कांग्रेस वरिष्ठ नेता पौडेलको गाउँमा पुनः मतदान हुँदै
०४ जेष्ठ २०७९
•
१ मिनेट पाठ
कांग्रेस वरिष्ठ नेता पौडेलको गाउँमा पुनः मतदान हुँदै
तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज पुनः मतदान भईरहेको छ। साविकको रिस्ती गाविसको भवन फेदीको मतदानस्थलको क र ख मतदान केन्द्रमा मतदान चलिरहेको छ। बैशाख ३० गते भएको निर्वाचनको दिन स्वतन्त्र मेयरका उम्मेदवर दीपकराज जोशी माथि कुटपिट भएपछि निर्वाचन आयोगले यहाँ फेरी मतदान गर्ने निर्णय गरेको थियो।




आज विहान ७ बजेदेखी कडा सुरक्षा घेरामा मतदान भईरहेको छ। हालसम्म ९ सय ९ मत खसेको छ। साँझ ५ बजेसम्म मतदान जारी रहनेछ। (क) मतदान केन्द्रमा ७५६ र (ख) मतदान केन्द्रमा ८२० गरेर कुल १५७६ मतदाता रहेका छन्। गत शुक्रबार भएको मतदानमा ९२२ मत खसेको  थियो। योपटक त्यो भन्दा बढी मत खस्ने अनुमान गरिएको छ।

रिस्ती नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पुख्र्यौली गाउँ हो। नेता पौडेलको मतदाता परिचयपत्र भने व्यास नगरपालिका–२ मा रहेको  छ। पौडेलले शुक्रबार व्यास–२ को सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका थिए।

निरिक्षणमा गएका बेला कांग्रेसका कार्यकर्ताको आक्रमणबाट टाउकोमा चोट लागेका मेयरका उम्मेदवार जोशीको जिल्ला अस्पताल दमौलीमा सामान्य उपचारपश्चात थप उपचारका लागि पोखरा लगिएको थियो। शनिबार पोखराबाट काठमाडौं लगिएका उनको फ्रन्टलाइन हस्पिटलमा उपचार भईरहेको छ।  यस्तै, व्यास नगरपालिकाको मतगणना आजबाट सुरु हुनेछ। पुनः मतदानको निर्णय भएपछि मतगणना सुरु भएको थिएन्।
अर्को समाचार
कांग्रेस बागमती सभापतिका लागि दोस्रो चरणको मतदान हुने
१९ मंसिर २०७८
•
१ मिनेट पाठ
कांग्रेस बागमती सभापतिका लागि दोस्रो चरणको मतदान हुने
काँग्रेस बागमती प्रदेशको शनिबार हेटौँडामा भएको मतदानमा सहभागी प्रतिनिधिहरु।
नेपाली काँग्रेसको बागमती प्रदेश सभापति पदका लागि पुनः मतदान हुने भएको छ। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नपाएपछि दोस्रो चरणको मतदानबाट नेतृत्वको टुंगो लाग्ने भएको हो।




सभापतिका उम्मेदवार मकवानपुरका इन्द्र बानियाँ, नुवाकोटका जगदीश्वर नरसिंह केसी र काठमाडौँका भीमसेनदास प्रधान कसैको पनि बहुमत नआएको हो।

निर्वाचन समितिका अनुसार शनिबार भएको मतदानमा बागमती प्रदेश सभापति पदका उमेदवार इन्द्र बानियाँले ९९२ र उनका प्रतिस्पर्धीहरू जगदीश्वरनरसिंह केसीले ८७२ र भीमसेनदास प्रधानले १९७ मत पाएका छन्। अब पहिलो र दोस्रो बढी मत ल्याउने उम्मेदवारबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ। प्रधानले अब दोस्रो चरणमा प्रतिस्पर्धा गर्न पाउँदैनन्।

शनिबार हेटौँडामा भएको मतदानमा कुल दुई हजार १५१ मध्ये दुई हजार ८३ मत खसेको थियो। शनिबारै रातिदेखि मतगणना सुरु गरिएको थियो। कांग्रेसको संघीय विधानानुसार शनिबार पहिलोपटक प्रदेश अधिवेशन भएको हो। अधिवेशनबाट पदाधिकारीतर्फ प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्री निर्वाचित हुने छन्।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस