भक्तपुर १ : ‘ह्याट्रिक’ को दाउमा नेमकिपाका सुवाल
२२ माघ २०८२
•
५ मिनेट पाठ
भक्तपुर १ : ‘ह्याट्रिक’ को दाउमा नेमकिपाका सुवाल
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–१ मा पनि चहलपहल बढेको छ।




यस क्षेत्रमा २५ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये साना-ठुला तथा नयाँ-पुराना दलका १६ जना र स्वतन्त्र नौ जना छन्।

यस क्षेत्रमा भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाका गरी १९ वटा वडा छन्। यहाँ ५२ हजार ६६ पुरुष र ५४ हजार नौ सय ८८ महिला गरी कुल एक लाख सात हजार ४४ मतदाता छन्।

यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता प्रेम सुवाल चर्चित उम्मेदवार हुन्। ६५ वर्षीय नेता सुवाल यसअघि यही क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन्।

उनी यसपटक ह्याट्रिक गर्ने दाउमा छन्। २०७४ र २०७९ सालमा उनी भारी मतले निर्वाचित भएक थिए। त्यसो त यो क्षेत्र नेमकिपाको गढ पनि हो।

यो क्षेत्रमा २०४८ सालयताका कुनै पनि निर्वाचनमा नेमकिपाले पराजय बेहोर्नुपरेको छैन। २०४८, २०५१, २०५६, २०६४ र २०७० सालका निर्वाचनमा नेमकिपाका अध्यक्ष नारायणमान सबजुक्छेले जितेको थिए।

२०७९ सालमा सुवालले ४२ हजार ७६१ मत ल्याएर विजय हासिल गरेका थिए। उनलाई पछ्याएका नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत ल्याएका थिए।

उनीहरूबिचको मतान्तर ३० हजार ७९३ थियो। तेस्रो स्थानमा परेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भरतबहादुर खड्का नौ हजार ३०३ मत ल्याई तेस्रो स्थानमा रहँदा तत्कालीन नेकपा माओवादी केन्द्रका सुनिल गोठेले पाँच हजार २८३ मत पाएका थिए।

२०७४ सालमा पनि सुवाल ३३ हजार ७६ मत ल्याएर विजयी भएका थिए। त्यतिबेला उनलाई नेपाली कांग्रेसका बाबुराजा जोशीले पछ्याएका थिए। जोशीले १७ हजार ८१८ मत पाएका थिए।

त्यतिबेला सुवाल र जोशीबिच १५ हजार २५८ मतको अन्तर थियो। त्यतिबेला तत्कालीन नेकपा माओवादी केन्द्रका मिलन सुवाल १५ हजार ३७४ र तत्कालीन विवेकशील साझा पार्टीका दिपेश न्यौपाने दुई हजार ३३० मत ल्याई क्रमशः दोस्रो र तेस्रो स्थानमा सीमित भएका थिए।

यीबाहेक अन्य उम्मेदवारले झिनो मत ल्याएका थिए। यसअघिको निर्वाचन २०७९ मा कुल खसेको मतमा झन्डै आधा मत ल्याउन सफल सुवाल त्यसअघि २०७४ को निर्वाचनमा भन्दा धेरै मत र मतान्तरले विजयी भएका थिए।

यसपटक पनि उनले जित निकालेरै छाड्ने दाबी त्यहाँका केही मतदाता गर्छन्। तर यसपटक अरू दलका पनि चर्चित उम्मेदवार रहेकाले यसअघिकै जसरी सहज रूपमा जित्न भने सुवाललाई चुनौती रहेको यहाँका केही स्थानीय बताउँछन्।

नयाँ शक्तिको लहर चलिरहेकाले नयाँले नै इतिहास रच्ने दाबी पनि गरिएको छ।

यसअघिका दुई निर्वाचनमा दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने उम्मेदवार पनि नदोहोरिएको र पार्टी पनि एउटै नरहेको स्थिति देखिन्छ।

भक्तपुर–१ मा सुवाललाई चुनौती दिने भनिएका उम्मेदवारहरूमा एक हुन् नेकपा एमालेका नेता सोम मिश्र। ६२ वर्षीय मिश्र चाँगुनारायण नगरपालिकाका पूर्वमेयर हुन्। बौद्धिक छवि बनाएका उनी भक्तपुरमा लोकप्रिय छन्।

उनी २०४५ सालयता भक्तपुर चाँगुनारयणका स्थायी बासिन्दा हुन्। यसै क्षेत्रमा नेपाली कांग्रेसबाट किरण न्यौपाने पनि उम्मेदवार छन्।

५१ वर्षीय न्यौपाने भक्तपुर चाँगुनारायण नगरपालिकाका बासिन्दा हुन्। भक्तपुर–१ मा नेपाली कम्युनिस्ट पाटी (नेकपा) का तर्फबाट ५२ वर्षीय हरिराम लवजू प्रतिस्पर्धामा उत्रिएका छन्।

उनी भक्तपुर नगरपालिका–९ का बासिन्दा हुन्। न्यौपाने र लवजू दुवै अधिवक्ता हुन्। उल्लिखत सबै उम्मेदवार यस क्षेत्रका लागि नयाँ हुन्।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) बाट ६३ वर्षीय भरतबहादुर खड्का प्रतिस्पर्धामा उत्रिएका हुन्। उनले २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट तेस्रो स्थान हासिल गरेका थिए। 

राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का ४६ वर्षीय रुकेश रञ्जित चुनावी मैदानमा उत्रिएका छन्। अहिले ‘देशव्यापी लहर बनाएको’ भनिएको रास्वपाको यस क्षेत्रमा यसअघि खासै चर्चा थिएन।

यसपटक रास्वपालाई जित दिलाउने भन्दै चुनावी मैदानमा उत्रिएका रञ्जित स्थानीय व्यवसायी तथा जिल्ला वाणिज्य संघका पदाधिकारी पनि हुन्। उनी यस क्षेत्रका लागि नयाँ हुन्।

भक्तपुर–१ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी), राष्ट्रिय जनमोर्चा, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल, जनता समाजवादी पार्टी, मितेरी पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), ले पनि आफ्ना उम्मेदवार उठाएका छन्।

तीबाहेक नौवटा स्वतन्त्रका तर्फबाट पनि उम्मेदवारी परेको छ। लामो समयदेखि नेमकिपाले विजय हासिल गर्दै आएको क्षेत्र भएकाले यो निर्वाचनमा पनि भक्तपुर–१ मा फेरि पनि सोही पार्टीले नै अग्रणी मत ल्याउने सम्भावना रहेको स्थानीयको आकलन छ।

तर, यस पटक नयाँ दल तथा स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिका कारण मत विभाजन हुने सम्भावना बढेको छ। मत विभाजन भए पनि नेमकिपालाई चुनौती दिन अरूले नसक्ने दाबी गरिएको छ।

सानो दल भए पनि संसद्‌मा सधैं जनताको पक्षमा उभिएकाले यो पटक पनि नेमकिपाकै जित हुने स्थानीय बालकृष्ण बनमाला बताउँछन्।

आफ्नै पाटीको विजय हासिल हुने कुरामा नेमकिपा जिल्ला समिति सदस्य मीनबहादुर बाला ढुक्क छन्। उनी भन्छन्, ‘हिजो सत्तामा गएका अन्य दलहरूको मत काटिएला तर हामीलाई खासै असर गर्दैन।’

सत्तामा गएकाहरूले शासन सञ्चालन गर्न नसकेकाले अहिलेको परिस्थिति बनेको उनको दाबी छ। ‘हामीले जनताको शिक्षा र स्वास्थ्यमा काम गर्नुपर्छ भनेका थियौं, सत्तामा पुगेका दलहरूले त्यसो गरेनन्,’ उनले भने।

सानो दल भएर पनि संसद्‌मा सधैं देश र जनताको पक्षमा बलियो भएर उभिएको हुनाले यस पटक पनि नेमकिपाको जित सुनिश्चित रहेको बनमाला बताउँछन्।

स्वास्थ्य र शिक्षाको क्षेत्रमा उल्लेखनीय काम गरे पनि जनतामा रहेको चरम आर्थिक समस्या सम्बोधन गर्ने सिधा कार्यक्रम नभएकाले मत बाँडिने सम्भवान बढेको अर्का स्थानीय देव पलिखे बताउँछन्।

‘जित पुरानैको भए पनि यसपालि नयाँलाई पनि भोेट बाँडिने देखिन्छ,’ उनले भने। बेरोजगारी युवाको संख्या भक्तपुरमा उल्लेखनीय संख्यामा रहेकाले उनीहरुको मत नयाँ दलतिर जाने स्थिति देखिएको स्थानीय व्यसायी भरत बज्रचार्यले बताए।

‘यो पटक नयाँ पुस्ताको मत फरक उम्मेदवारलाई जाने देखिन्छ,’ उनले भने। यो निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले विभिन्न माध्यमबाट प्रचारप्रसार गरिरहेको छन्।

निर्वाचन आयोगको आचारसंहिताअनुसार मात्र घरदैलोमा जाने निधो गरेको भन्दै यहाँका दलहरूले अन्य तरिकाले बहस चलाइरहेका छन्।

नेमकिपाले स्थापना दिवसको निहुँ पारेर विभिन्न कार्यक्रम सञ्चालन गरी जनतलाई आफ्नो योजनाहरूका बारेमा भनिरहेको स्थिति छ भने अन्य दलहरू खासै देखिएका छैनन्।
अर्को समाचार
थ्रेसहोल्ड नकटाउने ५१ दल
२८ फागुन २०८२
•
२ मिनेट पाठ
थ्रेसहोल्ड नकटाउने ५१ दल
यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ दलले भाग लिएकोमा मधेसकेन्द्रित दलसहित ५१ दलले न्यूनतम मत सीमा (थ्रेसहोल्ड) प्राप्त गर्न सकेनन्। समानुपातिकअन्तर्गत कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गर्ने दलले सिट पाउने व्यवस्था छ। थ्रेसहोल्ड नकटाएका कारण ५१ दलले समानुपातिकतर्फ सिट नपाउने भएका हुन्।




समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ मत सदर भएको छ। सदर मतमा रास्वपाले ५१ लाख ८१ हजार ३३०, नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १४ लाख ५५ हजार ६६९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आठ लाख ११ हजार ३९३, श्रम संस्कृति पार्टीले तीन लाख ८५ हजार ८५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ३० हजार ६४९ मत पाएका छन्। यी ६ दलले मात्र थ्रेसहोल्ड पार गरेका हुन्।

थ्रेसहोल्ड नकटाउने दलमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल छ। जसपा नेपालले एक लाख ८१ हजार ८५० मत पाएको छ। राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७२ हजार ४९०, सिके राउत नेतृत्वको जनमत पार्टीले ७९ हजार ४०३, राजेन्द्र महत्तो, रेशम चौधरीलगायतको एकल चिह्न चकिया (जाँतो) राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल) ६२ हजार ०६९ मत पाएको निर्वाचन आयोगले प्रकाशित गरेको विवरणमा उल्लेख छ।

यसैगरी नेपाल मजदुर किसान पार्टीले ४२ हजार २९४, राष्ट्र निर्माण दल नेपालले ३९ हजार ५५७, राष्ट्रिय जनमोर्चाले २९ हजार ४५३, एकल चिह्न बस (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपा जनजागृति पार्टी) ले २९ हजार ३९६, नेपाल जनता संरक्षण पार्टीले २८ हजार ४०८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६७३, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २३ हजार ८५८, मंगोल नेसनल अर्गनाइजेसनले २० हजार ८२९, एकल चिह्न मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी नेपाल) ले १९ हजार २०९ मत पाएका छन्। अन्य दललले पनि थ्रेसहोल्ड कटाएका छैनन्।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस