चर्चित गायक एकदेव लिम्बुले धरानमा हर्क साम्पाङसँगै बोके ढुङ्गा
२१ माघ २०७९
•
२ मिनेट पाठ
चर्चित गायक एकदेव लिम्बुले धरानमा हर्क साम्पाङसँगै बोके ढुङ्गा
तस्बिरः पकुवा खोलामा शनिबार श्रमदान गर्दै मेयर हर्क साम्पाङ र गायक एकदेव लिम्बु।
मेयर हर्क साम्पाङ श्रम अभियानले देशको विकास हुने भन्दै धरान आएर ढुङ्गा बोक्न आह्वान गर्दै फेसबुकमा स्टाटस लेखिरहन्छन्। उनको यस्तो स्ट्याटसमा कोही समर्थन गर्दै, कोही विरोध र मजाक उडाउँदै कमेन्ट गर्नेहरूको घुँइचाे लाग्छ।




धरान गए मेयर हर्क साम्पाङले ढुङ्गा बोकाउँछन् भन्दै ट्रोल पनि खुब चल्यो। तर, पनि मेयर साम्पाङले सुरु गरेको श्रम अभियान ९ महिना पुग्दासम्म निरन्तर चलिरहेको छ। उनका शुभेच्छुकहरू भेट्न खोलामै पुग्छन्, र ढुङ्गा बोक्दै सेल्फी खिचेर पनि फर्कन्छन्। फेसबुक अत्यधिक चलाउने र बेला बेला रुखो बोलीको कारण पदिय मर्यादामा नरहने भन्दै मेयर साम्पाङको कडा आलोचना पनि भइरहेको छ।

मेयर साम्पाङको श्रम अभियानमा सहभागी हुनेमा एक सेलिब्रेटी पनि थपिएका छन्। उनी हुन्, चर्चित गायक एकदेव लिम्बु। आँखामा आउने सपनी..., आ है..., तिम्रो मुटुमा..., गाजल टिकी..., क्या राम्री... लगायतका उनका गीतहरू पछिल्ला युवा पुस्ताले औधी मन पाएका छन्। तिनै चर्चित गायक एकदेव आज (शनिबार) भने दिनभर जसो नै मेयर साम्पाङसँगै ढुङ्गा बोकेर पकुवा खोलामा बिताए।

खासमा उनी आ है... बोलको गीतको दोस्रो भागको सुटिङ गर्न धरान आएका थिए। शुक्रबार नै काम सकिएपछि शनिबार श्रमदान गर्न पकुवा पुगेको उनले बताए।

‘मेयर हर्क साम्पाङले राम्रो काम गर्दै हुनुहुन्छ, अभियान पनि राम्रो छ, ’गायक लिम्बुले भने,‘सबैले उहाँको कामलाई तारिफ र प्रोत्साहन गरिरहेको छ। यति धेरै मानिसहरू आउनु भएको छ, म त छक्क परे।’
श्रमदानमा जोडिन पाउँदा खुसी व्यक्त गर्दै गायक लिम्बुले मेयर साम्पाङसँग धेरै चुनौती रहेको तर स्वीकार गरेर अघि बढेको व्यक्तिकोरुपमा आफुले पाएको पनि बताए। उनले भने, ‘यति धेरै मानिसहरूले मेहनत गरिरहनु भएको छ, अब म रिजल्ट हेर्न चाहन्छु। कसैको पनि मेहनत खेर नजाओस्।’

गायक लिम्बु पनि श्रमदानमा आएकोमा खुसी व्यक्त गर्दै मेयर साम्पाङले आफ्नो उद्देश्य सबैले श्रम (काम) गर्नुपर्छ भन्ने रहेको बताए। श्रम गरे मात्र देशमा समृद्धि आउने पनि उनले दोहोराए। 

‘मलाई ढुङ्गा बोक्ने कुरा मात्र गर्छ भन्छन्, तर त्यो मेरो साङ्केतिक आह्वान हो। काम गर्नुपर्छ, श्रम गर्नुपर्छ भन्ने अभियान हो,’उनले भने। मेयर साम्पाङले कलाकारहरूलाई राज्यले चिन्नुपर्ने र सहयोग पनि गर्नुपर्ने बताए।
पकुवा खोलाको मुहान क्षेत्रमा अहिले बाँध निर्माण भइरहेको छ भने पानी सुद्ध बनाउने फिल्टर पनि बनिरहेको छ। सोही ठाउँमा श्रमदान गर्न शनिबार सयौँ मानिसहरू पुगेका थिए। रावाखोला सेरोफेरो युके, किरात साम्पाङ राई जुम्लेखा युके र रिदम फण्डस् युकेको लगानीमा २० लाख रुपैयाँमा फिल्टर र ड्याम निर्माण भइरहेको छ। मेयर साम्पाङ निर्वाचित भए पछि पकुवा खोलामा इन्टेक र कलेक्सन च्याम्बर बनाएर पानी संकलन गरी धरान वडा ११ को क्षेत्रमा पुर्‍याइएको थियो।
अर्को समाचार
हर्कले दिए गृहमन्त्रीलाई ‘सुधारबार’ अभियानको निम्तो
१८ चैत्र २०८०
•
१ मिनेट पाठ
हर्कले दिए गृहमन्त्रीलाई ‘सुधारबार’ अभियानको निम्तो
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन्।




आइतबार मन्त्रालयमा भएको भेटमा दुईजनाबीच लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे पनि छलफल भएको थियो। 

धरानमा आफूले शुक्रबार चलाइरहेको ‘सुधारबार’ अभियानमा सहभागी भइदिन उनले गृहमन्त्रीलाई निम्तो दिएका छन्।

गृहमन्त्री लामिछानेले साम्पाङको अभियानमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

लामिछानेले लागुऔषध दुर्व्यसनी  नियन्त्रण गर्न संघले मात्र नभएर सबै तहले मिलेर अगाडि जानुपर्ने बताएका छन्। 

प्रमुख साम्पाङद्वारा धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त श्रोत–साधनको माग गरेका थिए।
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ सेकेन्ड अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २० मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस