सांघाई अटो एक्स्पोमा सहभागी हुन गण्डकीका २२ सहित ३० मेकानिक चीन जाँदै
१७ साउन २०८३
•
४ मिनेट पाठ
सांघाई अटो एक्स्पोमा सहभागी हुन गण्डकीका २२ सहित ३० मेकानिक चीन जाँदै
चीनको सांघाईमा हुने अटो एक्स्पोमा सहभागी हुन नेपालबाट ३० जनाको टोली जाने भएको छ। चार दिनसम्म सञ्चालन हुने एक्स्पोमा अटो क्षेत्रमा आएको आमूल परिवर्तनलाई नजिकबाट नियाल्न तथा मर्मतसम्भारसम्बन्धी तालिम लिन पोखराका २२ जनासहित देशभरका ३० जना अटो मेकानिक सोमबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।




एपेस सोर्सिङ एन्ड म्याचिङ कन्फरेन्स–२०२६ को निमन्त्रणामा आयोजना हुने एक्स्पोको म्याचिङ सेसनमा सहभागी हुन नेपाल अटो मेकानिक्स व्यवसायी महासंघको नेतृत्वमा टोली चीन जान लागेको हो। ८० देशका प्रतिनिधि सहभागी हुने उक्त एक्स्पोमा १ हजार ७ सय ८५ वटा अटो कम्पनी सहभागी हुने दाबी गरिएको छ।

यसैबीच, सोमबार बिहान ११ बजेको उडानबाट चीन प्रस्थान गर्ने टोलीलाई आइतबार पोखराबाट बिदाइ गरिएको छ। पोखराबाट जाने टोलीलाई गण्डकी अटो मेकानिकल्स एसोसिएसनका पूर्वअध्यक्षहरू सनतकुमार भट्टराई, सानुमान जलारी, सल्लाहकार कृष्णबहादुर थापालगायतले माला र खादा लगाएर बिदाइ गरे।

एघारदिने भ्रमणमा जाने टोलीले सांघाई एक्स्पोमा एक सातासम्म अटो क्षेत्रमा आएको आमूल परिवर्तनलाई नजिकबाट अवलोकन गर्नेछ। हाल अटोमोबाइल क्षेत्रमा विकसित नवीनतम प्रविधि, उपकरण र उत्पादनको अवलोकन गर्नुका साथै पार्टपुर्जा र मर्मतसम्भारसम्बन्धी तालिम पनि लिने नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपालीले जानकारी दिए।

उनका अनुसार पाँच फरक विधामा ६/६ जनाले तालिम लिनेछन्। जसअनुसार ईभी वायरिङ, इन्जिन, पार्ट्स, पम्प इन्जिन, टर्बो तथा बडी मेकानिकसम्बन्धी तालिमका लागि सम्बन्धित मेकानिकहरूलाई समूह विभाजन गरिएको छ। उनले भने, “जसले जुन विषयमा काम गरिरहेको छ, उसैलाई त्यही विषयको तालिम दिने गरी समूह बनाएका छौँ।”

तालिम नेपाल र नेपाली अटो मेकानिकका लागि महत्वपूर्ण हुने गण्डकी अटो मेकानिक्स एसोसिएसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले बताए। “ईभी गाडीमा अहिले आमूल परिवर्तन आएको छ,” उनले भने, “हामीले अहिलेसम्म जानेको ज्ञानका आधारमा मर्मतसम्भार गर्दै आएका छौँ। अब नयाँ प्रविधि सिकेर आएपछि त्यसलाई अझ प्रभावकारी रूपमा प्रयोग गर्न सक्नेछौँ।”

टोलीले छेन्दुस्थित एसआरएम गाडी उत्पादन कारखाना तथा चीनका व्यवस्थित अटो सेवा केन्द्र (अटोल्यान्ड) को समेत अवलोकन गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए। साथै, उद्योगी–व्यवसायीबीच हुने बीटुबी (बिजनेस–टु–बिजनेस) छलफलमा समेत सहभागी हुने उनले बताए।

एक्स्पोमा सहभागी हुने ८३ देशमध्ये ४० देशका प्रतिनिधिको सम्पूर्ण खर्च आयोजकले बेहोर्नेछ। बाँकी नेपालसहित ४३ देशका प्रतिनिधिको खाने, बस्ने तथा तालिमसम्बन्धी खर्च मात्रै आयोजकले व्यहोर्नेछ। नेपालबाट जाने टोलीले हवाई यात्राको खर्च भने आफैं व्यहोर्नुपर्ने नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपालीले जानकारी दिए। गण्डकी अटो मेकानिकल्स वर्क्स एसोसिएसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीका अनुसार प्रति व्यक्तिको हवाई यात्रा खर्च दुई लाख रुपैयाँभन्दा बढी पर्नेछ।

ईभी गाडीको प्रयोग बढिरहेका बेला अटो मेकानिकहरूले ईभी उत्पादन हुने देशमै पुगेर तालिम लिने अवसर पाए पनि राज्यबाट कुनै सहयोग नपाउँदा उनीहरू निराश बनेका छन्। तालिममा सहभागिताका लागि सहयोग माग्दै पोखरा महानगरपालिकादेखि गण्डकी प्रदेश सरकारसम्म आग्रह गर्दा पनि सहयोग नपाएको अध्यक्ष अधिकारीले बताए।

“तालिममा सिकेका सीप व्यवहारमा उतार्न सके देशलाई नै फाइदा हुन्छ,” उनले भने, “तर पोखराका मेयर धनराज आचार्यदेखि गण्डकी प्रदेशका मन्त्री र मुख्यमन्त्रीसम्मसँग सहयोगको आग्रह गर्दा पनि कुनै सहयोग पाइएन।”

उनले राज्यबाट सहयोग नहुनुलाई दुर्भाग्यपूर्ण र विडम्बनापूर्ण भएको टिप्पणी गरे। पोखराको भगिनी सम्बन्ध रहेको छेन्दु सहरमा जाँदा पनि महानगरपालिकाले आवश्यक सहयोग नगरेको तथा त्यहाँको स्थानीय सरकारसँग समन्वयका लागि पहल नगरिदिएको भन्दै आफूहरू दुःखी भएको उनले बताए।

बिदाइ कार्यक्रममा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपालीले चीन भ्रमण नेपाली अटोमेकानिकल क्षेत्रका लागि महत्वपूर्ण अवसर भएको बताए। उनले भने, “हामी आधुनिक प्रविधि र कार्यशैली सिकेर त्यसलाई नेपालमा प्रयोग गर्नेछौँ। यसबाट अटोमेकानिकल क्षेत्र थप व्यावसायिक र प्रतिस्पर्धी बन्न सहयोग पुग्नेछ।”

संस्थाका सल्लाहकार कृष्ण थापाले भ्रमणलाई केवल अवलोकनमा सीमित नराखी ज्ञान, सीप र प्रविधि आर्जन गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरे। उनले भने, “यहाँ सिकेका अनुभवले सहभागीको व्यक्तिगत क्षमता मात्र होइन, पोखरा र समग्र नेपालको अटोमेकानिकल क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”
अर्को समाचार
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
३ घण्टा अघि
•
० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।




समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५५, आलु रातो (गोलो) प्रतिकिलो रु ५५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ९०, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ७०, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली (स्थानीय) प्रतिकिलो रु ५०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ६०, काउली (तराई) प्रतिकिलो रु ३५, मूला रातो प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४०, भन्टा डल्लो प्रतिकिलो रु ६०, तने बोडी प्रतिकिलो रु १०० र मकै बोडी प्रतिकिलो रु ७० कायम गरिएको छ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १००, घिउ सिमी (राजमा) प्रतिकिलो रु १५०, टाटे सिमी प्रतिकिलो रु ९०, तितो करेला प्रतिकिलो रु ९०, लौका प्रतिकिलो रु ९०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु १२०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ९०, झिगुनी प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकेजी ७०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४० र भिण्डी प्रतिकिलो रु १२० कायम गरिएको छ।

त्यसैगरी, सखरखण्ड प्रतिकिलो रु ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ७०, इस्कुस प्रतिकिलो रु २०, रायो साग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो रु १५०, चम्सुरको साग रु १५०, तोरीको साग प्रतिकिलो रु ८०, मेथीको साग प्रतिकिलो रु १५०, प्याज हरियो प्रतिकिलो रु १५०, बकुला प्रतिकिलो रु १२०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु ३००, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, राजा च्याउ प्रतिकिलो रु ३२०, सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ।

ब्रोकाउली प्रतिकिलो रु १८०, चुकुन्दर प्रतिकिलो रु ९०, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु १८०, जिरीको साग प्रतिकिलो रु १५०, सेलरी प्रतिकिलो रु ५००, पार्सले प्रतिकिलो रु २,८००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ७००, गान्टे मूला प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० र रुख टमाटर प्रतिकिलो रु १५० तोकेको छ।

समितिले स्याउ (फुजी) प्रतिकिलो रु ३५०, स्याउ (जुम्ला) प्रतिकिलो रु ३५०, स्याउ (मुस्ताङ) प्रतिकिलो रु २५०, केरा (नेपाली) दर्जन रु १५०, केरा (मालभोग) दर्जन रु १५०, कागती प्रतिकिलो रु ३००, अङ्गुर (हरियो) प्रतिकिलो रु ५००, अङ्गुर (कालो) प्रतिकिलो रु ६००, तरबुजा हरियो प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ८०, निबुवा प्रतिकेजी रु ६०, नासपाती (चाइनिज) प्रतिकिलो रु ३००, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु ३००, लफ्सी प्रतिकिलो रु १००, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३५०, सरिफा प्रतिकिलो रु ३५०, आभोकाडो प्रतिकिलो रु ३५० तथा अमला प्रतिकिलो रु ८० निर्धारण गरिएको छ।

यसैगरी, नरिवल (काँचो) प्रतिकिलो रु ८०, नरिवल (हरियो) प्रतिकिलो रु २००, ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ५००, अदुवा प्रतिकिलो रु ९०, खुर्सानी सुकेको प्रतिकिलो रु ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३५०, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु १५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २६०, छ्यापी (हरियो) प्रतिकिलो रु २००, छ्यापी (सुकेको) प्रतिकिलो रु १५०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३५० र ताजा माछा (छडी) प्रतिकिलो ३०० निर्धारण भएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस