भारतको प्रतिष्ठित मल्टिबिजनेस समूह डीएस ग्रुपले आफ्नो चर्चित मसला ब्रान्ड ‘क्याच स्पाइसेस’ अब नेपाली बजारमा ल्याएको छ। नेपाली उपभोक्ताका स्वादप्रतिको बदलिँदो प्राथमिकता र गुणस्तरप्रतिको अपेक्षालाई सम्बोधन गर्दै कम्पनीले यस बजारमा औपचारिक प्रवेश गरेको हो ।
क्याच मसला हाल काठमाडौं उपत्यकाका प्रमुख खुद्रा स्टोर, सुपरमार्केट, होटल, रेस्टुरेन्ट, सेनाका क्यान्टिनदेखि ई–कमर्स प्लेटफर्म दराजसम्म उपलब्ध भइसकेको छ ।
कम्पनीले नेपालमा पकवानको मौलिक स्वादलाई जीवन्त राख्ने उद्देश्यले विभिन्न प्रकारका स्ट्रेट मसला, मिक्स मसला, पेस्ट र साबुत मसलाहरू उपलब्ध गराएको छ । अत्याधुनिक ‘क्रायोजेनिक ग्राइन्डिङ टेक्नोलोजी’ प्रयोग गरी उत्पादन गरिएका यी मसलाहरूमा बास्ना, रङ र पोषण तत्वलाई जस्ताको तस्तै राखिएको बताइएको छ ।
डीएस ग्रुपअन्तर्गत क्याच स्पाइसेसका बिजनेस हेड सन्दीप घोषले नेपाली बजारमा प्रवेश गर्नु आफ्नो ब्रान्डका लागि स्वाभाविक विस्तार भएको उल्लेख गर्दै भने, ‘नेपाली उपभोक्ताका लागि स्थानीय स्वादअनुसार तयार पारिएका विविध मसलासहित गुणस्तरीय उत्पादन ल्याउन पाउँदा हामी उत्साहित छौं। हामीले गुणस्तरीयता र नवप्रवर्तनमा कुनै सम्झौता गर्दैनौं।’
कम्पनीले नेपालको चर्चित अन्तर्राष्ट्रिय सेफ सन्तोष शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गर्दै आफ्ना उत्पादनहरू विश्वसनीय र स्वादमा उत्कृष्ट बनाउने प्रतिबद्धता जनाएको छ । सेफ शाहले क्याचसँगको साझेदारीमा प्रसन्नता व्यक्त गर्दै मसलाले परिकारमा ल्याउने स्वादको महत्त्वलाई जोड दिए ।
क्याच स्पाइसेसले तीज, दसैं जस्ता नेपाली पर्वलाई लक्षित गर्दै ३६० डिग्री मार्केटिङ अभियान सुरु गरिसकेको छ । टिभी, रेडियो, पत्रपत्रिका, डिजिटल प्लेटफर्म र ‘अन ग्राउण्ड’ गतिविधिबाट उपभोक्तासँग सीधा सम्पर्क बढाउने रणनीति लिइएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो।
आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ।
छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ।
माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्।
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...