आज किलोमै चार सय रुपैयाँ बढ्यो पार्सले, अधिकांश तरकारीको मूल्य घट्यो
३२ असार २०८२
•
२ मिनेट पाठ
आज किलोमै चार सय रुपैयाँ बढ्यो पार्सले, अधिकांश तरकारीको मूल्य घट्यो
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि निर्धारण गरेको थोक मूल्यमा पार्सलेको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। पार्सलेको मूल्य ३१ असारमा रु ८०० रहेकोमा ३२ असारमा रु १२०० पुगेको छ, जुन रु ४०० को वृद्धि हो। यता, अधिकांश तरकारी र फलफूलको मूल्य भने घटेको छ। 




समितिका अनुसार, गोलभेँडा सानो (टनेल) को मूल्य रु ५१ बाट रु ४५, आलु रातो रु ४६ बाट रु ४५, बन्दा (लोकल) रु ३५ बाट रु ३०, काउली स्थानीय रु ६० बाट रु ५५, काउली तराई रु ५० बाट रु ४५, मकै बोडी रु ५५ बाट रु ५०, भटमास कोसा रु १६० बाट रु १३०, तीतो करेला रु ३० बाट रु २५, परबर (तराई) रु ४० बाट रु ३५, झिगुनी रु ५५ बाट रु ५०, फर्सी हरियो (लाम्चो) रु ३० बाट रु २५, भिण्डी रु ४० बाट रु ३०, स्कूस रु ४० बाट रु ३५, रायोसाग रु १०० बाट रु ८०, पालुङ्गो साग रु १०० बाट रु ९०, कुरिलो रु ३०० बाट रु २५०, निगुरो रु १०० बाट रु ९०, सजिवन रु २३० बाट रु २००, टाटे सिमी रु ८५ बाट रु ७५, खुर्सानी हरियो रु ५० बाट रु ४५, खुर्सानी हरियो (बुलेट) रु ५० बाट रु ३५, खुर्सानी अकबरे रु २५० बाट रु २२०, भेडे खुर्सानी रु १२० बाट रु १०० मा झरेको छ। फलफूलतर्फ केरा (दर्जन) रु १४० बाट रु १३५, भुइँकटहर (प्रतिगोटा) रु १७० बाट रु १६०, काँक्रो (लोकल) रु ५५ बाट रु ५०, र रुखकटहर रु ४५ बाट रु ४० मा झरेको छ। 

यद्यपि, केही तरकारीको मूल्यमा वृद्धि पनि देखिएको छ। जस्तै, घिउ सिमी (जाजमा) रु १०० बाट रु १३०, घिउ सिमी (हाइब्रिड) रु ४५ बाट रु ५०, च्याउ (डल्ले) रु ४०० बाट रु ४५०, पुदिना रु १८० बाट रु २००, प्याज सुकेको (भारतीय) रु ४६ बाट रु ४७, गाजर (तराई) रु ७५ बाट रु ८५, र घिरौला रु ३५ बाट रु ४० मा पुगेको छ। 

समितिले गोलभेँडा ठूलो (नेपाली) रु ७०, गोलभेँडा सानो (लोकल) रु ३२, आलु रातो (भारतीय) रु ४०, आलु रातो (मुडे) रु ३९, आलु सेतो रु ४०, गाजर (लोकल) रु ९०, रातो मूला रु ४५, सेतो मूला (हाइब्रिड) रु २५, भन्टा लाम्चो रु ३५, भन्टा डल्लो रु ५०, तने बोडी रु २५, मटरकोसा रु २००, घिउ सिमी (लोकल) रु ५५, लौका रु २५, चिचिण्डो रु २५, फर्सी पाकेको रु ५०, हरियो फर्सी (डल्लो) रु ३५, सलगम रु ८०, सखरखण्ड रु ८०, पिँडालु रु ७०, तोरीको साग रु ८०, हरियो प्याज रु २००, च्याउ (कन्य) रु १५०, ब्रोकाउली रु ७०, चुकुन्दर रु ७५, रातो बन्दा रु ३५०, जिरीको साग रु १००, सेलरी रु १२०, सौफको साग रु २००, इमली रु २००, तामा रु १२०, तोफु रु १२०, गुन्द्रुक रु ३५०, स्याउ (झोले) रु २५०, स्याउ (फुजी) रु ३४०, कागती रु १४०, अनार रु ३५०, आँप (माल्द) रु १२५, आँप (दशहरी) रु १३०, हरियो तरबुजा रु ११०, मौसम रु १६०, जुनार रु २५०, काँक्रो (हाइब्रिड) रु २०, मेवा (नेपाली) रु ७५, मेवा (भारतीय) रु १००, अदुवा रु १००, खुर्सानी सुकेको रु ३५०, खुर्सानी हरियो माछे रु ८०, लसुन सुकेको (चाइनिज) रु २००, लसुन सुकेको (नेपाली) रु १६०, छ्यापी सुकेको रु १८०, छ्यापी हरियो रु १३०, ताजा माछा (रहु) रु ३३०, ताजा माछा (बचुवा) रु ३२०, ताजा माछा (छडी) रु २५०, राजा च्याउ रु ३००, र सिताके च्याउ रु ९०० कायम गरेको छ।
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस