनी, दाल, चामल, आगूऔषध, मोटरपाट्र्सदेखि कस्मेटिक्सलगायत दैनिक उपभोग्य मालबस्तु तस्करी व्यापक छ।वारिबाट गाँजा, ग्यास लाइटर, स्याउ, मरीचलगायतको तस्करी मौलाएको छ।
सिराहाको सीमावर्ती माडर, बरियारपट्टी, ठाढी नाकाबाट स्याउ र मदिरा तस्करी व्यापक छ। यो सहितको सीमा नाकाबाट पछिल्लो समय स्याउ तथा मटर, मरीच र मदिरा तस्करी व्यापक छ। सिरहाका यी नाका तस्करीको सुरक्षित नाका मानिन्छ। सिराहाको माडर, ठाढी, बरियारपट्टी र चतरी नाका पछिल्लो समय तस्करका लागि भूस्वर्ग बनेको छ। माडर नाका अन्तर्गतको बुधौरा, लगडिगोठ, लक्षमिनीया र ठाढी नाका अन्तर्गत ठाढी, अभयनगर पछिल्लो समय ठुलो परिमाणमा तस्करीका लागि चर्चित छन्। यी नाकाबाट नुनदेखि सुनसम्म तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीय बताउँछन्।
बरियारपट्टी नाकामा भेटिएका सुजित कुमारका लागि सुरक्षाकर्मीको उपस्थिति भएकै स्थानबाट हुने तस्करी नौलो होइन। उनले नागरिकसँग तस्करीको अनुभव यसरी साझा गरे, ‘सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको सीमानाकाबाट तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार भएको देख्नु हाम्रा लागि मामुली कुरा हो, सर !’ सुरक्षाकर्मीको उपस्थिति रहेकै सीमा नाकाबाट तस्करको राज चलेको सिराहा नामी जिल्ला हो। नाता सम्बन्धका कारण वारिपारि बाक्लै आउजाउ गर्ने उनी भन्छन्, ‘भारतीय सहर जयनगर, लदनीया, लौकाहालगायतका सहरबाट ठुल्ठुला पोका लोड गरेको मोटरसाइकल सहजै वारि छिर्छन् । सीमाको दृश्यले सिमानाका अहिले तस्करलाई जिम्मा लगाइदिए जतिकै महसुस हुन्छ।’
यहाँका नाकाबाट चिनी, कपडा, मोटरपार्टस्, पान मसाला, तेल, दाल, चामल, कुखुरा, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुट्खा) देखि हरेक सामान भन्सार राजश्व छली गरी भित्रिन्छ। यताबाट (वारिबाट) मदिरा, चाइनिज स्याउ, मरिचलायतका सामान पारि पु¥याइन्छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सारसँगको त्रिपक्षीय सेटिङमा (लाइन मिलाएर) यहाँ तस्कर राज चलेको बताउने स्थानीय सीमावर्ती क्षेत्रमा प्रशस्त भेटिन्छन्।सुरक्षाकर्मीबाट (घुमुवा) ‘लाइन क्लियर’ रहेको सङ्केत पाएपछि अन्धाधुन्ध वारिपारि सामान ढुवानी सुरु हुन्छ।
सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि (घुमुवा) खटिएका हुन्छन्। सीमावर्ती क्षेत्रका स्थानीयको सीधा बुझाइ छ सीमादेखि सहरसम्मका प्रहरी तस्करसँग नमिल्ने हो भने भन्सार राजश्व छलेर सामान वारपार गर्ने आट पुग्दैन।
पछिल्लो समय सप्तरी नाकामा मदिरा तस्करीको सूचना पाएर पुगेका प्रहरीसँग कमलपुर नाकामा झडप हुँदा प्रहरीको गोली लागि एकजनाको मृत्यु भएपछि सप्तरीका नाकाबाट तस्करहरू पनि उछिटिएर सिरहातर्फ मोडिएको सीमावर्ती ठाढीका एक स्थानीयले बताए। सिराहाको माडर स्थित खिरौना जाने बाटोमा दक्षिणपट्टी पक्की घर छ। त्यो घरमा रातभरी भारतबाट तस्करी गरी ल्याएको मालसामान भण्डारन हुन्छ। र, दिनभर मोटरसाइकलमा राखेर खिरौनाको बाटो हुँदै गोलबजार, मिर्चैयालगायतका बजारमा पु¥याउने गरिएको स्थानीय बताउँछन्।
माडर भन्सारमा प्लान्ट र एनिमल क्वारेन्टिन छैन । यस नाकाबाट आलु र प्याजको व्यापक तस्करी हुन्छ। भारतीय नम्बरको मोटरसाइकलमा तीन देखि चार बोरा लोड गरेर दिनभर सिरहादेखि चोहर्वा बजारसम्म पुर्याइने गरिएको दृश्य यहाँका आमजनता लागि आम भैसकेको छ। बरियारपट्टी र ठाढी नाकामा पनि क्वारेन्टिन छैन।तस्करहरू भरियामार्फत सेटिङमा वारिसम्म ल्याएर बस, टेम्पो, ई–रिक्सा र मोटरसाइकलमा आलु प्याज लहान, जिरोमाइल, गोलबजारसम्म पु¥याउने गरेको दृश्य यस भेगका जनताका लागि सामान्य भैसकेको छ।
बरियारपट्टि चोकको चिया पसलमा भेटिएका बिनोद यादवले भने जहाँ सुरक्षाकर्मी छ त्यहीँबाट भन्सार छली(तस्करी)का मालसामान निर्बाध जानुले मिलेमतो प्रस्ट हुन्छ। सुरक्षा अधिकारीहरू आफू प्रत्यक्ष यो सेटिङमा देखिँदैन। आफ्ना घुमुवा(सादा पोसाकका सुरक्षाकर्मी) मार्फत तस्करहरूसँग ुलाइनु मिलाउँछन्। र, लाइन बापतको रकम घुमुवा मार्फत बुझ्छन् । तस्करहरूसँग सुरक्षा अधिकारीहरू प्रत्यक्ष संलग्न नदेखिएपछि उनीहरूले परिचालन गरेका घुमुवाहरू तस्करहरूसँग प्रत्यक्ष जोडिएका हुन्छन्। सुरक्षा अधिकारीको धाप बेगर सीमाबाट सिन्को पनि वारपार हुन नसक्ने उनको बुझाइ छ।
तस्करलाई लाइनमा ल्याउन भन्सारका कर्मचारी र राजमार्गतिरका प्रहरीले कहिलेकाहीँ केही सामान समात्ने गरेको पाइन्छ। लाइन मिलेपछि सबै नदेखे झैँ गरेर चुप बस्ने गरेको सीमा क्षेत्रवासी बताउँछन्। सिराहामा सशस्त्र प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, राष्ट्रिय अनुसन्धान कार्यालयका सादा पोसाकका प्रहरी (घुमुवा) सीमा क्षेत्र र सहरमा अखाडा बनाएर तस्करको लाइन मिलाउँछन्।
सीमाबाट सहरका गोदामसम्म तस्करलाई सघाउने काम यिनै घुमुवाहरूले (सशस्त्र, नेपाल र अनुसन्धानका सादा पोसाकधारी) गर्छन्। घुमुवाहरू बारम्बार विवादित भइरहँदा पनि उनीहरूलाई केही समय ब्रेक दिएर पुनः जिम्मेवारमा फर्काइने गरिएको छ। वर्षौँदेखि घुमुवाको जिम्मेवारीमा रहँदा तस्कर जति सबैसँग उनीहरूको घनिष्ठता र हिमचिम रहेको सीमा क्षेत्रवासी बताउँछन्। सिरहाका सशस्त्र र नेपाल प्रहरी प्रमुखहरूले मिलेमतोमा तस्करीलाई अस्वीकार गर्छन्। भन्छन्,खुल्ला सिमानाको लाभ उठाएर लुकिचोरी मालसामान वारपार भएको फेला परे बरामद गर्ने गरिएको छ। हामीले थाहा पाएको ठाउँमा हामीले पनि गरेका छौँ।
‘भन्सार छली गरी ल्याएको सामान भेटाए जति ल्याएर भन्सारमा बुझाएका छौँ। मलखाद्यमा प्रतिबोरा ५० रुपैयाँ असुल्छन् घुमुवाबरियारपट्टी नाका क्षेत्रबाट साइकलमा दुई बोरा मलखाद्य लिएर आउनेहरूसँग घुमुवा(सादा पोसाकका सुरक्षाकर्मी)ले प्रति बोरा ५० रुपैयाँसम्म असुल्ने गरेका छन् ।साइकलमा दुई बोरा मलखाद्य लिएर आइरहेका एक साइकलवालाले नागरिकसँग भने,प्रति बोरा ५० रुपैयाँ माग्दै थियो। हारगुहार गर्दा प्रति बोरा २५ रुपैयाँ लिएर छाड्यो।’
अर्का साइकलवालाले बरियारपट्टी भन्सारभन्दा पूर्वको बाटोमा घुमुवालाई प्रति बोरा ५० रुपैयाँ बुझाएर आएको बताए । जति भन्दा पनि नमानेपछि घुमुवाले भनेजती पैसा बुझाएको उनले बताए ।जिल्ला भन्सार कार्यालय माड्रका अनुसार चालु आर्थिक वर्ष ०८२÷०८३ को साउन महिनामा लक्ष्यको ६३ प्रतिशत मात्र राजश्व संकल भएको छ। साउन महिनाको राजश्व सङ्कलन लक्ष्य १ करोड ४३ लाख ६० हजार थियो। जसमा ९० लाख ७६ हजार मात्र राजश्व संकल भएको तथ्याङ्क छ। माडर भन्सार नाकाको यो राजश्व रकममा बरियारपट्टी भन्सारको असुली राजश्व समेत समावेश गरिएको छ।
ताप्लेजुङ। विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
कैद तथा जरिवाना तोकिएका र हालसम्म फरार भएका दुई महिलासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयको फैसलाबमोजित दोषी ठहर भई फरार रहेकाहरु पक्राउ परेका हुन्।
डाका मुद्दाका दोषी सांकेतिक नाम (ङ) पक्राउ परेका प्रहरी निरीक्षक यादवले जानकारी दिए। उनका अनुसार सांकेतिक नाम (ङ) लाई ६ हजार ६ सय ६७ रुपैयाँ जरिवाना तोकिएको थियो।
यस्तै अभद्र व्यवहार मुद्दाका दोषी मेरिङ्देन गाउँपालिका–६ नाल्बुका मिलन/धनबहादुर भनिने फुर्वा शेर्पा पक्राउ परेका छन्। शेर्पालाई २२ दिन कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर भई फरार रहेकी सिरिजंघा गाउँपालिका–७ की सुनिता लिम्बूलाई पनि प्रहरीले पक्राउ गरेको छ। लिम्बूलाई एक वर्ष कैद र ६६ हजार ६ सय ६७ रुपैयाँ जरिवाना तोकिएको थियो।
त्यसैगरी बैंकिङ कसुर मुद्दामा एक वर्ष कैद र ७९ हजार ३ सय ४७ रुपैयाँ जरिवाना हुने फैसलापछि फरार रहेकी सिरिजंघा गाउँपालिका–७ कै सुनिता लिम्बू पक्राउ परेकी छन्। फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका ज्वाइँ भनिने पूर्णकुमार हेल्लोक लिम्बू पनि पक्राउ परेका छन्।
जबरजस्ती करणी मुद्दामा तीन वर्ष कैद सजाय सुनाइएका हेल्लोक लिम्बू पक्राउ परेका हुन्।
फरार व्यक्तिहरूलाई खोजतलास गर्ने क्रममा ताप्लेजुङ र झापाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार फक्राउ परेका व्यक्तिहरू विभिन्न मुद्दामा दोषी ठहर भई आठ वर्ष, सात वर्ष, पाँच वर्ष र कोही एक वर्षदेखि फरार रहेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...