कस्तो छ तनहुँ १ मा चुनावको माहोल?
०१ फागुन २०८२
•
५ मिनेट पाठ
कस्तो छ तनहुँ १ मा चुनावको माहोल?
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै तनहुँ क्षेत्र नं १ को पनि चर्चा चुलिएको छ। चर्चा हुनुको कारण हो, उम्मेदवारको व्यक्तित्व।




तनहुँ– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले र नेपाली कांग्रेसका गोविन्द भट्टराईले यसअघि एकअर्कासँग प्रतिष्पर्धा गरिरहेका छन्। विसं २०८० वैशाख १० मा भएको उपनिर्वाचनमा उनीहरूबीच भएको चुनावी प्रतिस्पर्धा दोहोरिनुले पनि चर्चा बढेको हो।

निर्वाचन क्षेत्र सर्वाधिक निगरानी र गणितीय अनिश्चितताको क्षेत्रका रूपमा पनि लिइएको छ। मत परिणाम परम्परागत दल र नयाँ शक्तिबीच टक्कर हुने सम्भावना बढी देखिन्छ।

यसका साथै यसपटक नेपाल कम्युनिष्ट पार्टी (एमाले) का भगवती न्यौपानेको पनि प्रतिस्पर्धा रहेको छ। मुख्य यी तीन पार्टीका साथै स्वतन्त्र उम्मेदवार, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा अन्य पार्टी पनि चुनावी मैदानमा छन्।

राजनीतिक प्रतिस्पर्धा पुराना तथा नयाँ दलबीच प्रत्यक्ष रूपमा देखिएको छ। प्रत्येक दलले आआफ्नो सङ्गठन, एजेन्डा र उम्मेदवारको छविलाई प्राथमिकता दिइरहेका छन्।

यहाँ पार्टीभन्दा पनि उम्मेदवारको इमानदारिता, विगतको काम र जनसम्पर्कले ठूलो भूमिका खेल्ने गरेको इतिहास उत्तिकै महत्त्वपूर्ण मानिएको छ। युवा मतदाता, परिवर्तन चाहने वर्ग र परम्परागत मतदाता बीचको सोचको द्वन्द्वले नतिजा अप्रत्याशित बनाउने गरेको उपनिर्वाचनको नतिजाले सावित गरेको छ। रास्वपाले उपनिर्वाचनमा प्राप्त विरासत निरन्तरता रूपमा कायम राख्ने लक्ष्य राखेको देखिन्छ।

त्यस्तै नेपाली कांग्रेसले पुरानो विजय र जनसमर्थन फर्काउने कोसिस गरिरहेको प्रष्ट छ। एमाले/ नेकपाले पनि आआफ्नो परम्परागत मतलाई जोडिँदै पुनः प्रतिस्पर्धाको मैदानमा साख जोगाउनेतर्फ सचेत भएको देखिन्छ।

यस क्षेत्रमा मतदाताले स्थानीय रूपमा विकास, पार्टीको विश्वास तथा तरल राजनीतिसम्बन्धी भावनालाई जोड दिँदै मत प्राप्त गर्ने सम्भावना देखिएको छ। रास्वपा र कांग्रेस प्रतिपक्षीलाई चुनौती दिन सक्ने शक्तिशाली दाबेदार बनेका छन् भने एमाले अझै ठूलो मत विभाजनको अवस्थामा छ।

प्रतिनिधिसभा २०७९ मा नेपाली कांग्रेस प्रत्यक्षतर्फ रामचन्द्र पौडेलले २५ हजार ३६१ मत प्राप्त गरेका थिए भने एमालेका एकबहादुर रानाले १९ हजार ९८१, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार ८८६ र रास्वपाका विकास सिग्देलले छ हजार ४४ मत प्राप्त गरेका थिए।

समानुपातिकतर्फ नेपाली कांग्रेस २० हजार १५८, नेकपा एमाले १६ हजार ६८३, रास्वपाले १२ हजार ७७३ र नेकपाले सात हजार ३२६ मत प्राप्त गरेको थियो।

पौडेल विजयी हुँदै राष्ट्रपति भएपछि यस क्षेत्रको प्रतिनिधिसभाको संसदीय सदस्य पद खाली बनेको यस क्षेत्रमा उपनिर्वाचन भएको हो।

विसं २०८० वैशाख १० मा भएको प्रतिनिधिसभा–१ उपनिर्वाचनमा ५३ प्रतिशत मात्र मत खसेको थियो। रास्वपाका उपसभापति वाग्लेले ३४ हजार ९११ मत प्राप्त गर्दै विजयी भएका थिए। कांग्रेसका भट्टराईले २० हजार १२२ मत र एमालेका सर्वेन्द्र खनालले आठ हजार ४८८ र अन्य दलले थोरै मत पाएका थिए। वाग्लेले १४ हजार ७९६ मतले जित हासिल गरेका थिए।

उपनिर्वाचनमा रास्वपाले एमालेको मत करिब ११ हजार तानेको थियो भने रास्वपाले नेकपा, स्वतन्त्र उम्मेदवारको मत आफ्नो पक्षमा पार्न सफल भएको थियो। यसपटक निर्वाचनमा यस खालको अवस्था छैन। अझ बढी प्रतिस्पर्धात्मक देखिएको मतदाताको भनाइ छ।

यहाँ नेकपा, उज्यालो पार्टी, श्रम संस्कृति लगायतका उम्मेदवार पनि रहेकाले उनीहरूको आफ्नै प्रभाव हुने देखिन्छ। त्यस्तै नेकपाबाट विद्यानाथ ढकाल उम्मेदवार बनेका छन्।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रामदत्त जोशी (अभिषेक) लाई उम्मेदवार बनाएको छ। श्रम संस्कृति पार्टीका काशिराम गुरुङ, स्वतन्त्र उम्मेदवार दीपकराज जोशी, उज्यालो पार्टीका मञ्जिल राना लगायत दलका उम्मेदवार यस क्षेत्रमा चुनावी मैदानमा छन्। आफ्नो पक्षमा मत पार्ने कसरतमा छन्।

दमौलीदेखि बैरेनी, कलेस्ती, रिस्ती, डुम्रे, भानु, आँबुखैरेनीसम्मका मतदाताको प्रतिक्रियाले तनहुँ–१ को चुनाव निकै पेचिलो देखाउँछ। अघिल्लो पटक स्पष्ट रूपमा खुलेका मतदाता पनि अहिले पर्ख र हेरको अवस्थामा छन्।

भानु, आँबुखैरेनीका शहरी वडा, ब्यास नगरका सहरी वडा, डुम्रे बजार, देवघाटका शहरी क्षेत्रमा रास्वपाप्रति अलि झुकाव देखिएका छन् भने देवघाट आसपास र ग्रामीण बस्तीहरूमा रास्वपाभन्दा नेपाली काङ्ग्रेस बलियो मानिएको छ।

तनहुँ जिल्लामा कुल मतदाता दुई लाख ५४ हजार ३७९ मध्ये महिला मतदाता एक लाख ३० हजार ९०६  र पुरुष एक लाख २३ हजार ४९१ रहेका निर्वाचन अधिकारी विकास लम्सालले बताए।

तनहुँ–१ क्षेत्रमा मात्रै एक लाख ३६ हजार ११८ मतदाता रहेका छन् भने तनहुँ–२ मा एक लाख १८ हजार २७९ मतदाता छन्।

तनहुँ–१ निर्वाचन क्षेत्रमा देवघाट गाउँपालिकाका ५ वटै वडा, आँबुखैरेनी गाउँपालिकाका ६ वटै वडा, बन्दीपुर गाउँपालिकाका ६ वटै वडा, भानु नगरपालिकाका १३ वटै वडा र व्यास नगरपालिकाका वडा नम्बर ५ र ६ बाहेक अन्य १२ वटा वडा समेटिएका छन्। यस क्षेत्रमा यस निर्वाचनमा १५३ मतदान केन्द्र तोकिएको छ।

तनहुँ क्षेत्र नं २ मा कांग्रेसबाट शङ्कर भण्डारी चुनावी मैदानमा छन् भने एमालेतर्फ केदार सिग्देल, नेपाली कम्युनिष्ट पार्टीका ओमबहादुर थापा, रास्वपाका श्रीराम न्यौपाने लगायत ११ दलले निर्वाचनको मैदानमा छन्।

गत निर्वाचन अर्थात् प्रतिनिधिसभा निर्वाचन २०७९ मा यस क्षेत्रमा भण्डारीले ३० हजार ६०४, एमालेका किरण गुरुङले २५ हजार १३०, रास्वपाका विजय जोशीले पाँच हजार ३७३ र अन्य उम्मेदवारले करिब एक हजार ७०८ मत प्राप्त गरेका थिए।

यही फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नं २ मा एक लाख १८ हजार २७९ मतदाता कायम भएका छन्। यस क्षेत्रमा ३०९ मतदान केन्द्र रहेको छ। तनहुँ क्षेत्र नं २ मा व्यास नगरपालिकाका ५ र ६ नं वडा, म्याग्दे गाउँपालिकाका ७ वटा वडा, शुक्लागण्डकी नगरपालिका १२ वटा वडा, भिमाद नगरपालिकाका ९ वटा वडा, ऋषिङ गाउँपालिकाका ८ वटा वडा र घिरिङ गाउँपालिकाका ६ वटा वडा पर्दछ।
अर्को समाचार
थ्रेसहोल्ड नकटाउने ५१ दल
२८ फागुन २०८२
•
२ मिनेट पाठ
थ्रेसहोल्ड नकटाउने ५१ दल
यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ दलले भाग लिएकोमा मधेसकेन्द्रित दलसहित ५१ दलले न्यूनतम मत सीमा (थ्रेसहोल्ड) प्राप्त गर्न सकेनन्। समानुपातिकअन्तर्गत कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गर्ने दलले सिट पाउने व्यवस्था छ। थ्रेसहोल्ड नकटाएका कारण ५१ दलले समानुपातिकतर्फ सिट नपाउने भएका हुन्।




समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ मत सदर भएको छ। सदर मतमा रास्वपाले ५१ लाख ८१ हजार ३३०, नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १४ लाख ५५ हजार ६६९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आठ लाख ११ हजार ३९३, श्रम संस्कृति पार्टीले तीन लाख ८५ हजार ८५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ३० हजार ६४९ मत पाएका छन्। यी ६ दलले मात्र थ्रेसहोल्ड पार गरेका हुन्।

थ्रेसहोल्ड नकटाउने दलमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल छ। जसपा नेपालले एक लाख ८१ हजार ८५० मत पाएको छ। राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७२ हजार ४९०, सिके राउत नेतृत्वको जनमत पार्टीले ७९ हजार ४०३, राजेन्द्र महत्तो, रेशम चौधरीलगायतको एकल चिह्न चकिया (जाँतो) राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल) ६२ हजार ०६९ मत पाएको निर्वाचन आयोगले प्रकाशित गरेको विवरणमा उल्लेख छ।

यसैगरी नेपाल मजदुर किसान पार्टीले ४२ हजार २९४, राष्ट्र निर्माण दल नेपालले ३९ हजार ५५७, राष्ट्रिय जनमोर्चाले २९ हजार ४५३, एकल चिह्न बस (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपा जनजागृति पार्टी) ले २९ हजार ३९६, नेपाल जनता संरक्षण पार्टीले २८ हजार ४०८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६७३, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २३ हजार ८५८, मंगोल नेसनल अर्गनाइजेसनले २० हजार ८२९, एकल चिह्न मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी नेपाल) ले १९ हजार २०९ मत पाएका छन्। अन्य दललले पनि थ्रेसहोल्ड कटाएका छैनन्।
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस