बर्दिया निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का श्रीधर पोख्रेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
पोख्रेलले २९ हजार ६ सय ७८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर सिंह राठोरले २० हजार ४ सय २ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका सुरेश पन्थले १९ हजार १ सय ८० मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) की बिमला विकले १० हजार ७ सय ७२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर २ मा कुल १ लाख ५५ हजार २ सय ३२ मतदाता रहेकामा ९२ हजार मत खसेको थियो। खसेको मतमध्ये ८३ हजार सदर र ४ हजार २ सय मत बदर भएको जनाइएको छ।