धनगढी उपमहानगरपालिकाः उपमेयरमा गठबन्धनका उम्मेदवारलाई उछिनेर रानाकाे अग्रता
०७ जेष्ठ २०७९
•
१ मिनेट पाठ
धनगढी उपमहानगरपालिकाः उपमेयरमा गठबन्धनका उम्मेदवारलाई उछिनेर  रानाकाे अग्रता
सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको उपमेयरमा मतगणनाको सुरुदेखि अग्रता लिइरहेकी गठबन्धनका तर्फवाट माओवादी केन्द्रका उम्मेदवार शान्तिअधिकारीलाई उछिनेर एमालेका उम्मेदवार कन्दकला रानाले अग्रता लिएकी छन्।




५१ हजार ६५ मत गणना हुदाँ एमालेका रानाले १० हजार ८ सय ८० मत प्राप्त गरेकी छन्। भने माओवादी केन्द्रका अधिकारीले १० हजार ७ सय २ मत प्राप्त गरेकी छन्। रानाले अधिकारीलाई १ सय ७८ मत अन्तरले अग्रता लिएकी छन्। अधिकारीले  मतगणनाको शुरु देखि नै अग्रता लिएकी थिइन्। भने राना मतगणनाको शुरुमा तेश्रोमा थिइन्।

स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीलाई उछिनेर रानाले अधिकारीलाई पछ्याईरहेकोमा करिव ५१ हजार मतगणना हुदाँ अग्रता लिएकि हुन्। उपमेयरमा राना र अधिकारी बिचको प्रतिस्पर्धा रोचक बनेको छ ।  स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजा मत पाएका छन्।

धनगढी उपमहानगरपालिकाको वडा नं १, वडा नं २, वडा नं ३, वडा नं ४, वडा नं ५, वडा नं ६, वडा नं ७, १५, वडा नं १६ र वडा नं १७, वडा नं १८ र वडा नं १९ को मतगणना सकिएको छ। वडा नं ८,  वडा नं ९, वडा वडा नं १२, वडा नं  १३ र वडा नं १४ को मतगणना भैरहेको छ। भने वडा नं १०, वडा नं ११ का मत पेटिका खोल्न वाँकी छ। ६३ हजार ७ सय १५ जनाले मतदान गरेका थिए।
अर्को समाचार
धनगढी उपमहानगरले पठायो १९० ज्येष्ठ सदस्यलाई मुक्तिनाथ तीर्थयात्रा
०७ असोज २०८०
•
२ मिनेट पाठ
धनगढी उपमहानगरले पठायो १९० ज्येष्ठ सदस्यलाई मुक्तिनाथ तीर्थयात्रा
धनगढी उपमहानगरपालिकाले १ सय ९० ज्येष्ठ नागरिकलाई मुक्तिनाथ तीर्थयात्रामा पठाएको छ।




आज आइतबार मेयर गोपाल हमाल लगायतका जनप्रतिनिधिले टीका र खादा लगाएर ज्येष्ठ नागरिकलाई कार्यालय परिसरबाट बिदाइ गरेका थिए। एक साताको यात्रा गरेर उनीहरु फर्कने छन्।

उपमहानगरले पाँच वटा एसी बसमा ज्येष्ठ नागरिकलाई तीर्थ यात्रामा पठाएको हो। उपमहानगरले ज्येष्ठ नागरिकको साथमा प्रत्येक बसमा एक/एक जना स्वास्थ्यकर्मी समेत पठाएको छ। तीर्थयात्रामा गएका नागरिकलाई मुक्तिनाथ सहित कागबेनी, पोखरा, देवघाट र नवलपरासीको कैवल्यधामको भ्रमण गराइने नगर प्रमुख हमालले बताए। तीर्थयात्री सबैलेलाई खादा, टीका र टेक्ने लौरोसमेत प्रदान गरिएको छ।

परिवारको जीविकोपार्जनका लागी पुरा जीवन बिताएका अधिकांश ज्येष्ठ नागरिक आर्थिक अभाव र पारिवारिक समस्याले तीर्थयात्रा जाने चाहाना भएर पनि जान सकेका हुँदैनन्। तीर्थयात्रा गर्ने रहर धनगढी उपमहानगरपालिकाले पुरा गरिदिएपछि ज्येष्ठ सदस्यहरु खुशी भएका छन्।

तीर्थस्थल र धार्मिक स्थलको यात्राले पुण्य कमाइन्छ भन्ने धार्मिक मान्यता रहेकाले उमेरको उत्तरार्धमा रहेका प्राय सबैको चाहना धार्मिक तीर्थस्थल जाने चाहाना हुने गर्छ। आर्थिक अभाव लगायत पारिवारिका समस्याले कयौँको तीर्थस्थल जाने चाहाना पुरा नभई जीवन बितेर जाने गर्छ।

आर्थिक अभाव लगायतका समस्याले जान नसकेका ज्येष्ठ नगारिकहरुले मुक्तिनाथको यात्रामा जान पाउँदा खुशी लागेको बताएका छन्। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले वार्षिक नीति तथा कार्यक्रम अनुसार ज्येष्ठ नागरिकलाई मुक्तिनाथको यात्रामा पठाइएको बताए। ज्येष्ठ नागरिकलाई माया र सम्मान गर्नुपर्छ भनेर धार्मिक यात्रा गराइएको उनले बताए।

‘स्थानीय सरकारले ज्येष्ठ नागरिकलाई गर्नुपर्ने माया र सम्मानका लागी यो भ्रमण गरेका हौं’ उनले भने। तीर्थयात्रा गराउँदा ज्येष्ठ नागरिकलाई सम्मानका साथै धार्मिक पर्यटनको विकास पनि हुने उनले बताए।
ज्येष्ठ नागरिकलाई प्रत्येक वर्ष भ्रमण गराउने उनले बताए। बाटोमा खाना, पानी लगायतको सबै व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिकलाई हुनेखानेले घरमै पनि उचित माया र सम्मान दिन नसकेको वेला स्थानीय सरकारले ज्येष्ठ नागरिकलाई सम्मान गरेर तीर्थयात्रा गराउने परम्परा बसेकालेको हो। यसअघि गत कात्तिकमा पनि धनगढी उपमहानगरपालिकाले १ सय ३० ज्येष्ठ सदस्यलाई तीर्थयात्रा पठाएको थियो।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
यो पनि पढौँ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस