सिद्धार्थनगरको मेयरमा काँग्रेसका खाँन र उपमेयरमा एमालेकी अधिकारी निर्वाचित
०५ जेष्ठ २०७९
•
१ मिनेट पाठ
सिद्धार्थनगरको मेयरमा काँग्रेसका खाँन र उपमेयरमा एमालेकी अधिकारी निर्वाचित
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सिद्धार्थनगरको नगर प्रमुखमा नेपाली काँग्रेसका इन्तियाक अहमद खान निर्वाचित भएका छन्।




खानले ९ हजार १३४ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातान्त्रिक पार्टीका मेयरका उम्मेदवार सागरप्रताप राणाले ८ हजार १३७ मत ल्याएका छन्। यो नगरमा नेकपा एमाले तेस्रो भएको छ। एमालेका मेयरका उम्मेदवार डा. रामप्रसाद बस्यालले ७ हजार ३०५ मत पाए।

उपमेयरमा भने नेकपा एमालेकी उमा अधिकारी निर्वाचित भइन्। अधिकारीले ८ हजार ८१३ मत ल्याई उपमेयरमा विजयी भएकी हुन्। निकटम प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार विनिता गुप्ताले ६ हजार ५४४ मत ल्याइन्। गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार माओवादी केन्द्रकी कमला थापाले जम्मा ४ हजार ५४२ मत पाइन्। १३ वटा वडा रहेको सिद्धार्थनगरमा ५ वटा वडा नेपाली काँग्रेसले,४ वटा वडा एमालेले, ३ वटा वडामा राप्रपाले र एउटा वडामा जसपा विजयी भएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए।

सिद्धार्थनगर १ को अध्यक्षमा जसपाका उज्ज्वल पोखरेल विजयी भएका छन्। राप्रकाबाट वडा नं. २ को अध्यक्षमा छेदिलाल श्रीवास्तव,३ को अध्यक्षमा नारायण शर्मा उपाध्याय र ४ को अध्यक्षमा मुक्तिनाथ यादव विजयी भएका छन्। नेपाली काँग्रेसबाट  ५ को अध्यक्षमा पुरनप्रसाद श्रेष्ठ,६ को अध्यक्षमा वीरेन्द्र श्रीवास्तव,७ को अध्यक्षमा दामोदर शर्मा घिमिरे,८ को अध्यक्षमा राजनजंग राणा र १३ को अध्यक्षमा सोमबहादुर गुरुङ विजयी भएका छन्।

एमालेबाट वडा नं.९को अध्यक्षमा शेषकान्त भण्डारी,१० को अध्यक्षमा सुर्जमन अहिर यादव,११ को अध्यक्षमा दिलिपकुमार यादव र १२ को अध्यक्षमा कुमार गुरुङ निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
अर्को समाचार
सिद्धार्थनगरको मेयरमा कांग्रेसका खान र उपमेयरमा एमालेकी अधिकारी निर्वाचित
०५ जेष्ठ २०७९
•
१ मिनेट पाठ
सिद्धार्थनगरको मेयरमा कांग्रेसका खान र उपमेयरमा एमालेकी अधिकारी निर्वाचित
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सिद्धार्थनगरको नगर प्रमुखमा नेपाली काँग्रेसका इन्तियाक अहमद खान निर्वाचित भएका छन्। खानले ९ हजार १३४ मत ल्याइ विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातान्त्रिक पार्टीका मेयरका उम्मेदवार सागरप्रताप राणाले ८ हजार १३७ मत ल्याएका छन्। यो नगरमा नेकपा एमाले तेश्रो भएको छ। एमालेका मेयरका उम्मेदवार डा.रामप्रसाद बस्यालले ७ हजार ३०५ मत पाए।




उपमेयरमा भने नेकपा एमालेकी उमा अधिकारी निर्वाचित भइन्। अधिकारीले ८ हजार ८१३ मत ल्याइ उपमेयरमा विजयी भएकी हुन्। निकटम प्रतिस्पर्धी राप्रपाकी उम्मेदवार विनिता गुप्ताले ६ हजार ५४४ मत ल्याइन्। गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार माओवादी केन्द्रकी कमला थापाले जम्मा ४ हजार ५४२ मत पाइन्। १३ वटा वडा रहेको सिद्धार्थनगरमा ५ वटा वडा नेपाली काँग्रेसले,४ वटा वडा एमालेले , ३ वटा वडामा राप्रपाले र एउटा वडामा जसपा विजयी भएको मुख्य निर्वाचन अधिकृत धनसिंह महराले जानकारी दिए।

सिद्धार्थनगर १ को अध्यक्षमा जसपाका उज्जवल पोखरेल विजयी भएका छन्। राप्रकाबाट वडा नं.२ को अध्यक्षमा छेदीलाल श्रीवास्तव,३ को अध्यक्षमा नारायण शर्मा उपाध्याय र ४ को अध्यक्षमा मुक्तिनाथ यादव विजयी भएका छन्। 

नेपाली काँग्रेसबाट ५ को अध्यक्षमा पुरनप्रसाद श्रेष्ठ,६ को अध्यक्षमा वीरेन्द्र श्रीवास्तव,७ को अध्यक्षमा दामोदर शर्मा घिमिरे,८ को अध्यक्षमा राजनजंग राणा र १३ को अध्यक्षमा सोमबहादुर गुरुङ विजयी भएका छन्। एमालेबाट वडा नं.९को अध्यक्षमा शेषकान्त भण्डारी,१० को अध्यक्षमा सुर्जमन अहिर यादव,११ को अध्यक्षमा दिलिपकुमार यादव र १२ को अध्यक्षमा कुमार गुरुङ निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
Clock २ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस