बुद्धले शिक्षा प्राप्त गरे पछि आफ्नो परिवारलाई भेटेको स्थलकारुपमा मानिएको कपिलवस्तु नगरपालिका २ निग्रोधारामा कुदानमा उत्सव र फोटा प्रदर्शन गरिएको छ।
राजकुमार सिद्धार्थ ज्ञान प्राप्त गरेपछि बैशालीबाट राजधानी प्राचीन कपिलवस्तु पहिलो पटक प्रस्थान गरेको फागु पूर्णिमाका दिनको उपलक्ष्यमा बुद्धले देखेको त्यो हिमाल थिममा तस्बिरमा सुन्दर कपिलवस्तु फोटो प्रदर्शनी गरिएको हो।
फोटो पत्रकार मनोज पौडेल र बृजेश जयसवालले खिचेका मन छुने र चित्ताकर्षक १० तस्बिर प्रदर्शनीमा राखिएको थियो। २० वाई ३० इन्च साईजको फोटो फलामको फल्याकमा राखिएको थियो। पर्यटन प्रवर्द्धन गर्दै तस्बिर प्रति रुचि बढाउन फोटो प्रतियोगिता गरिएको थियो।
प्रतियोगितामा प्राप्त भएका ६ तस्बिर मध्ये उत्कृष्ट दुई तस्बिरलाई पुरस्कार प्रदान गरिएको थियो। पहिलो पुरस्कार तौलिहवाका अनिलकुमार माली र दोस्रो पुरस्कार लुम्बिनीका लिलामणी शर्माले प्राप्त गरेका थिए। उनीहरूलाई लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकीप्रसाद यादवले जनही ५ हजार र ३ हजार सहित प्रमाणपत्र प्रदान गरेका थिए। कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेलले मनमोहक तस्बिर देखेर अचम्मित बने।
यहीका स्थानीय बासी उनले आँगनबाटै यस्तो मनमोहक तस्बिर देख्दा आफूलाई खुसी लागेको बताए। बुद्धले दरबार छाडेर ज्ञानको खोजीमा जाँदा भारतमा मगध नरेश बिम्बीसारले तपाई को र कहाँबाट आउनु भएको भन्दा म हिमालको काख मुनिबाट आएको उत्तर दिएका थिए। त्यही हिमाल आसपासका मनमोहक र चित्ताकर्षक तस्बिर यहाँ प्रदर्शनी गरिएको थियो।
लुम्बिनी विकास कोष तौलिहवा सम्पर्क कार्यालयका प्रमुख माधव आचार्यले ईश ६३६ डिसेम्बरमा चिनियाँ पैदल ह्वेयङ साङ् तिलौराकोट आउँदा लेखेको यात्रा विवरणमा उल्लेख जस्तै हिमालका तस्बिर देख्दा आल्हादित बने।
एकै ठाउँमा पर्यापर्यटन र हिमाली सामन्जस्यताले नौला नौला पर्यटकीय स्थलको विकास हुने उनको भनाइ थियो। आँखै अघि हिमाल देखिए जस्तै प्रदर्शनमा तस्बिर देखेपछि स्थानीय, सर्वसाधारण फोटोसँगै सेल्फी लिन हतारिएका थिए। तौलिहवा बजार स्थित प्रसिद्ध तौलेश्वर नाथ महादेव मन्दिरसँगै देखिएका ४ हिमालका तस्बिर साँच्चिकै लाजबाब र मोहित तुल्याउने रहेको स्थानीय प्रकाश घिमिरेले बताए। त्यसै तराईका लहलहाउँदो फाँटदेखि पहाड र हिमालसम्मको संयोजन पनि उत्कृष्ट थियो। नौका बिहारसँगै देखिएका आगन्तुक चरा र हिमालको तस्बिर पनि उत्कृष्ट थियो। तराईको जनजीवन र हिमालको मुस्कुराहटको दृश्यले पनि सबैलाई मोहित गरेको थियो।
उत्सवमा प्रदर्शनीसँगै निग्रोधाराममा मैंत्रीभावको प्रतीक फुल आदान–प्रदान सद्भाव दिवस र दीप प्रज्वलन पनि गरिएको थियो। होलीको रङ्ग आदानप्रदान गरिएको थियो। तराईबाट हिमाल देख्न पाइने ठाउँका रूपमा विकसित भई हिमाल पर्यटनको गन्तव्य बन्न सहयोग पुग्ने लुम्बिनी विकास कोषका सदस्य रामनरेशप्रसाद कोहारले बताए।
राजकुमार सिद्धार्थले गृह त्याग गरेर भारतको बैशाली पुग्दा स्थानीयले परिचय माग्दा आफू हिमालयको देशबाट आएको भनेका कुरा उल्लेख गर्दै उनले भने 'त्यस कारण अहिले बुद्ध स्थलबाट देखिने हिमालको ऐतिहासिक सान्दर्भिकता बढेको हो।'
प्रदर्शनीको उद्घाटन लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकीप्रसाद यादवले गरेका थिए। दुई विदेशी सहित ६ सय बढीले प्रदर्शनी अवलोकन गरेका थिए। प्रदर्शनी गच्छामी मिडिया ग्रुप र कपिलवस्तु टुरिजमले आयोजना गरेको थियो।
बुद्धले शिक्षा प्राप्त गरे पछि फागु पूर्णिमाका दिन आफ्ना परिवारलाई भेटेर यही स्थलमा देशना दिएका थिए। त्यही दिनको सम्झना र स्मरण स्वरूपमा यहाँ उत्सव र फोटो प्रदर्शनी गरिएको हो।सो अवसरमा कपिलवस्तुका बुद्ध स्थल आसपासबाट खिचिएका मनमोहक तस्बिर प्रदर्शनी गरिएको हो। बुद्ध स्थल निग्रोधारामलाई नयाँ पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले निग्रोधाराम उत्सवको रूपमा यहाँबाट देखिएका हिमालको तस्बिर प्रदर्शन गरिएको थियो।
राजकुमार सिद्धार्थ ज्ञान प्राप्त गरेपछि बैशालीबाट राजधानी प्राचीन कपिलवस्तु पहिलो पटक प्रस्थान गरेको फागु पूर्णिमाका दिनको उपलक्ष्यमा बुद्धले देखेको त्यो हिमाल थिममा तस्बिरमा सुन्दर कपिलवस्तु फोटो प्रदर्शनी गरिएको हो।
बुद्ध स्थल तिलौराकोट, गोटिहवा, कन्थक स्तुपा, जगदीशपुर र निग्रोधाराबाट देखिएका मनमोहक र रोमाञ्चक हिमालका तस्बिरले सबै ध्यान खिचेको थियो।प्रदर्शनीमा तराईका मानवीय जनजीवन, पुरातात्त्विक स्थलको पृष्ठभूमि र खुला आकाशसँगै देखिएका अन्नपूर्ण प्रथम, धौलागिरि दोस्रो, तेस्रो र चौथौँ तथा गुर्जा हिमालका चित्ताकर्षक तस्बिर प्रदर्शनी बुद्ध स्थल निग्रोधारामा गरिएको थियो। बादलको पर्दा हटेर झुल्केको शुभ्र हिमाल हाँसेको देख्दा यहाँका बुद्ध स्थल मुस्कुराईरहेको भान हुन्थ्यो।
फोटो पत्रकार मनोज पौडेल र बृजेश जयसवालले खिचेका मन छुने र चित्ताकर्षक १० तस्बिर प्रदर्शनीमा राखिएको थियो। २० वाई ३० इन्च साईजको फोटो फलामको फल्याकमा राखिएको थियो। पर्यटन प्रवर्द्धन गर्दै तस्बिर प्रति रुचि बढाउन फोटो प्रतियोगिता गरिएको थियो।
प्रतियोगितामा प्राप्त भएका ६ तस्बिर मध्ये उत्कृष्ट दुई तस्बिरलाई पुरस्कार प्रदान गरिएको थियो। पहिलो पुरस्कार तौलिहवाका अनिलकुमार माली र दोस्रो पुरस्कार लुम्बिनीका लिलामणी शर्माले प्राप्त गरेका थिए। उनीहरूलाई लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्री जानकीप्रसाद यादवले जनही ५ हजार र ३ हजार सहित प्रमाणपत्र प्रदान गरेका थिए। कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेलले मनमोहक तस्बिर देखेर अचम्मित बने।
यहीका स्थानीय बासी उनले आँगनबाटै यस्तो मनमोहक तस्बिर देख्दा आफूलाई खुसी लागेको बताए। बुद्धले दरबार छाडेर ज्ञानको खोजीमा जाँदा भारतमा मगध नरेश बिम्बीसारले तपाई को र कहाँबाट आउनु भएको भन्दा म हिमालको काख मुनिबाट आएको उत्तर दिएका थिए। त्यही हिमाल आसपासका मनमोहक र चित्ताकर्षक तस्बिर यहाँ प्रदर्शनी गरिएको थियो।
लुम्बिनी विकास कोष तौलिहवा सम्पर्क कार्यालयका प्रमुख माधव आचार्यले ईश ६३६ डिसेम्बरमा चिनियाँ पैदल ह्वेयङ साङ् तिलौराकोट आउँदा लेखेको यात्रा विवरणमा उल्लेख जस्तै हिमालका तस्बिर देख्दा आल्हादित बने।
‘तिलौराकोट माथि नै झुन्डिए जस्तो धौलागिरि हिमाल देख्दा खुसी भए,’ उनले भने, ‘तस्बिरले तिलौराकोटको मनमोहकतालाई थप उजागर गरेको छ।’फोटो पत्रकार जयसवालले दुई वर्ष यता मौसम अनुकूल हुँदा समय छोपेर निक्कै मेहनत गरेर फोटो खिच्न सफल भएको बताए। यसले इतिहास प्रमाणीकरण गरेको छ। बुद्धस्थलसंगै देखिने रोमाञ्चक हिमालले एकै ठाउँमा हिमाली र पुरातात्त्विक सामाञ्जस्यताको उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सहयोग पुग्ने उनले बताए।