अब एमाले रणनीति ‘दुधभात’
०६ जेष्ठ २०७९
•
५ मिनेट पाठ
अब एमाले रणनीति ‘दुधभात’
स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलको तालमेलबाट अप्ठेरोमा परेको प्रमुख प्रतिपक्षी एमालेले संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आफ्नो पक्षमा पार्न पार्टी रणनीति बदल्ने भएको छ। 




अहिले स्थानीय निर्वाचनमा सत्ता गठबन्धन दलबीच भएको तालमेलबाट सबैभन्दा बढी नेपाली कांग्रेस र माओवादी केन्द्रलाई फाइदा पुगेको छ। यसैकारण स्थानीय तहमा अप्ठेरोमा परेको एमाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आफ्नो पक्षमा पार्न बेलैदेखि रणनीति बदल्ने तयारीमा लागेको हो।

स्थानीय तह निर्वाचन हुनुभन्दा पाँच दिनअघि वैशााख २५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रलाई लक्षित गर्दै भनेका थिए, ‘जसले दुधभात बढी दिन्छ उसैतिर हुन्छ ऊ, अर्कोपटक हामीले दुधभात दिन्छौं ।’ चुनावी दौडधुपमा रहेका ओलीले वर्तमान सत्ता गठबन्धन भत्कन सक्ने र त्यसका लागि दुधभातको आवश्यकता रहेको संकेत गरेका थिए।

२०७४ सालमा भएको संघीय प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। त्यसबेला एमालेले माओवादीलाई बढी सिट दिएको थियो। बढी सिट पाएपछि माओवादी केन्द्र तत्कालीन सत्ता साझेदार कांग्रेसलाई छाडेर एमालेसँग गठबन्धन गर्न आएको थियो। ओलीको ‘दुधभात’ त्यसैतर्फ लक्षित थियो। आगामी निर्वाचन आफ्नो पक्षमा पार्न एमाले ‘दुधभात’ को रणनीतिअनुसार वर्तमान सत्ता गठबन्धन भत्काउन चाहन्छ, अन्य दलका नेता–कार्यकर्ता पार्टीमा ल्याउन चाहन्छ, वाम गठबन्धन बनाउन चाहन्छ।

कांग्रेसलाई थोरै मत संख्या मात्रै भए पुग्ने अवस्थामा माओवादीको समेत मत थपिँदा उसले सहजै जित हात पार्न सक्थ्यो। ओलीले यही विषयलाई आकलन गरेर स्थानीय तह निर्वाचनमा एमालेको हार स्वीकार गरेको अवस्था थियो। तर त्यतिबेला यो विषयलाई सामान्य ठानिएको थियो। यो भनाइलाई त्यतिबेला धेरैले बेवास्ता गरेको भए पनि मतपरिणाम सार्वजनिक हुँदै गर्दा ओलीले त्यतिबेलै हार स्वीकार गरिसकेको अवस्थालाई आकलन गर्न सकिन्छ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले २९४ स्थानमा विजय हासिल गरेको थियो। उसले दुई महानगरपालिका र सात उपमहानगरपालिकासहित १ सय २३ नगरपालिकाको प्रमुख जितेको थियो। त्यस्तै १७१ गाउँपालिकाको अध्यक्ष जितेको थियो। तर अहिले भने एमालेले त्यो बिरासत जोगाउन नसक्ने प्रस्ट भएको छ।

अहिले पुरै परिणाम आइसकेको छैन। अघिल्लो पटक कांग्रेसले दुई महानगरपालिका, दुई उपमहानगरपालिकासहित १ सय ५ नगरपालिकाको प्रमुख जितेको थियो। त्यस्तै कांग्रेसले १ सय ६१ गाउँपालिकाको अध्यक्ष जितेको थियो। त्यतिबेला कांग्रेस ७५३ स्थानीय तहमध्ये २ सय ७४ तहको प्रमुख जितेर दोस्रो भएको थियो।

यसपटक कांग्रेस माओवादी केन्द्र र एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) लाई समेत साथमा लिएर स्थानीय निर्वाचनमा होमियो। यसो गर्दा कांग्रेसलाई आफ्नो पक्षमा जित निकाल्न सहज भयो। अहिले कांग्रेसले स्थानीय तहमा जित निकाल्दै गर्दा एमालेले भने आगामी निर्वाचनमा रणनीति बदल्ने तयारी गरिरहेको हो।

एमाले नेताका अनुसार सबैभन्दा पहिला एमालेबाट अलग भएर माधव नेपालसँग गएका नेता–कार्यकर्तालाई पार्टीमा फर्काउने र उनीहरूलाई उचित जिम्मेवारी दिने रणनीति पार्टीले लिनेछ। त्यसैगरी माओवादी र साना वाम पार्टीहरूबाट एकल रूपमा नेता–कार्यकर्तालाई एमालेमा ल्याएर जिम्मेवारी दिइनेछ।

यो क्रम स्थानीय तहको निर्वाचनमा पनि चलेको थियो। अब पनि यसलाई व्यापक रूपमा निरन्तरता दिने तयारीमा एमाले छ। आगामी निर्वाचन जित्न एमालेले माओवादीसहितको वाम गठबन्धनको प्रस्ताव गर्नेछ। ‘स्थानीय तह निर्वाचन परिणाम पूरै नआउँदै एमाले आगामी निर्वाचनमा आफ्नो रणनीति बदल्ने तहमा पुगेको छ।

स्थानीय तह निर्वाचन परिणाम समीक्षा गर्दै रणनीति बदल्नुपर्ने देखिन्छ’, एमालेका एक नेताले भने। एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीभित्र अहिले नै निर्वाचनको समीक्षा भइनसकेको बताए। ‘अब हुने चुनावका लागि रणनीति बदल्न सकिन्छ तर यो विषयमा पार्टीमा छलफल भएको छैन। एमालेबाट अलग भएर गएका धेरै साथीले पार्टी विभाजन गर्नुहँुदैनथ्यो भन्ने महसुस गरिसक्नुभएको छ। उहाँहरू चाँडै नै मूल पार्टीमा आउनुहुनेछ,’ उपाध्यक्ष पौडेलले भने। वाम पार्टीबाट एमालेमा प्रवेश गराएर उचित जिम्मेवारी दिने योजना रहेको पौडेलले बताए।

एमालेका एक शीर्ष नेताका अनुसार स्थानीय तहको निर्वाचनमा पार्टीको जनमत नघटेको तर सिट संख्या मात्रै घटेको छ। यस्तो अवस्थामा आगामी निर्वाचनलाई ध्यानमा राखेर पार्टी एकताभन्दा पनि अन्य दलका नेता–कार्यकर्तालाई एमालेमा ल्याउने पार्टीको पहिलो कोसिस हुनेछ। ‘अहिले सत्तारूढ दलबीच महागठबन्धन भयो। हाम्रो सिट संख्या घटेको हो, जनमत घटेको छैन। निर्वाचनमा एमालेविरुद्ध राज्यशक्तिको दुरूपयोग पनि भयो’, ती नेताले भने। ती नेताका अनुसार माओवादीले कांग्रेसको बुई चढेर सिट संख्या बढाए पनि जनमत उसको पक्षमा छैन। ‘माओवादी आफ्नै बुताले निर्वाचनमा गएको होइन, कांग्रेसले साथ दिएको छ, एमालेबाटै विभाजन भएर बनेको पार्टीले पनि साथ दिएको छ। यसो हेर्दा उनीहरूले एमालेविरुद्ध मोर्चाबन्दी गरेका छन्। त्यसकारण पनि एमालेको सिट संख्या घटेको हो, जनमत घटेको होइन,’ ती नेताले भने।

एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाल अहिले आत्मसमीक्षा गर्ने बेला भएको बताउँछन्। वाम पार्टीहरू विभाजित भएपछि यसको फाइदा गैरवामपन्थीहरूले उठाउनु स्वाभाविक भएको उनको विश्लेषण छ। ‘एउटै सिद्धान्त र विचार बोकेका पार्टीहरू विभाजित भएपछि मत विभाजन भयो। मत विभाजन नभएको भए अहिले करिब ६ सय स्थानीय तह जित्न सकिन्थ्यो। यो अवस्था किन कहाँबाट आयो भनेर सबैले सीमक्षा गर्नुपर्छ’, भुसालले भने। अहिले यो अवस्था आउनुमा कुन नीति र कुन जिम्मेवारीमा बसेका व्यक्ति कारक हुन् भन्ने विषयमा समीक्षा गरेर अघि बढ्नुपर्ने उनी बताउँछन्। उनले निर्वाचन प्रचारप्रसार क्रममा दलका नेताहरूले मतदातालाई आकर्षित गर्ने र विपक्षीलाई कमजोर बनाउने अभिव्यक्ति दिनु स्वाभाविक भएकाले अध्यक्ष ओलीले दिएका अभिव्यक्तिलाई अनौठो रूपमा लिन नहुनेसमेत बताए ।
अर्को समाचार
थ्रेसहोल्ड नकटाउने ५१ दल
२८ फागुन २०८२
•
२ मिनेट पाठ
थ्रेसहोल्ड नकटाउने ५१ दल
यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ दलले भाग लिएकोमा मधेसकेन्द्रित दलसहित ५१ दलले न्यूनतम मत सीमा (थ्रेसहोल्ड) प्राप्त गर्न सकेनन्। समानुपातिकअन्तर्गत कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गर्ने दलले सिट पाउने व्यवस्था छ। थ्रेसहोल्ड नकटाएका कारण ५१ दलले समानुपातिकतर्फ सिट नपाउने भएका हुन्।




समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ मत सदर भएको छ। सदर मतमा रास्वपाले ५१ लाख ८१ हजार ३३०, नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १४ लाख ५५ हजार ६६९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आठ लाख ११ हजार ३९३, श्रम संस्कृति पार्टीले तीन लाख ८५ हजार ८५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ३० हजार ६४९ मत पाएका छन्। यी ६ दलले मात्र थ्रेसहोल्ड पार गरेका हुन्।

थ्रेसहोल्ड नकटाउने दलमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल छ। जसपा नेपालले एक लाख ८१ हजार ८५० मत पाएको छ। राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७२ हजार ४९०, सिके राउत नेतृत्वको जनमत पार्टीले ७९ हजार ४०३, राजेन्द्र महत्तो, रेशम चौधरीलगायतको एकल चिह्न चकिया (जाँतो) राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल) ६२ हजार ०६९ मत पाएको निर्वाचन आयोगले प्रकाशित गरेको विवरणमा उल्लेख छ।

यसैगरी नेपाल मजदुर किसान पार्टीले ४२ हजार २९४, राष्ट्र निर्माण दल नेपालले ३९ हजार ५५७, राष्ट्रिय जनमोर्चाले २९ हजार ४५३, एकल चिह्न बस (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपा जनजागृति पार्टी) ले २९ हजार ३९६, नेपाल जनता संरक्षण पार्टीले २८ हजार ४०८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६७३, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २३ हजार ८५८, मंगोल नेसनल अर्गनाइजेसनले २० हजार ८२९, एकल चिह्न मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी नेपाल) ले १९ हजार २०९ मत पाएका छन्। अन्य दललले पनि थ्रेसहोल्ड कटाएका छैनन्।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस