रामजानकी विवाह महोत्सव पाँचौँ दिन: आज मटकोर मनाइँदै
०८ मंसिर २०८२
•
२ मिनेट पाठ
रामजानकी विवाह महोत्सव पाँचौँ दिन: आज मटकोर मनाइँदै
बिहीबारदेखि  जनकपुरधाममा सुरु भएको सप्ताहव्यापी रामजानकी विवाह महोत्सव अन्तर्गत पाँचौँ दिन आज मटकोर कार्यक्रम मनाइँदै छ।




जनकपुरधामको गंगासागर पोखरीमा रामजानकी विवाहको पूर्वसन्ध्यामा मटकोर गराइने छ। जानकी मन्दिरबाट बालबालिकालाई सीतारामको पहिरन तथा साजसज्जा गराई बाजागाजासहित गंगासागर पोखरीमा पुगेर मटकोर विधि गराइने छ।

जानकी मन्दिरबाट निस्किने जानकीको डोलासहित श्रद्धालुहरूले गंगासागरबाट माटो खनेर लग्ने गर्छन् र सोही माटोबाट विवाहको वेदी निर्माण गरिन्छ। जुन वेदीमा मंगलबार राति राम सीताको विवाह हुने छ।

मिथिलामा विवाह पूर्व बेहुला र बेहुलीलाई मटकोर गर्ने चलन रहेको छ। सोही चलन अनुसार जानकी मन्दिरका छोटे महन्त रोशन दासको नेतृत्वमा हजारौँको संख्यामा श्रद्धालुहरू गंगासागरमा पुगी सीतारामको मटकोर मनाइने गरिन्छ।

मटकोरको प्रसादमा भिजाएको चना, चामल र खाने तेल वितरण गरिएको थियो। शुद्धीकरणका लागि मटकोर गर्ने परम्परा रहेको छ।

मैथिली परम्परा अनुसार हुने विवाहको सबै विधि राम सीता विवाह अर्थात विवाह पञ्चमीमा हुने गरेको छ। विवाह महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन कार्यक्रम, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञको कार्यक्रम सम्पन्न भइसकेको छ।

त्यस्तै रामजानकी विवाह महोत्सव अन्तर्गत चौथो दिन राम मन्दिरको प्राङ्गणमा तिलकोत्सव मनाइएको हो।तिलकोत्सवको अवसरमा जानकी मन्दिरबाट कोसेली भारु लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णव राम मन्दिर पुगेका थिए। प्राचीन मिथिलाका राजा जनकको भूमिकामा राम मन्दिर पुगेका जानकी मन्दिरका उत्तराधिकारी राम रोशन दास र भारत आयोध्यका राजा दशरथको भूमिकामा राम मन्दिरका महन्तबिच सम्धी मिलन गराइएको थियो।

विवाह महोत्सवको छैटौँ दिन भोलि (मंगलबार) जानकी मन्दिरबाट सीताकी डोला बाह्रबिघा मैदानमा पुर्‍याएर त्यहाँ सीतारामको विवाह कार्यक्रम सम्पन्न भएपछि मंसिर १० गते रामकलेवा गरी जन्ती एवं साधु सन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव सम्पन्न हुने छ।

जनकपुरमा मनाइने सप्ताहव्यापी रामजानकी विवाह महोत्सवमा नेपाल र भारतको विभिन्न स्थानबाट लाखौँको संख्यामा श्रद्धालुहरू सहभागी हुँदै आएका छन्। श्रद्धालुहरूलाई बस्नका बाह्र बिघा मैदानमा पण्डाल बनाइएको छ।अहिले श्रद्धालुहरूले जनकपुर भरिभराउ बनेको छ।
अर्को समाचार
रामजानकी विवाह महोत्सव पाँचौँ दिन: आज मटकोर मनाइँदै
३० मंसिर २०८०
•
२ मिनेट पाठ
रामजानकी विवाह महोत्सव पाँचौँ दिन: आज मटकोर मनाइँदै
मंगलबारदेखि जनकपुरधाममा सुरु भएको सप्ताहव्यापी रामजानकी विवाह महोत्सव अन्तर्गत पाँचौ दिन आज मटकोर कार्यक्रम मनाइँदै छ।




जनकपुरधामको गंगासागर पोखरीमा रामजानकी विवाहको पूर्व सन्ध्यामा मटकोर गराइनेछ।जानकी मन्दिरबाट बालबालिकालाई सीतारामको पहिरन तथा साजसज्जा गराई बाजागाजासहित गंगासागर पोखरीमा पुगेर मटकोर विधि गराइनेछ।

जानकी मन्दिरबाट निस्किने जानकीको डोलासहित श्रद्धालुहरूले गंगासागरबाट माटो खनेर लग्ने गर्छन् र सोही माटोबाट विवाहको वेदी निर्माण गरिन्छ।जुन वेदीमा आइतबार राति राम सीताको विवाह हुनेछ।

मिथिलामा विवाह पूर्व बेहुला र बेहुलीलाई मटकोर गर्ने चलन रहेको छ। सोही चलन अनुसार जानकी मन्दिरका छोटा महन्त रोशन दासको नेतृत्वमा हजारौँको संख्यामा श्रद्धालुहरू गंगासागरमा पुगी सीतारामको मटकोर  मनाइने गरिन्छ।

मटकोरको प्रसादमा भिजाएको चना, चामल र खाने तेल वितरण गरिएको थियो। शुद्धीकरणका लागि मटकोर गर्ने परम्परा छ।

मैथिली परम्परा अनुसार हुने विवाहको सबै विधि राम सिता विवाह अर्थात विवाह पञ्चमीमा हुने गरेको छ। विवाह महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन कार्यक्रम, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञको कार्यक्रम सम्पन्न भइसकेको छ।

त्यस्तै रामजानकी विवाह महोत्सव अन्तर्गत  चौथो दिन राम मन्दिरको प्राङ्गणमा तिलकोत्सव मनाइएको हो।तिलकोत्सवको अवसरमा जानकी मन्दिरबाट कोसेली भारु लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णव राम मन्दिर पुगेका थिए । प्राचीन मिथिलाका राजा जनकको भूमिकामा राम मन्दिर पुगेका जानकी मन्दिरका उत्तराधिकारी राम रोशन दास र भारत आयोध्यका राजा दशरथको भूमिकामा राम मन्दिरका महन्तबिच सम्धी मिलन गराइएको थियो।

विवाह महोत्सवको छैटौँ दिन अर्थात् पुस १ मा सीतारामको विवाह कार्यक्रम सम्पन्न भएपछि पुस २ मा रामकलेवा गरी जन्ती एवं साधु सन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ।जनकपुरमा मनाइने सप्ताहव्यापी रामजानकी विवाह महोत्सवमा नेपाल र भारतको विभिन्न स्थानबाट लाखौँको संख्यामा श्रद्धालुहरू सहभागी हुँदै आएको छन। श्रद्धालुहरूलाई बस्नका बाह्र बिघा मैदानमा पण्डाल बनाइएको छ।अहिले श्रद्धालुहरूले जनकपुर भरिभराउ बनेको छ।
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस