दलित बस्तीको निर्णायक मतको भरमा दलित समुदायका प्रत्यक्ष उम्मेदवार
१५ फागुन २०८२
•
५ मिनेट पाठ
दलित बस्तीको निर्णायक मतको भरमा दलित समुदायका प्रत्यक्ष उम्मेदवार
क्षमता र सही काम गर्न सक्ने भए पनि जातीय विभेदकै कारण दलित समुदायको नेतृत्व समाजले सजिलै स्वीकार्दैन तर यो चुनौतीको बीचमा विभिन्न दलबाट आसन्न प्रतिनिधि सभाको निर्वाचनमा नेपालभरमा ६  दलित उम्मेदवार मैदानमा उत्रिएका छन्।




उनीहरू हुन् नेपाली कांग्रेसका प्रकाश सुनार स्नेही बझाङबाट, डडेल्धुराबाट एमालेका चक्रप्रसाद रसाइली स्नेही, बर्दिया क्षेत्र नम्वर २ बाट एमालेकी  विमला विक, नेपाली कम्युनिष्ट पाटीका पदम विश्वकर्मा स्याङजा २ बाट र नेपाली कम्युनिष्ट पाटीकै मानबहादुर सुनार कन्चनपुर ३ बाट छन् भने बाँके क्षेत्र नम्वर ३ बाट राष्ट्रिय स्वतन्त्र पाटीका खगेन्द्र सुनार हुन्।

नेपाली कांग्रेसको सहमहामन्त्री समेत रहेका प्रकाश रसाइली स्नेही अघिल्लो निर्वाचनमा प्रतिनिधिसभाको समानुपातिक विजेता हुन्। आसन्त निर्वाचनमा  मुख्य प्रतिस्पर्धीहरू एमालेका ऐनबहादुर महर, नेपाली कम्युनिष्ट पार्टीका मीनबहादुर कुँवर र राष्ट्रिय स्वतन्त्र पाटीका शैलेन्द्रकुमार सिहं हुन्। स्नेकी केन्द्रीय स्तरको चर्चित नेता तथा पूर्व सांसदको भूमिका यो निर्वाचनमा विजय हासिल गर्ने  रहेको नेपाली कांग्रेसका नेता मन्जित ताम्राकार बताउँछन्।

यो क्षेत्रमा यसअघि नेकपा समाजवादीले विजय हासिल गरेको भए पनि यो  जिल्लामा २० प्रतिशत मत दलित समुदायको रहेकाले स्नेहीका लागि विजय मतको आधार रहेको ताम्राकार बताउँछन्।

डडेल्धुराबाट प्रत्यक्षमा भिडेका दलित समुदायका नेता चक्र रसाइली स्नेहीको मुख्य  प्रतिस्पर्धीहरूमा नेपाली कांग्रेसका नैनसिहं महर र नेपाली कम्युनिष्ट पाटीका मालसिंह माल र राष्ट्रिय प्रजातन्त्र पाटीका तारा जोशी छन्।

यसअघि नेपाली कांग्रेसका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले २०४८ सालदेखि निरन्तर जीत हासिल गरेको जिल्ला पनि हो।

यो हिसावले स्नेहीको आकांक्षा भारी भए पनि अहिलेको बदलिंदो परिस्थतिले जित्ने आकलन उनले गरेका छन्। उनी भन्छन,‘ पहिले र अहिलेको परिस्थति फरक छ,जित्ने कुरामा दुइ मत छैन’ सानैदेखि राजनीतिमा होमिएर जनताको टोलटोलमा पुगेको र २०७५ मा राष्ट्रिय सभाको सांसद समेत बनेकाले जीतको आधार भएको स्नेही बताउँछन्। दलित समुदायको जनसंख्या धेरै रहेको जिल्ला भएकाले पनि उनले जित्ने आधार देखेको एमालेकै एक नेता बताउँछन्।

त्यसैगरी बर्दिया क्षेत्र नम्वर दुई बाट एमालेबाटै प्रत्यक्षमा भिडेकी हुन् विमला विक। उनको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसकै नेता किशोर सिंह राठौर छन्। राठौरले यसअघि बाँके ३ बाट विजय हासिल गरेका थिए। यो क्षेत्रमा अघिल्लो निर्वाचनमा नेपाल उन्मुक्ति पाटीका लालविर चौधरीले विजयी भएका थिए। समाजसँग भिजेर काम गरेको, यसअघि समानुपातिक सांसद भइसकेको र गाउँसमाजमै पुगेर जनताको पीरमर्कामा सहयोगी बनेकीले विकको जीतको  सम्भावना देखिएको उनको निजी सचिवालयले जनाएको छ।

नेपाली कम्युनिष्ट पाटीबाट प्रत्यक्ष उम्मेदवार हुन् पदम विश्वकर्मा। विश्वकर्मा लामो समयदेखि माओवादी पाटीको राजनीतिमा सक्रिय छन्। उनको प्रतिस्पर्धी  नेकपा एमालेका खिमबहादुर थापा र नेपाली कांग्रेसका भागवत प्रकाश मल्ल हुन्।

एमालेका खिमबहादुर थापा यस अघि दुई पटक गाउँपालिका अध्यक्ष विजय हासिल गरिसकेका हुन् भने नेपाली कांग्रेसका भागवत मल्ल प्रदेश सभाको सांसद बनिसकेका छन्। यी तीन जनाबाहेक अन्य दलका उल्लेखनीय प्रतिस्पर्धी नभएको नेपाली कम्युनिष्ट पाटीका उम्मेदवार पदम विश्वकर्मा बताउँछन्। यी दुई कडा भारी प्रतिस्पर्धीको वीचमा आफ्नो विजय हुने सम्भावना देखिएको विश्वकर्मा दावी गर्छन्।

विप्लव पार्टीले आफ्नो उम्मेदवार हटाएर नेपाली कम्युनिष्ट पाटी र स्वतन्त्र उम्मेदवारको रोजाइमा परेको  र दलित समुदायको बसोवबास बढी भएको क्षेत्र भएकाले पनि दलितकै मतले आफ्नो विजयको आधार बनेको विश्वकर्मा बताउँछन्। ‘यो क्षेत्र दलित समुदायको बसोबास धेरै छ, उनीहरूको मतले खास महत्त्व राख्छ’ उनले भने।

कन्चनपुर क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा प्रत्यक्षकै मैदानमा भिडिरहेका छन् नेपाली कम्युनिष्ट पाटीका मानबहादुर सुनार। उनको मुख्य प्रतिस्पर्धी एमालेका दीपकप्रकाश भट्ट र नेपाली कांग्रेसका हरिप्रसाद बोहरा र नेकपा एमालेका दीपकप्रसाद भट्ट छन्। यो क्षेत्रमा २०७९ मा नेपाली कांग्रेसका नेता रमेश लेखकले भारी मतले विजय हासिल गरेका थिए।

लेखकसँग पराजित भएकी एमालेकी उम्मेदवार निरुपादेवी पालले उल्लेखनीय मत प्राप्त गरेकी थिइन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पाटीबाट ज्ञानेन्द्र महता पनि प्रतिस्पर्धा छन्। यी तीन  गैरदलित उम्मेदवारको वीचमा सुनार एकल दलित हुन्। यसअघिको निर्वाचमा माओवादीले उल्लेखनीय मत हासिल गरेको देखिंदैन तर दलित समुदायको बाक्लो वस्ती भएको दोधारा–चाँदनी वस्तीहरू यही क्षेत्रभित्र रहेकाले यो मत र लेखकभन्दा कमजोर उम्मेदवार नेपाली कांग्रेसबाट उठेको कारण सुनारले विजय हासिल गर्ने सम्भावना देखिएको नेपाली कम्युनिष्ट पाटीका नेता गणेश विके बताउँछन्।

राष्ट्रिय स्वतन्त्र पाटीबाट प्रत्यक्ष तर्फका उम्मेदवार हुन् खगेन्द्र सुनार। उनी बाँके क्षेत्र नम्वर ३ बाट मैदानमा उत्रिएका हुन्। पहिलो पटक प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवार बनेका सुनारको मुख्य प्रतिस्पर्धी भने नेपाली नेपाली कांग्रेसका अमरसिंह पुन र  नेकपा एमालेका सुमन मल्ल देखिएका छन्।

अघिल्लो प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका सिहं राठौरले विजय हासिल गरेका थिए तर यो क्षेत्रमा पनि १२ देखि १३ प्रतिशत दलित समुदायकै मत आफूतिर आउने आशा सुनारमा रहेको आकलन स्थानीयवासीले गरेका छन्। राष्ट्रिय स्वतन्त्र पाटीको कार्यनीति र देशभरि बढ्दै गएको माहोलको कारण सुनारले विजय हासिल गर्ने सम्भावना बढेको सुनारका स्वकीय सचिव अर्जुन घिमिरले बताए।
अर्को समाचार
थ्रेसहोल्ड नकटाउने ५१ दल
२८ फागुन २०८२
•
२ मिनेट पाठ
थ्रेसहोल्ड नकटाउने ५१ दल
यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ दलले भाग लिएकोमा मधेसकेन्द्रित दलसहित ५१ दलले न्यूनतम मत सीमा (थ्रेसहोल्ड) प्राप्त गर्न सकेनन्। समानुपातिकअन्तर्गत कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गर्ने दलले सिट पाउने व्यवस्था छ। थ्रेसहोल्ड नकटाएका कारण ५१ दलले समानुपातिकतर्फ सिट नपाउने भएका हुन्।




समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ मत सदर भएको छ। सदर मतमा रास्वपाले ५१ लाख ८१ हजार ३३०, नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १४ लाख ५५ हजार ६६९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आठ लाख ११ हजार ३९३, श्रम संस्कृति पार्टीले तीन लाख ८५ हजार ८५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ३० हजार ६४९ मत पाएका छन्। यी ६ दलले मात्र थ्रेसहोल्ड पार गरेका हुन्।

थ्रेसहोल्ड नकटाउने दलमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल छ। जसपा नेपालले एक लाख ८१ हजार ८५० मत पाएको छ। राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७२ हजार ४९०, सिके राउत नेतृत्वको जनमत पार्टीले ७९ हजार ४०३, राजेन्द्र महत्तो, रेशम चौधरीलगायतको एकल चिह्न चकिया (जाँतो) राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल) ६२ हजार ०६९ मत पाएको निर्वाचन आयोगले प्रकाशित गरेको विवरणमा उल्लेख छ।

यसैगरी नेपाल मजदुर किसान पार्टीले ४२ हजार २९४, राष्ट्र निर्माण दल नेपालले ३९ हजार ५५७, राष्ट्रिय जनमोर्चाले २९ हजार ४५३, एकल चिह्न बस (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपा जनजागृति पार्टी) ले २९ हजार ३९६, नेपाल जनता संरक्षण पार्टीले २८ हजार ४०८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६७३, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २३ हजार ८५८, मंगोल नेसनल अर्गनाइजेसनले २० हजार ८२९, एकल चिह्न मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी नेपाल) ले १९ हजार २०९ मत पाएका छन्। अन्य दललले पनि थ्रेसहोल्ड कटाएका छैनन्।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस