धोकेबाज गीत विवादमा शिव परियार भन्छन्,‘गीत चोरेर गाइएको होइन’
०७ चैत्र २०७९
•
२ मिनेट पाठ
धोकेबाज गीत विवादमा शिव परियार भन्छन्,‘गीत चोरेर गाइएको  होइन’
गायक शिव परियारले ‘धोकेबाज हौ तिमी’ गीतको विवाद गर्नुपर्ने कुनै आधार वा आवश्यकता नभएको बताएका छन्। 




सामाजिक सञ्जालबाट मंगलबार विज्ञप्ति जारी गर्दै उनले गीतका मेल, फिमेल र चाइल्ड भर्सनका तीनै गायक गायिका आधिकारिक र ओरिजिनल गायक गायिका भएको बताएका हुन्।

उक्त गीतका आधिकारिक स्रष्टा र संगीतकार सुवास कार्की रहेको समेत उनले उल्लेख गरेका छन्। उनले जस लिन खोजिएको भन्ने विवादलाई ‘अप्राकृतिक कन्ट्रोभर्सी’ आकर्षित गर्ने प्रयास भएको बताएका छन्।

पछिल्लो समय एलिना चौहानले गाएको उक्त गीतको फिमेल भर्सन व्यापक हिट भएपछि शिवले आफ्नो स्वरमा रहेको मेल भर्सन आफ्नै भएको भन्दै एक टीभीमा अन्तर्वार्तामा बताएका थिए। त्यसपछि उनी  विवादमा तानिएका थिए।  

धोकेबाज हौ तिमी प्रेस विज्ञप्ति

धोकेबाज हौ तिमी गीतका बारेमा पछिल्लो समय मिडियामा आएका बनिबनाउ प्रहार पूर्ण समाचारका सम्बन्धमा मेरो आधिकारिक विचार– पहिला कसले गाएको? पछि कसले गाएको? भन्ने बनी बनाउ कन्ट्रोभर्सी  खबरबाट मेरा सबैजना प्रिय शुभचिन्तकहरू कृपया सावधान र सतर्क रहिदिन विनम्र अनुरोध गर्दछु। ‘धोकेबाज हौ तिमी’ गीत यस गीतका ‘आधिकारिक स्रष्टा/सङ्गीतकार सुवास कार्की ‘कार्की जी’ ले आधिकारिक रूपमा मेल ,फिमेल र चाइल्ड तीन ओटा भर्सनमा यो गीत बजारमा अफिसियल रेकर्डिङ र प्रकाशन गर्नु भएको छ। यसमा स्वर दिने कुनै पनि गायक गायिकाले यो गीत मेरो मात्र हो अरूको होइन भन्ने अभिव्यक्ति कतै लेखेको वा दिएको अवस्था पनि होइन, छैनौ र चोरी चकारी वा कभर गरेर हामी कसैले गाएको पनि हैनौँ । यस गीतलाई मेल, फिमेल, चाइल्ड यी तिनै भर्सनमा आफ्नो स्वर दिएर गाउने गायक गायिका नै यस गीतका आधिकारिक र ओरिजिनल गायक गायिका हुन। यो विषयमा कुनै विवाद गर्नुपर्ने आधार या आवश्यकता मैले देखेको छैन। आधिकारिक रूपमा स्पष्ट पार्दछु। यति सहज र सरल र विषयमा कुरा बुझेर पनि, जानेर पनि बुझ पचाएर प्रहार गर्ने उद्देश्यले यो अप्राकृतिक कन्ट्रोभर्सी आकर्षित देखिन्छ। यो वास्तविकतादेखि सतर्क र सावधान भइदिन, यस्ता हल्लाका पछि नदौडिन, र कुरा नबुझी गालीगलौजको भाषा प्रयोग गरेर कमेन्ट गर्न हतार नगरौँ। मेरा समस्त प्रिय शुभचिन्तकहरूमा अनुरोध गर्दछु। 
अर्को समाचार
एलिना चौहानको गीत ‘कट्टा हान्दिन्छु’ लाई लाग्यो चोरी आरोप
२३ माघ २०८०
•
१ मिनेट पाठ
एलिना चौहानको गीत ‘कट्टा हान्दिन्छु’ लाई लाग्यो चोरी आरोप
एलिना चौहानको गाएको गीत 'कट्टा हान्दिन्छु' ले निकै चर्चा बटुल्यो। गीत युट्युबको ट्रेडिङमा समेत पर्यो। तर अहिले त्यहि गितमाथि चोरीको आरोप लागेको छ।




गायक विश्वराम कार्कीले उक्त गीत आफ्नो गीत 'कट्टा हानिदिन्छु' बाट हुबहु चोरिएको बताएका छन्।

कार्कीले उक्त गीत आफूले एक वर्ष अगाडि नै  रेकर्ड गराएको र अडियो पनि सार्वजनिक पनि भएको बताएका छन्। अडियो पहिल्यै नै सार्वजनिक भएपनि भिडियो भने निकाल्न ढिला भएको उनको भनाइ छ।

आफ्नो गीतामा सान दिनेलाई सान दिन्छु, मान दिनेलाई मान दिन्छु । धेरै बढी बोलिस् भने कट्टा हानिदिन्छु भन्ने भएको साथै एलिनाको गीतमा सान दिनेलाई सान दिन्छु, मान दिनेलाई मान दिन्छु। धेरै बढी बोलिस् भने मायामा कट्टा हानिदिन्छु भन्ने रहेको र गीतमा मायामा मात्र थपिएको र अन्य सबै उस्तै भएको उनको दाबी छ।

एलिनाको स्वर रहेको 'कट्टा हान्दिन्छु' गीतको भिडिओ ओबी रायमाझी युट्युब अकाउन्टमार्फत सार्वजनिक भएको हो। यस गीतको भिडियोमा रायमाझीले समेत खेलेका छन्।

उक्त गीतसँग संयोगले मिलेपनि आफूरहरुले गीत नचोरेको रायमाझीको दाबी छ।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १२ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस