नेपाल लिटरेचर फेस्टिभलको दसौँ संस्करण आगामी बुधवार देखी पोखरामा सुरु हँदैछ। पुस ११ गतेसम्म चल्ने फेस्टिभलको उद्घाटन सत्रमा अर्थशास्त्री एवं काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको विद्वत प्रवचन हुनेछ। वाग्लेले ‘नेपाल २०९०’ शीर्षकमा प्रवचन दिनेछन्।
बुकवर्म फाउन्डेसनले आयोजना गरेको यो फेस्टिभलमा देश र विदेशका गरी करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक एवं विशिष्ट व्यक्ति सहभागी रहने फेस्टिभलका निर्देशक नीरज भारीले बताए। उनका अनुसार फेस्टिभलमा ५० भन्दा बढी सेसन सहित साङ्गीतिक साँझ आयोजना हुनेछन्। दैनिक हजारौँ साहित्यानुरागी यो फेस्टिभलमा सहभागी हुने उनको भनाई छ । पोखराको बाराहीघाटस्थित खुला मैदानमा यो फेस्टिभल संचालन हुनेछ।
यस वर्षको फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलङ्काली लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुल, सह प्राध्यापक एवं लेखक सुकेतु मेहता, लेखक एवं फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्य लगायत अन्तर्राष्ट्रिय व्यक्ति सहभागी हुने भारीले बताए।
त्यसैगरि पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सिके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा. भगवान् कोइराला, मास्टरसेफ सन्तोष साह, लगायतका सहभागी हुनेछन्। त्यस्तै फरक क्षमता भई अब्बल रहेका व्यक्ति तथा गोरखा, दार्चुला, मनाङका स्थानीय जनप्रतिनिधि पनि उपस्थित हुनेछन। फेस्टिभलको पूर्व सन्ध्यामा नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुति रहनेछ। हरेक दिन साङ्गीतिक प्रस्तुति रहने पनि भारीले बताए।
‘शब्द शक्ति उत्सवको एक दशक’ नारा रहेको दसौँ संस्करणले पोखराको पहिचानलाई थप फराकिलो बनाउने फेस्टिभलकी सह निर्देशक सुजाता खत्रीले बताईन। कोरोना भाइरस सङ्क्रमणका कारण गत वर्ष यो फेस्टिभल हुन पाएको थिए।
फेस्टिभलमा हुने सामाजिक बहस र विमर्सले देशका उच्च पदस्थ व्यक्ति एवं सरोकारवालालाई जबाफदेही बन्न सघाउने भारीले बताए। सचेत समाज निर्माणमा पनि यसले भूमिका खेल्ने उनको भनाई छ। ‘समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन पनि यस्ता फेस्टिभलले सहयोग पुर्याउने अपेक्षा छ,’ उनले भने, ‘फेस्टिभल दक्षिण एसियाकै एउटा समावेशी मञ्च बन्दै गएको छ।’ ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्,’ भन्ने नाराका साथ सुरु भएको यो फेस्टिभलले कला, साहित्यको मात्र नभई विचार निर्माण र समाजाको आलोचनात्मक चेतलाई समेत उचाइ दिने आयोजकको भनाई छ।
पोखराको यो फेस्टिभलमा पूर्व प्रधानमन्त्री ओलीसँग राजनीति बाहिरको जीवनबारे बहस चल्नेछ। त्यस्तै अर्थशास्त्रीहरूसँग भताभुङ्ग काम, लथालिङ्ग अर्थतन्त्र,बारहे बहस हुनेछ । खेलकुद, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भूमि र आकाश, के राजनीति हाम्रो समाज जस्तो छ? लगायतका विषयमा विज्ञहरूसँग छलफल हुने आयोजकले बताएको छ।