पर्यावरणमैत्री तिहारः हाम्रो संस्कृतिसँगै प्रकृतिको संरक्षणमा हामी जिम्मेवार
०२ कार्तिक २०८२
•
६ मिनेट पाठ
पर्यावरणमैत्री तिहारः हाम्रो संस्कृतिसँगै प्रकृतिको संरक्षणमा हामी जिम्मेवार
तिहारको आगमनसँगै नेपाली जीवनमा एक अद्भुत आनन्द, उल्लास र आध्यात्मिकताको लहर दौडिन्छ। प्रकृतिले सिर्जना गरेका रंगबिरंगी फूलहरू, दियोको ज्योति, मिठाईको स्वाद, र भाइटीकामा सगरमाथाभन्दा पनि अग्लो प्रेम र मायाको भाव—यी सबै हाम्रो सांस्कृतिक परम्पराको सबैभन्दा सुन्दर अभिव्यक्ति हुन्। यो चाड केवल बाहिरी उज्यालो र उत्सवको मात्र होइन, भित्री आत्मिक प्रकाश र मानवीय सम्बन्धलाई नवजीवन दिने अवसर पनि हो। तर, विकासको नाममा हामीले अपनाएका केही “आधुनिक“ प्रथाहरूले यस पवित्र चाडले सँधै बोकेको शान्ति, सादगी र प्रकृतिप्रतिको सम्मानलाई प्रदूषित गरिरहेका छन्। यसपटकको तिहारमा, हामी सबैले आफ्नो पवित्र कर्तव्यका रूपमा यसलाई पर्यावरणमैत्री ढङ्गले मनाउने प्रतिबद्धता गरौं।




पर्यावरणमाथि तिहारको प्रभावः एउटा चिन्ता

हामी सबैलाई थाहा छ कि तिहारमा पड्काइने पटाका, आतिशबाजीर अन्य धमाकादार वस्तुहरूले वायु प्रदूषणको स्तर खतरनाक रूपमा बढाउँछन्। यी धमाकाबाट कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइडजस्ता हानिकारक ग्याँसहरू वातावरणमा निस्कन्छन्, जसले मानिसको श्वासप्रश्वास प्रणाली, स्नायु प्रणाली, तथा हृदयघातजस्ता गम्भीर रोगहरू उत्पन्न गर्न सक्छन्। यसले विशेषगरी वृद्ध, बिरामी र साना बालबालिकालाई बढी प्रभावित गर्छ। त्यस्तै, तीव्र आवाजका कारण कुकुर, बिरालोजस्ता पशुपक्षीहरूमा तनाव र डर पैदा हुन्छ, कहिलेकाहीँ त तिनीहरूको मृत्युसम्म हुने अवस्था आउँछ।अर्को महत्त्वपूर्ण पक्ष भनेको एकपटक प्रयोग गरेर फ्याँकिने प्लास्टिकको अत्यधिक प्रयोग हो। मिठाईको प्याकेजिङ, सजावटका सामान, प्लास्टिकका थैली, कप आदिले वातावरणलाई प्रदूषित गर्छन्। यी प्लास्टिक सड्न सयौँ वर्ष लाग्छ र भूमि, नदीनाला तथा समुद्रमा पुगेर जम्मा हुन्छन्, जसले जलचर र स्थलचर जीवजन्तुको जीवनमा गम्भीर संकट ल्याउँछ।त्यस्तै, चाडपर्वमा खानामा पनि अनावश्यक फिजुल खर्च हुन्छ। धेरै परिकारहरू बनाइन्छन्, तर खान नसकिएर फ्याँकिन्छन्, जसले खानेयोग्य खाद्यान्नको अपव्यय मात्र नभई फोहोरको मात्रा पनि बढाउँछ। यी सबै कुराले हाम्रो चाडको पवित्रतालाई असर गरिरहेका छन्।हामीले सोच्नु पर्छ, के वास्तवमै पटाका नपडकाइकन तिहार मनाउन सकिदैन? के एकपटक प्रयोग भएको प्लास्टिकको झोला वा सजावटका सामान बिना हामी तिहारको सुन्दरता सिर्जना गर्न सक्दैनौं? उत्तर ’हो’ मा छ।

नेपालको संविधानको धारा ३०ः स्वच्छ वातावरणको हक

यस सम्बन्धमा हामीले नेपालको संविधान, २०७२ ले दिएको दिशानिर्देशलाई पनि सम्झनु पर्छ।संविधानको धारा ३० ले “स्वच्छ वातावरणको हक” को अधिकारलाई मौलिक अधिकारका रूपमा स्थापित गरेको छ। यस धाराको उपधारा (१) अनुसार, “प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ ।” यसै धाराको उपधारा (२) मा भनिएको छ—“वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुुनेछ।” तर, यो जिम्मेवारी केवल राज्यकै मात्र नभई हामी नागरिकहरूको पनि हो।संविधानले हामीलाई स्वच्छ वातावरणमा बस्ने अधिकार दिएको छ, त्यसैले यसलाई सुरक्षित राख्ने जिम्मेवारी हामी सबैको हुन्छ। चाडपर्वका गतिविधिहरूले वातावरणलाई क्षति नपुगोस् भन्ने ख्याल राख्नु हामी सबै नागरिकको संवैधानिक कर्तव्य पनि हो।

एकजुटताको शक्तिः सरकार, गैरसरकारी संस्था र नागरिक

यो काम कसरी सम्भव हुन्छ? के सरकारले मात्र यसको समाधान गर्न सक्छ? होइन। के गैरसरकारी संस्थाहरूले मात्रै यो लडाइँ लड्न सक्छन? होइन।सरकारले नीति बनाउन सक्छ, कानून ल्याउन सक्छ, तर त्यसको प्रभावकारी कार्यान्वयनको जिम्मेवारी भने स्थानीय सरकार र हामी नागरिकमै पर्छ। गैरसरकारी संस्थाहरूले जनचेतना फैलाउन सक्छन्, तर त्यसलाई व्यवहारमा उतार्ने काम समुदाय र हरेक घरपरिवारभित्र हुनुपर्छ।त्यसैले, सरकार एक्लै हाम्रो वातावरण जोगाउन सक्दैन, गैरसरकारी संस्था एक्लै पनि सक्दैनन्। केवल सरकार, गैरसरकारी संस्था र जनताबीचको एकजुटता र सहकार्यले मात्र हाम्रो वातावरण सुरक्षित रहन सक्छ।हाम्रो कर्तव्य हो—हरेक नागरिकले आफूलाई राष्ट्रको जिम्मेवार नागरिकका रूपमा देख्नु र आफ्नो भूमिका ईमानदारीपूर्वक निर्वाह गर्नु हो।

हामीले के गर्न सक्छौं? पर्यावरणमैत्री तिहारका रणनीतिहरू

१. पटाका, आतिशबाजी र अन्य धमाकादार वस्तुहरू नपड्काऔं

यस तिहारमा पटाका, आतिशबाजी वा धमाकादार वस्तुहरू प्रयोग नगरी घरघरमा दियो बाल्ने, रंगोली बनाउने, भजन–कीर्तन गर्ने र परिवारसँग समय बिताउने जस्ता शान्त र रमाइला तरिका अपनाऔं। दियोको ज्योतिले वातावरणलाई प्रदूषित गर्दैन, बरु मनमा शान्ति र आत्मिक उज्यालो फैलाउँछ। नेपाल सरकारले पटाका, आतिशबाजी वा धमाकादार वस्तुहरू ओसार पसार तथा पड्काउन निषेध गरेको छ ।  

२. एकपटक प्रयोग हुने प्लास्टिकको प्रयोग नगरौं

मिठाई किन्दा प्लास्टिक वा फोमको बाकसभन्दा कपडाको झोला वा कागजमा प्याक गरिएको मिठाई रोजौं। सजावटका लागि पनि प्लास्टिकको सट्टा कागज, कपडा, बाँस, जस्ता प्राकृतिक सामग्री प्रयोग गरौं। किनमेल गर्दा आफ्नै कपडाको झोला लैजाने बानी बसालौं।

३. स्थानीय उत्पादनलाई प्रोत्साहन दिऔं

तिहारमा प्रायः भारत, चीन आदिबाट आयातित सामानहरूको भरमार हुन्छ। यस वर्ष हामी स्थानीय उत्पादनलाई प्राथमिकता दिऊं। गोदावरी, ककनी, वा स्थानीय क्षेत्रमा उत्पादन हुने फूलहरू, स्थानीय दियो, अगरबत्ती, सुगन्धित धूपबत्ती खरिद गरौं। त्यस्तै, स्थानीय मिठाई, लड्डु, सेलरोटी र अन्य परिकार किनेर स्थानीय उद्यमी र किसानलाई सहयोग पुर्याऔं । यसले पैसालाई देशभित्रै राख्छ र अर्थतन्त्रलाई बलियो बनाउँछ।

४. खानपानमा सचेत रहौं

आवश्यकताभन्दा बढी परिकार वा पकवान नबनाऔं। योजनाबद्ध तरिकाले खाना पकाएर खाद्यान्नको बचत गरौं। बाँकी खाना सुरक्षित राखी पुनः प्रयोग गरौं। सम्झौं—खाना फ्याँक्नु पाप मात्र होइन, अपराध पनि हो।

५. वरिपरिको वातावरण सफा राखौं

तिहारमा घरभित्र र आँगन सफा गर्ने मात्र होइन, टोल, सडक, पार्क र सार्वजनिक स्थलहरू पनि सफा राख्ने जिम्मेवारी हाम्रो हो। मिठाईको बाकस, प्लास्टिक वा अन्य फोहोरलाई उचित स्थानमा फ्याँक्ने बानी बसालौं। सामूहिक रूपमा सरसफाइ अभियान चलाउन सकिन्छ।

६. फोहोर व्यवस्थापन  

उत्सवपछि परेका फोहोरहरूलाई छुट्टाछुट्टै राख्ने बानी बसालौं। जैविक फोहोर (फूल, रंगोलीको पिठो, आदि) र अजैविक फोहोर (कागज, काँच, आदि)लाई छुट्टाछुट्टै राखेर यथास्थानमा व्यवस्थापन गरौ । फूल, पात र अन्य जैविक सामग्रीहरूलाई कम्पोस्ट मल बनाउन सकिन्छ।

७. परम्परागत रीतिरिवाजलाई प्राथमिकता

तिहारलाई हामी हाम्रा पूर्खाहरूले मनाउने शैलीतर्फ फर्कौं। माटोका दियो, सूतुको बत्ती, प्राकृतिक रंगहरूले बनाइने रंगोली, लक्ष्मी पूजाको लागि प्राकृतिक फूलपात, असल खानेकुरा आदिलाई प्राथमिकता दिऔं। यसले हाम्रो संस्कृतिलाई पनि जिउँदो राख्छ।

८. प्रकृतिलाई सम्झौं

तिहार– कुकुर तिहार, गाई तिहार, गोरु तिहार र लक्ष्मी पूजाजस्ता चाडहरूको संगम हो, जसले प्रकृति र पशुपक्षीप्रतिको कृतज्ञतालाई प्रकट गर्छ। त्यसैले जनावरलाई राम्रोसँग खुवाऔं, चराचुरुङ्गीलाई दानापानी दिऔं। यसरी मात्र हाम्रो चाडको वास्तविक सार साँचो अर्थमा सार्थक हुनेछ।

तिहार उज्यालो, खुसी र आशाको चाड हो, जसले हामीलाई जीवनका सकारात्मक पक्षहरूतर्फ अघि बढ्न प्रेरित गर्छ। यस पवित्र अवसरलाई हाम्रो सुन्दर संस्कृति मात्र होइन, हरियाली पर्यावरणको संरक्षणका लागि पनि प्रयोग गरौं।आउनुहोस्, हामी सबै मिलेर यस तिहारलाई पर्यावरणमैत्री, स्थानीय उत्पादनप्रति समर्पित र जिम्मेवार नागरिकको रूपमा मनाऔं। घरभित्र मात्र होइन, वरिपरिको वातावरणमा पनि उज्यालो फैलाऔं। दियोको ज्योतिले मात्र नभई, हाम्रो सचेत र जिम्मेवार व्यवहारले पनि यो पर्वलाई उज्यालो, सुगन्धित र प्रदूषणमुक्त बनाओस्।सानो प्रयासले ठूलो परिवर्तन ल्याउन सक्छ। यस तिहारलाई गरिमामय, हरित र पर्यावरणमैत्री बनाउन सबैलाई शुभकामना!
अर्को समाचार
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
३ घण्टा अघि
•
१ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
चितवन। गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पितृमुक्ति महायज्ञ हुने भएको छ। 




मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथबाबा) को सत्सङ्कल्पमा यही मङ्सिर १ गतेदेखि यहाँ सञ्चालन भइरहेको अष्टाचल धनधान्यञ्चल विराट महायज्ञ अन्तर्गत दिवङ्गत पितृहरूको मुक्तिको कामना गर्दै यही मङ्सिर २० गतेदेखि तीन दिनसम्म सो महायज्ञको आयोजना गरिएको हो।

वैदिक शास्त्रको पाठपारायण, जप, ध्यान, हवन, पाँच करोड २५ लाख दीप प्रज्वलन, १०८ कन्याको पूजनसहित विशेष धान्याञ्चल अनुष्ठान गरिने सो महायज्ञमा दिवङ्गत आत्माहरूको उद्धार, मुक्ति र शान्तिको कामना गर्दै पितृमुक्ति महायज्ञ गर्न लागिएको मुक्तिनाथ बाबाले जानकारी दिए। यस अन्तर्गत पितृहरूको सामूहिक प्रार्थना, भागवत पाठपारायण, तिलाञ्जली, एकाहा पाठ, वर्षदिन पुगेका पितृहरूको तर्पण र नारायणबलि लगायतका कार्य हुने छन्। 

स्वामी कमलनयनाचार्यले भने, 'भोटेकोशी बाढीले सबै नेपालीलाई जस्तै मलाई पनि ठूलो पीडा दिएको छ। त्यसैगरी अन्य बिपत्ति, महामारी आदिमा कैयौँ नेपालीको अकालमै ज्यान गएको छ। त्यसैले सबै दिवङ्गत आत्माहरूको मुक्ति, शान्ति र सद्गतिको कामनास्वरुप यही विराट महायज्ञमै विशेष पितृमुक्ति अनुष्ठानको सङ्कल्प गरेका हौँ।' 

सामूहिक रूपमा गरिने यस विशेष अनुष्ठानमा दिवङ्गत पितृहरूका आफन्त कर्ताका रूपमा आफैँ सहभागी भएर कर्म गर्ने तथा उक्त कार्यका लागि पितृहरूको नाम, गोत्र, तस्बिर आदि उपलब्ध गराउन सकिने व्यवस्था गरिएको सो विराट महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिए। 

यही मङ्सिर १ गतेदेखि नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) मा विराट महायज्ञ सुरु हुनुअघि पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै त्यहाँ आइपुगेको थियो। 

सो विराट महायज्ञ एउटा धार्मिक उत्सव मात्र नभएर नेपालमा वैदिक विश्वविद्यालय स्थापनाका साथै हाम्रो सभ्यताको पहिचान र नयाँ पुस्तामा हस्तान्तरण गर्न, नेपालका तीर्थस्थलको प्रचार गरी नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्न आयोजना गरिएको मुक्तिनाथ बाबाले जानकारी दिए।

उनले यी महत्वपूर्ण धार्मिक अनुष्ठानहरूमा प्रत्यक्ष सहभागी भएर पुण्य आर्जन गर्न पनि समस्त वैदिक सनातन धर्मावलम्बीहरूलाई आग्रह गरेका छन्। रासस
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस