काठमाडौं जिल्लाका ११ वटा स्थानिय तह मध्ये ५ वटा नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ। पाँच वटा नगरपालिका र १ महानगरपालिकाको मतगणना जारी छ।
नागरिकन्यूजलाई प्राप्त अन्तिम नतिजाअनुसार ५ वटा नगरपालिका मध्ये ३ वटा नगरपालिकामा कांग्रेसले प्रमुख पदमा जित हात पारेको छ। पाँच वटा नगरपालिकामा उपप्रमुख जितेको छ।
काठमाडौंको कीर्तिपुर, तारकेश्वर र दक्षिणकाली नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार निर्वाचित भएका छन भने टोखा नगरपालिकामा एमाले र शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख पदमा जित हात पारेको छ।
यस्तै मतगणना जारी रहेको कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर, चन्द्रागिरी र नार्गाजुन नगरपालिकाको मेयर पदमा कांग्रेसले अग्रता लिईरहेको छ।
बूढानीलकण्ठ नगरपालिकामा एमालेले अग्रता लिईरहेको छ भने काठमाडौं महानगरपालिकामा स्वतन्त्र बालेन्द्र शाहले अग्रता लिईरहेका छन्।
काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसले मेयर र उपमेयर दुवै पदमा जित हात पारेको छ। एमालेका उम्मेदवारहरुलाई पछि पार्दै मेयरमा कांग्रेसका राजकुमार नकर्मी र उपमेयरमा शुभलक्ष्मी शाक्य निर्वाचित भएका छन्। १० मध्ये ९ वटा वडामा नेपाली कांग्रेसले जित हात पारेको छ भने एउटा वडामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्ष निर्वाचित भएका छन्।
यस्तै टोखा नगरपालिकामा एमालेका प्रकाश अधिकारी प्रमुख पदमा निर्वाचित भएका छन् भने उपपप्रमुखमा कांग्रेसका मुरारी तामाङ निर्वाचित भए। नगरपालिकाको ११ वटा वडाहरुमध्ये ९ वटा वडामा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् भने २ वटा वडामा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन्।
तारकेश्वर नगरपालिकामा पनि कांग्रेसले प्रमुख–उपप्रमुख दुबै पदमा जित हात पार्न सफल भएको छ। नगरपालिकाको प्रमुखमा कृष्णहरी महर्जन र उपप्रमुखमा सृजना बुर्लाकोटी निर्वाचित भएकी छन्। नगरपालिकाको ११ वडामध्ये आठ वटा वडामा काँग्रेसको उम्मेदवारहरु विजयी भएका छन् भने बाँकी तीन वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
यता दक्षिणकाली नगरपालिकामा पनि कांग्रेसको प्यानलनै विजयी भएको छ। नगरपालिकाको प्रमुखमा मोहन बस्नेत र उपप्रमुखमा वसन्ती तामाङ विजयी भएकी छन्। ९ वटा वडा रहेको दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसले ६ र एमालेले ३ वडामा जितेको छ।
यस्तै शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापित प्रमुख पदमा निर्वाचित भएका छन् भने उपप्रमुखमा नेपाली कांग्रेसकी समिता श्रेष्ठ निर्वाचित भएकी छन्। नगरपालिकाको ४ वटा वडामा कांग्रेस, तीन वटा वडामा राप्रपाका उम्मेदवारहरु निर्वाचित भएका छन् भने एमाले र माओवादीले एक–एक वडामा जीत हासिल गरेका छन्।