मोरङ प्रहरीले जबरजस्ती करणीको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–५ निवासी २५ वर्षीया सोनुमा लिम्बु, केराबारी गाउँपालिका–८ निवासी ५० वर्षीय कमल बहादुर आले मगर र सुन्दरहरैंचा नगरपालिका–१० निवासी २८ वर्षीय डम्बर खत्रीवडा रहेका छन्।
आरोपितहरूले मिलेमतोमा पीडित महिलालाई मादक पदार्थ सेवन गराई मोरङको लेटाङ नगरपालिका–१ स्थित लाछो रिसोर्टमा लगेको तथा ज्यान मार्ने धम्की दिई जबरजस्ती करणी गरेको आरोप लागेको छ।
घटनापछि पीडितको उजुरीमा इलाका प्रहरी कार्यालय लेटाङले तीनै जनालाई पक्राउ गरेको हो।
मोरङ जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।