सुनसरी-४ मा त्रीपक्षीय प्रतिस्पर्धा
०९ फागुन २०८२
•
४ मिनेट पाठ
सुनसरी-४ मा त्रीपक्षीय प्रतिस्पर्धा
सुनसरी निर्वाचन क्षेत्र नं. ४ नेपाली राजनीतिका लागि महत्वपूर्ण मानिन्छ। जसले गर्दा क्षेत्र नं. ४ मा चुनावी नतिजा कस्तो आउँला? सबैको चासोको विषय बनेको छ। यसपटक यस क्षेत्रमा मुख्य गरी नेपाली कांग्रेसका उम्मेदवार पूर्वसञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमालेका तर्फबाट पूर्वप्रदेश मन्त्री जगदीस कुसियत र रास्वपाका दिपक साहबिच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। 




कांग्रेसका कार्की र एमालेका कुसियतबिच अघिल्लो निर्वाचनमा प्रतिस्पर्धा हुँदा कार्कीले झिनो मत अन्तरले विजयी भएका थिए। यसपटक पुरानै उम्मेदवार कार्की र कुसियतलाई रास्वपाका दिपक साहले कडा टक्कर दिएका छन्। कांग्रेसका उम्मेदवार कार्की पुराना राजनीतिज्ञ हुन्। एमालेका कुसियत पनि पुराना राजनीतिज्ञ र स्थानीय  रैथाने हुन्। उनी एमालेको केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज हुन्। दुवै जना स्थिर राजनीतिज्ञको रूपमा चिनिन्छन्।  

साहको पृष्ठभूमि इन्जिनियर हो। उनी सिके राउतको जनमत पार्टीको केन्द्रीय उपाध्यक्ष भएर पछि विवाद भएपछि अर्को पार्टी जनस्वराज, सर्वोदयबाट उज्यालो पार्टी हुँदै रास्वपामा पुगेका हुन्।  

क्षेत्र नं. ४ मा इनरुवा नगरपालिकाका तीनवटा, बराहक्षेत्रका ६ वटा, कोशी र भोक्राहा नरसिंह गाउँपालिकाका आठ-आठवटा वडा, हरिनगर गाउँपालिकाका वडा नं. ३ बाहेक छवटा तथा रामधुनी नगरपालिकाको एउटा गरी ३२ वटा वडा रहेका छन्। यी वडाहरूमा उम्मेदवारलाई फरक फरक ढंगले मत आउने अनुमान गरिएको छ। जसमा इनरुवा क्षेत्रका तीनवटा वडामा कांग्रेस र एमालेलाई बढी मत आउने अनुमान गरिन्छ। यस्तै, बराहक्षेत्रमा एमाले र कांग्रेसको संगठन बलियो छ। तर, श्रम संस्कृति पार्टीका उम्मेदवार विष्णु रानाले एमाले र कांग्रेससँगै अरु सर्वसाधारणको पनि विशेषगरी जातीय मत आफ्नो पक्षमा पार्ने कसरतमा लागेका छन्।  

कोशी, भोक्राहा नरसिंह र हरिनगर क्षेत्रबाट तीन जना उम्मेदवारबिच जातीय ढंगले मत विभाजन हुने अवस्था रहेको छ। यी तीनवटा गाउँपालिकामा मुस्लिम मतदाताको बाहुल्यता बढी रहेको छ। मुस्लिमसँगै यादवसहित अन्य साह, तेली, हलुवाईलगायतका अन्य जातजाति रहेका छन्। यस निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महफुज अन्सारीले पनि मुस्लिम समुदायको मत आफ्नो पक्षमा पार्ने उपायमा लागेका छन्। उनको साङ्गठानिक आधार भने कमजोर छ।  

कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रीय सभापति अयूव अन्सारी पनि यसपटक जातिय ढंगले मत विभाजन हुने बताउँदै कांग्रेसको मुख्य प्रतिस्पर्धी रास्वपा नै भएको बताए। एमालेका पोष्ट कुमार नेपालले रास्वपाभित्र चिनिएका र स्थापित नेता नभएकाले गर्दा अन्तिममा एमाले तथा कांग्रेसले संगठनको बलमा मतदाता आफ्नो पक्षमा पार्ने हुँदा कांग्रेस र एमालेबिच नै मुख्य प्रतिस्पर्धा हुने बताए। रास्वपाको चुनावी अभियानका मिडिया परिचालन समितिका संयोजक पवन रौनियारले कांग्रेस र एमालेका उम्मेदवार पुरानै अनुहार भएको र आन्तरिक जनतामा असन्तुष्टि बढेकाले गर्दा स्वतफूर्त रूपमा रास्वपाको माहोल बनेको बताए। उनका अनुसार अहिलेसम्म कांग्रेस र एमालेले तल्लो तहसम्म टाइड गरेर कार्यकर्ता परिचालन नगर्दाको फाइदा पनि रास्वपालाई नै पुगेको छ।  

यस क्षेत्रबाट जसपाबाट सविताकुमारी यादव, राप्रपाबाट प्रेम भट्टराईलगायत ३४ जना उम्मेदवार चुनावी मैदानमा छन्। सविताले संगठन कमजोर भएता पनि महिलाको मत आफ्नो पक्षमा पार्ने कसरतमा छिन्। यस्तै, प्रेमले राप्रपाको संगठीत मत राम्रै पाउनेछन्।  

उम्मेदवारहरू वर्षौंदेखि सप्तकोशी नदीको कटान, कोशीटप्पु बन्यजन्तु आरक्षबाट निस्किएर जंगली हात्तीले मच्चाउने आतंकबाट पीडितको समस्या समाधान गर्ने, गरिबी न्यूनीकरण गर्ने र बरोजगारी समस्या समाधान गर्ने जस्ता मुद्दा लिएर जनतालाई रिझाउन व्यस्त छन्।  

२०४८ सालयता यस क्षेत्रले पटक पटक प्रधानमन्त्री तथा अन्य मन्त्रीहरू पाएपनि  विकासमा भने पछि पर्दै आएको छ। सुनसरी क्षेत्र नं. ४ मा गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा क्षेत्र नं. ४ मा परेको बेला, ०५१ सालको मध्यावधि निर्वाचनमा र ०५६ सालको संसदीय निर्वाचनमा क्षेत्र नं. ५ मा परेका बेला जितेका थिए। ०५३ सालको उप निर्वाचनमा भने एमालेका जगदीस कुसियतले नै जितेका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा गिरीजाप्रसाद कोइरालाकी छोरी सुजाता पराजित भएकी थिइन्। पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले चुनाव जितेका थिए। २०७४ र २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले जितेका थिए।  

क्षेत्र नं. ४ का नागरिकहरूले स्वास्थ्य सेवाको लागि धरान र बिराटनगर धाउनुपर्ने बाध्यता हट्न सकेको छैन। उच्च शिक्षाका निम्ति पनि सहज छैन्। यस क्षेत्रका बासिन्दा आर्थिक रूपमा पिछडिएका छन्। क्षेत्र नं. ४ मा यसपटक एक लाख ३५ हजार ३४० जना मतदाता रहेका छन्।
अर्को समाचार
थ्रेसहोल्ड नकटाउने ५१ दल
२८ फागुन २०८२
•
२ मिनेट पाठ
थ्रेसहोल्ड नकटाउने ५१ दल
यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ दलले भाग लिएकोमा मधेसकेन्द्रित दलसहित ५१ दलले न्यूनतम मत सीमा (थ्रेसहोल्ड) प्राप्त गर्न सकेनन्। समानुपातिकअन्तर्गत कुल सदर मतको कम्तीमा तीन प्रतिशत प्राप्त गर्ने दलले सिट पाउने व्यवस्था छ। थ्रेसहोल्ड नकटाएका कारण ५१ दलले समानुपातिकतर्फ सिट नपाउने भएका हुन्।




समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ मत सदर भएको छ। सदर मतमा रास्वपाले ५१ लाख ८१ हजार ३३०, नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १४ लाख ५५ हजार ६६९, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आठ लाख ११ हजार ३९३, श्रम संस्कृति पार्टीले तीन लाख ८५ हजार ८५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ३० हजार ६४९ मत पाएका छन्। यी ६ दलले मात्र थ्रेसहोल्ड पार गरेका हुन्।

थ्रेसहोल्ड नकटाउने दलमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल छ। जसपा नेपालले एक लाख ८१ हजार ८५० मत पाएको छ। राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७२ हजार ४९०, सिके राउत नेतृत्वको जनमत पार्टीले ७९ हजार ४०३, राजेन्द्र महत्तो, रेशम चौधरीलगायतको एकल चिह्न चकिया (जाँतो) राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल) ६२ हजार ०६९ मत पाएको निर्वाचन आयोगले प्रकाशित गरेको विवरणमा उल्लेख छ।

यसैगरी नेपाल मजदुर किसान पार्टीले ४२ हजार २९४, राष्ट्र निर्माण दल नेपालले ३९ हजार ५५७, राष्ट्रिय जनमोर्चाले २९ हजार ४५३, एकल चिह्न बस (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपा जनजागृति पार्टी) ले २९ हजार ३९६, नेपाल जनता संरक्षण पार्टीले २८ हजार ४०८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६७३, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २३ हजार ८५८, मंगोल नेसनल अर्गनाइजेसनले २० हजार ८२९, एकल चिह्न मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी नेपाल) ले १९ हजार २०९ मत पाएका छन्। अन्य दललले पनि थ्रेसहोल्ड कटाएका छैनन्।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस