सरस्वती पुजाको अघिल्लो दिन नेपालमा माघे ठिही चलिरहेकै बेला अष्ट्रेलियाको डार्बिन हपहपी गर्मीमा रापिएको थियो। यसैबीच भर्खरै नयाँ स्वरूप पाएको ‘डार्बिन इन्टरटेनमेन्ट सेन्टर’ मा बुधबार ठिक ७ बज्दा चिरपरिचित घडी देखिन सुरु भयो। त्यसको आधा घण्टामै यो वर्ष अष्ट्रेलिया यात्राकै पहिलो नेपथ्य आवाज गुन्जिन सुरु भयो।
दर्शक दीर्घा डार्बिनमा पढ्न वा बसोबासका निम्ति आइपुगेका नेपालीहरूको मिश्रित भीँडले भरिएको थियो। कन्सर्टको सुरुवात नेपथ्यको ताजा सिर्जना ‘भटभटे’बाट भयो। गीत चलिरहँदा काठमाडौँको अस्तव्यस्त सडकमा छायाङ्कन गरिएको त्यसको म्युजिक भिडियो पछाडि पर्दामा देखाइएको थियो। त्यसले हाल डार्बिनमा बस्दै आएका थुप्रै काठमाडौँका पुराना बासिन्दालाई घरको सम्झनाले घचघच्याएको देखिन्थ्यो।
त्यसपछि ब्यान्डको प्रारम्भिक दिनदेखिकै चर्चित गीत ‘छेक्यो छेक्यो’ सुनाइएको थियो। यस अघि सन् २०१९ मा नेपथ्यले यसै गरी अष्ट्रेलियाको टुर गरिरहँदा उक्त गीतका सर्जक शुक गुरुङको नेपालमा देहावसान भएको थियो। परदेशमा यो सुनेर दुःखी भएको ब्यान्डले लगत्तैको मेलबर्न कन्सर्टमा स्टेजबाटै गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो। यसपटक डार्बिनमा कन्सर्ट आयोजना हुनुभन्दा ठिक एक दिन अघि चार वर्ष अघिको त्यही भिडियो रेकर्डलाई ब्यान्डले आफ्नो आधिकारिक यु ट्युब च्यानलबाट रिलिज गरेको थियो।
त्यसपछि ‘भेँडाको ऊनजस्तो’ गीतसँगै हल भित्र हिउँको वर्षा हुन थालेपछि तातो डार्बिनका बासिन्दाहरू रमाउँदै नाच्न सुरु गरेको देखिन्थ्यो।
‘तपाइँहरुलाई यहाँ देख्दा मलाइ गाउँमै पुगेको भान पर्दैछ,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘अब म तपाइहरूलाई हाम्रो उतै गाउँको रोदीघरतिर लैजान्छु।’ त्यसपछि ‘लामपाते सुरती’ गाइरहँदा दर्शकहरू गाउँकै सम्झनाले भावुक बनेर रमाएका देखिन्थे।
‘जोमसोमे बजार’ र ‘शिर फूल शिरैमा’ जस्ता गीतहरू गाउँदा पछाडि दृश्यमा पहाडी अनि हिमाली भेगका यात्राको क्रममा खिचिएका दृश्य देखाइएको थियो। त्यसले दर्शकलाई पनि जोमसोम र धौलागिरितिरै पुर्याएको थियो।
‘हाम्रा सुन्दर डाँडाकाँडाहरू पैदल घुम्ने अवसर पाएकोमा म आफूलाई भाग्यमानी ठान्छु,’ अमृतले भने, ‘अर्को पटक तपाइहरू पनि नेपाल पुग्दा त्यसैगरि गाउँ ठाउँ पुग्ने अवसर नगुमाउनु होला।’
भर्खरै नेपालमा ‘मानवताको लागि संगीत’ नारा बोकेर सिंगो मुलुक भ्रमण गरेको नेपथ्यले यो वर्ष पुरै त्यसै नाराका साथ आफूलाई अघि बढाउने सङ्कल्प लिएको छ। संगीतका माध्यमबाट मानवताको प्रवर्द्धन हुन सकोस् भन्ने भावनाले यसो गरिएको हो।
बुधवारको कन्सर्टकै क्रममा नेपथ्यको अर्को सर्वकालिक हिट गीत ‘यो जिन्दगानी’ सुनाइरहँदा त्यसै संकल्पको झझल्को पछाडिको पर्दामा पनि देखिन्थ्यो। अष्ट्रेलियाका दर्शकहरूमाझ पनि मानव सेवा आश्रमबाट उद्धार गरिएकाहरूको दृश्य राखेर तयार पारिएको भिडियो नै पृष्ठभूमिमा प्रस्तुत गरिएको थियो।
यो गीत सकिने बित्तिकै अमृतले उपस्थित डार्बिनका दर्शकलाई मानवताको खातिर अघि बढ्न आव्हान गरेका थिए।
त्यसपछिको चरणमा भने दर्शकहरूलाई उफार्नेगरि ‘जोगले हुन्छ भेट’, ‘रेशम’ र ‘तालको पानी’ जस्ता गीत प्रस्तुत गरिएको थियो। कार्यक्रमको अन्त्य भने राष्ट्रिय झण्डाको महिमागान गर्दै ‘रातो र चन्द्रसूर्जे’ सुनाएर गरिएको थियो। त्यस क्रममा नेपालीहरू जता बसे पनि हाम्रो भाषा र संस्कृतिलाई जोगाएर राख्न अमृतले अनुरोध पनि गरेका थिए।
‘यो कार्यक्रम हेरुन्जेल मनोरञ्जन मात्र नभई पुराना दिनका याद र चेतनामूलक सन्देशले असाध्यै छोइरहेको थियो,’ डार्बिनका आयोजक सुबिन कँडेल भनिरहेका थिए, ‘कार्यक्रम हेर्न आएका सबैजसो दर्शकबाट असाध्यै उत्साहजनक प्रतिक्रिया पाइरहेको छु।’
यस अघि नेपाल छाड्ने बेलामा ब्याण्डलाई अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले शुभकामना सन्देश पठाएकी थिइन्। त्यसैसरि अष्ट्रेलियामा ओर्लने बित्तिकै राजधानी क्यानबेराबाट नेपालका राजदूत कैलाश पोखरेलले शुभकामनाका साथ स्वागतका सन्देश सम्प्रेषण गरेका थिए।
यो यात्रामा कलाकार, प्राविधिक र व्यवस्थापक गरेर १३ सदस्यीय टोली सरिक छ। स्टेजमा भने साँधैझैँ अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
यसरी उत्तरको डार्बिनबाट सुरु भएको नेपथ्यको अष्ट्रेलिया श्रृंखला अब दक्षिणको ‘साउथ अष्ट्रेलिया’ राज्यतर्फ बढ्नेछ। त्यसको राजधानी एडिलेड स्थित ‘हिण्डले स्ट्रिट म्युजिक हल’मा जनवरी २८ तारिख शनिवारका दिन नेपथ्यका गीतहरू सुनाइने छन्। त्यस हलमा चार वर्षअघि पनि नेपथ्य प्रस्तुत भएको थियो।
बेग्लै टापुमा बसेको राज्य तास्मानियाको राजधानी होबार्टस्थित ‘ओडियन थिएटर’मा फेब्रुअरी १७ तारिख शुक्रवारको दिन यसपटक अष्ट्रेलिया यात्राकै अन्तिम प्रस्तुति नेपथ्यले दिनेछ।

जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...