भक्तपुरको जीवित सङ्ग्रहालय : आठ रात नौ दिन बिना शुल्क हेर्न पाइने
१६ भदौ २०८३
•
४ मिनेट पाठ
भक्तपुरको जीवित सङ्ग्रहालय : आठ रात नौ दिन बिना शुल्क हेर्न पाइने
इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ भन्छन् भक्तपुर खुल्ला आकाशमुनिको सङ्ग्रहालय हो। कसैले जीवित सङ्ग्रहालय भन्छन् भने कसैले जीवित किताब भक्तपुरलाई। यसबाहेक इतिहासविद् जगदीशशमशेर राणाले भक्तपुरलाई नाचगानको सहर भनेर भन्थे।




जसले जे भने पनि भक्तपुर कलाकार नै कलाकारको नगर हो। रात्रिकालीन जीवन्त सांस्कृतिक प्रदर्शनी गर्ने गर्ने ठाउँ पनि हो यो। कतिलाई यो कुरा थाहा नहुन सक्छ तर भक्तपुरमा हरेक वर्ष गुन्हिपुुन्ही (जनैपूर्णिमा) को आठ रात नौ दिन यो सबै विषयवस्तु हेर्न सकिन्छ, त्यो पनि बिना शुल्क।

गाईजात्राको चौथो दिनदेखि भक्तपुर नगरमा बाटोबाटोमा प्रत्यक्ष सांस्कृतिक कार्यक्रम हुने गर्दछ। यसमा नाच अनुसार बाजगाजा, गीतकार, कलाकारले प्रत्यक्ष प्रस्तुति दिने गर्दछ। यसलाई आधुनिक चल्नचल्ती भाषामा ‘लाइभ कन्र्सट’ पनि भन्न सकिन्छ।

यसबेला भक्तपुरमा साँझ विभिन्न खालका नाचहरु हुन्छन् टोलटोलमा। फाकन्दली प्याखं, गाइचा प्याखँ, माक प्याखं, नागाँचा प्याखं, लाखे प्याखं, देवी नाँच, भैरव नाँच, कवांचा प्याखं, लुसिचा प्याखं, जङ्गली प्याख, खिचा प्याख, ख्या प्याखं, मयुुर प्याख, लुसिचा प्याखं नाँच प्रदर्शन गर्ने प्रचलन रहेको छ।

नेपाल भाषामा प्याखं भनेको नाच हो। साथै ख्यालअर्थात् नाटक पनि देखाइन्छ टोलटोलमा। विभिन्न समसामयिक विषयमा नेपाल भाषामा ख्याल प्रहसन पनि देखाइन्छ। यी सबै नाचमा परम्परागत पोसाक लगाउने गरिन्छ। 

यसबेला प्रायः नाचहरुमा मुखमा नाच अनुसारको मुुकुुण्ड लगाएर नाच्ने गरिन्छ। यसमा पाँच वर्षको बच्चादेखि ७० वर्षको वृद्धसम्मले भाग लिएको हुुन्छ। एउटा नाच कम्तिमा पाँचदेखि सात मिनेटको हुने गर्दछ।

यो टोलटोलबाट प्रदर्शनी गर्न ल्याउने गरिन्छ। यसलाई भक्तपुर नगरभरि टोलटोलमा प्रदर्शनी गर्ने गरिन्छ। त्यसैले एकदिन हेर्न बिर्से पनि भोलिका दिन अर्को टोलमा गएर त्यही नाच हेर्न सक्नुहुन्छ।

जुन टोलको नाच हो त्यो नाच दैनिक फरकफरक ठाउँमा देखाउँदै पूरै नगरभरि देखाउनुपर्छ। यही कारण दैनिक एकै ठाउँमा बसेर हेर्ने हो भने गाईजात्राभरिमा सबै नाच हेर्न सकिन्छ। प्रत्येक ठाउँमा दैनिक फरकफरक टोलीले नाच देखाएको हुन्छ।

भक्तपुरका स्थानीयबासी बुढापाकाहरुका अनुसार भक्तपुरमा रात्रिकालीन सांस्कृतिक प्रदर्शनी धेरै वर्ष पहिलादेखि नै चल्दै आएको हो। पहिला हरेक टोलटोलमा सांस्कृतिक प्रदर्शनी गरिन्थ्यो।

तर अहिले भने टोलटोलमा साथै मञ्च बनाएर भक्तपुरको विभिन्न ठाउँमा देखाइने गरिन्छ। यसबाहेक पनि भक्तपुर नगरका सार्वजनिक पाटीपौवाहरुमा वर्षभरि नै रात्रिकालीन भजन, सांस्कृतिक कार्यक्रम हुने गर्दै आएको छ।

गत वर्ष भक्तपुरको दत्तात्रय र नासमना र भुुलाछेँमा भएको थियो भने यस वर्ष भक्तपुर नगरपालिका–९ सूर्यमढी, वडा नं ६ चोछेँ र वडा नं ४ नासमनामा प्रदर्शनी हुुने बताइएको छ।

भक्तपुर नगरपालिका–७ इनाचोका स्थानीय प्रविना बनमालाले यो गुन्हिपुन्ही (जनैपूर्णिमा) को चौथो दिनदेखि कृष्णअष्टमीसम्म हुने बताए। यसपालि भदौ १५ गतेदेखि १९ गतेसम्म हुने उनी बताउँछन्।

कतिपयले अहिले पनि भक्तपुरमा यसरी रात्रिकालीन सांस्कृतिक प्रदर्शनी हुन्छ भन्ने थाहा नहुने धेरै रहेको उनी सुनाउछन्। उनी भन्छन्, ‘भक्तपुरको गाईजात्रा एकदिन होइन, बरु आठ रात नौ दिन हुने गर्दछ।’

गाईजात्राको प्रमुख दिन यहाँ दिनभरि जात्रा वा नाच हुने भए पनि अन्य दिन भने साँझको समयमा मात्रै हुन्छ। यो सांस्कृतिक कार्यक्रम साँझ ५ बजेदेखि राति १२ बजेसम्म हुने गर्दछ।

तृतीयाको दिनदेखि भक्तपुरमा रात्रिकालीन सांस्कृतिक मेला लाग्ने गर्छ। भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले यस मेलामा कुनै पनि शुल्क नलाग्ने बताउछन्। यो एक ठाउँमा मात्र नभई टोलटोलमा हुने ज्याख्व बताउछन्।

साथै, एकैदिन पनि ठाउँठाउँमा पनि खुल्ला रुपमा नाच हेर्न सकिने उनी बताउछन्। सबै दर्शकको सुविधाका लागि नाचहरु डबलीडबलीमा देखाउने गरिन्छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति भक्तपुरका यस्ता मौलिक नाचहरुलाई नगरपालिकाले जगेर्ना गर्दै आएको बताउछन्। यही कारण नाचहरुलाई जीवन्त बनाउन उत्कृष्ट नाचहरुलाई नगरपालिकाले नगदसहित पुरस्कृत गर्दै आएको उनी सुनाउछन्।

सांस्कृतिक परम्परालाई जोगाउन भन्दै २०७४ सालदेखि भक्तपुर नगरपालिकाले धे धे बाला कासा (सांस्कृतिक प्रतियोगिता) गर्दैै आएको जानकारी उनले गराए।

यसका लागि नगरका ठाउँठाउँमा मञ्च राखेर नाच देखाउने र त्यसको मूल्याङ्कन गर्ने उनी सुनाउछन््। पछि विश्व पर्यटन दिवसको अवसरमा उनीहरुलाई नगदसहित सम्मान तथा पुुरस्कार वितरण गर्दै आएको उनले बताए।
अर्को समाचार
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
२२ मिनेट अघि
•
१ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
चितवन। गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पितृमुक्ति महायज्ञ हुने भएको छ। 




मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथबाबा) को सत्सङ्कल्पमा यही मङ्सिर १ गतेदेखि यहाँ सञ्चालन भइरहेको अष्टाचल धनधान्यञ्चल विराट महायज्ञ अन्तर्गत दिवङ्गत पितृहरूको मुक्तिको कामना गर्दै यही मङ्सिर २० गतेदेखि तीन दिनसम्म सो महायज्ञको आयोजना गरिएको हो।

वैदिक शास्त्रको पाठपारायण, जप, ध्यान, हवन, पाँच करोड २५ लाख दीप प्रज्वलन, १०८ कन्याको पूजनसहित विशेष धान्याञ्चल अनुष्ठान गरिने सो महायज्ञमा दिवङ्गत आत्माहरूको उद्धार, मुक्ति र शान्तिको कामना गर्दै पितृमुक्ति महायज्ञ गर्न लागिएको मुक्तिनाथ बाबाले जानकारी दिए। यस अन्तर्गत पितृहरूको सामूहिक प्रार्थना, भागवत पाठपारायण, तिलाञ्जली, एकाहा पाठ, वर्षदिन पुगेका पितृहरूको तर्पण र नारायणबलि लगायतका कार्य हुने छन्। 

स्वामी कमलनयनाचार्यले भने, 'भोटेकोशी बाढीले सबै नेपालीलाई जस्तै मलाई पनि ठूलो पीडा दिएको छ। त्यसैगरी अन्य बिपत्ति, महामारी आदिमा कैयौँ नेपालीको अकालमै ज्यान गएको छ। त्यसैले सबै दिवङ्गत आत्माहरूको मुक्ति, शान्ति र सद्गतिको कामनास्वरुप यही विराट महायज्ञमै विशेष पितृमुक्ति अनुष्ठानको सङ्कल्प गरेका हौँ।' 

सामूहिक रूपमा गरिने यस विशेष अनुष्ठानमा दिवङ्गत पितृहरूका आफन्त कर्ताका रूपमा आफैँ सहभागी भएर कर्म गर्ने तथा उक्त कार्यका लागि पितृहरूको नाम, गोत्र, तस्बिर आदि उपलब्ध गराउन सकिने व्यवस्था गरिएको सो विराट महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिए। 

यही मङ्सिर १ गतेदेखि नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) मा विराट महायज्ञ सुरु हुनुअघि पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै त्यहाँ आइपुगेको थियो। 

सो विराट महायज्ञ एउटा धार्मिक उत्सव मात्र नभएर नेपालमा वैदिक विश्वविद्यालय स्थापनाका साथै हाम्रो सभ्यताको पहिचान र नयाँ पुस्तामा हस्तान्तरण गर्न, नेपालका तीर्थस्थलको प्रचार गरी नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्न आयोजना गरिएको मुक्तिनाथ बाबाले जानकारी दिए।

उनले यी महत्वपूर्ण धार्मिक अनुष्ठानहरूमा प्रत्यक्ष सहभागी भएर पुण्य आर्जन गर्न पनि समस्त वैदिक सनातन धर्मावलम्बीहरूलाई आग्रह गरेका छन्। रासस
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
यो पनि पढौँ
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस