नेकपा माओवादी केन्द्रले आफ्नो आधार इलाका मान्दै आएको पुर्चौडी नगरपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ। मेयरमा कांग्रेसका दिपकबहादुर बमले ५ हजार ८ सय ८० मत ल्याएर विजयी भए भने निकटम् प्रतिद्वन्द्वी एमालेका कर्णबहादुर कुवँरले ३ हजार ९ सय ६५मत ल्याए।
गएको स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयर दुवै पदमा जितेको माओवादी केन्द्रले अहिले दुवै पद गुमाएर तेस्रो नम्बरमा सीमित भएको छ । यस्तै उपमेयरमा पनि कांग्रेसकै मीना धानुक ५ हजार २ सय मत ल्याएर विजयी भइन । निकटम् प्रतिद्वन्द्वी एमालेकी जानकी साउँदले ४ हजार ६ सय १२ मत पाइन्।
द्वन्द्वकालदेखि नै माओवादीको प्रभाव रहेको पुर्चौडीमा कांग्रेसले विजय हासिल गरेको हो। यो पालिकामा माओवादीले आफ्नो संगठन बलियो रहेको बताए पनि निर्वाचनमा हार व्यहोरेको छ।