सरकारले सीमा नाकामा हुने अवैध आयात तथा नक्कली सामानको चोरी पैठारीमा कडाइ गरेसँगै अटोमोबाइल क्षेत्रमा पनि त्यसको सकारात्मक प्रभाव देखिन थालेको छ।
बजारमा नक्कली पार्ट्सको प्रवेशमा कमी आउने अपेक्षासहित नेपालका लागि टाटाजेन्युइनपार्ट्सकोआधिकारिक वितरकसिप्रदी अटोपार्ट्सले ‘सक्कली टाटा जेन्युन पार्ट्स’ प्रयोग गरौँ भन्दै देशव्यापी सचेतना अभियान सुरु गरेको छ।
गाडीमा कमसल र नक्कली पार्ट्सको प्रयोगले गाडीको आयु घट्ने र दुर्घटनाको जोखिमसमेत बढ्ने समस्यालाई मध्यनजर गर्दै कम्पनीले मेकानिक्स, चालक र गाडी धनी लक्षित यो अभियान सञ्चालनमा ल्याएको हो।
अभियानअन्तर्गत सिप्रदी अटोपार्ट्सका प्रतिनिधिहरू देशका प्रमुख व्यापारिक तथा सीमावर्ती सहरहरू विशेषगरीधनगढी, भैरहवा, वीरगञ्ज र नेपालगञ्जका विभिन्न ग्यारेज, वर्कशप, हाइवेका मर्मत केन्द्र र यातायात पार्किङ स्थलहरूमा प्रत्यक्ष रूपमा पुगिरहेका छन्। ‘सक्कली TATA Genuine Parts यसरी चिन्नुहोस्’ भन्ने ब्यानर र नमुना पार्ट्सहरू राखिएको सानो पिकअप भ्यानसहित कम्पनीको टोलीले ग्राहक र प्राविधिकहरूलाई भेला गराएरै सक्कली पार्ट्सको महत्त्व बुझाइरहेको छ।
कसरी चिन्ने सक्कली टाटा जेन्युन पार्ट्स ?
बजारमा उस्तै देखिने प्याकेजिङमा नक्कली सामान आउन सक्ने भएकाले सिप्रदीले उपभोक्तालाई मुख्य तीन कुरामा ध्यान दिन आग्रह गरेको छस्
१. प्याकेजिङ र विशेष कोडस् : TATA Genuine Parts र TATA Motors Automotive Fluids (मोबिल आदि) को प्याकेटमा विशेष नम्बर कोड (जस्तै: 2081295) उल्लेख गरिएको हुन्छ, जुन नक्कलीमा हुँदैन।
२. कन्ट्री कोड: सक्कली सामानको प्याकेटमा टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक जनाउने ‘कन्ट्री कोड’ राखिएको हुन्छ।
३. आधिकारिक होलोग्राम: पार्ट्स वा फ्लुइड्सको बट्टामा 'Sipradi Autoparts' को आधिकारिक होलोग्राम वा ट्याग अनिवार्य रूपमा टाँसिएको हुन्छ। यो हेरेर मात्र खरिद गर्नुपर्छ।
नक्कली पार्ट्स प्रयोग गर्दा तत्कालका लागि केही रकम सस्तो पर्न गए पनि दीर्घकालमा इन्जिनलगायत गाडीका महत्त्वपूर्ण अंगमा गम्भीर क्षति पुग्ने प्राविधिकहरू बताउँछन्। ‘सक्कली पार्ट्सले गाडीको कार्यक्षमता बढाउनुका साथै यात्रुको सुरक्षा सुनिश्चित गर्छ,’ कम्पनी स्रोतले भन्यो।
सरकारले सीमामा गरेको कडाइले नक्कली पार्ट्सको व्यापार निरुत्साहित भइरहेको वर्तमान अवस्थामा मुख्य सहरहरू (धनगढी, भैरहवा, वीरगञ्ज र नेपालगञ्ज) बाट सुरु भएको यो अभियानले उपभोक्तालाई ठगिनबाट बचाउने र अटो क्षेत्रमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ।
सिप्रदी अटोपार्ट्सले आफ्ना सम्पूर्ण ग्राहकलाई आधिकारिक डिलर वा सिप्रदीका नेटवर्कहरूबाट मात्र टाटाका जेन्युन पार्ट्स खरिद गर्न अनुरोध गरेको छ।
ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेशनलको दुई प्रतिष्ठित विधाको अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलले आयोजना गरेको भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन र एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस दुई विधामा सम्मानित गरिएको छ ।
ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै नविनतम् प्रविधिमा आधारित भिसा अन्तर्गतको विभिन्न बैंकिङ सेवाहरुको विकास तथा विस्तार गरे बापत बैंकलाई उत्कृष्ठ बैंकको रुपमा सम्मानित गरेको हो । बैंकले भिसाअन्तर्गतको डिजिटल भुक्तानी प्रणालीको प्रवद्र्धन, नविन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई उत्कृष्ठ सेवा तथा सुविधासहित थप सेवाहरुको विस्तारको कदरस्वरुप उक्त अवार्डहरु प्राप्त गरेको हो ।
आधुनिक प्रविधिको उच्चतम् प्रयोग गरी उत्कृष्ट ग्राहक सेवा प्रदान गरिरहेको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४ र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत प्राप्त गरेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा आफ्नो सञ्जाल विस्तार गर्न सफल पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो । बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा विदेशस्थित प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गदैै आइरहेको छ ।
यसका साथै, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ ।
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...