भक्तपुरमा बिस्केट जात्रा आउँदै छ भनेपछि एक साथीको प्रतिक्रिया थियो–‘कुकिज’ जात्रा। जात्राबारे सामान्य जानकारी पनि नभएकाले उनले बिस्केटलाई बिस्कुट ठानेर अनजानमै गरेको हल्का टिप्पणी थियो यो, तर इतिहासकार संस्कृतविद् तथा जात्रालुको नजरबाट हेर्ने हो भने यो जात्रा कुकिजजस्तो हल्का नभएर कोहिनुर हिराजस्तै मूल्यवान् भएको प्रस्ट देखिन्छ।
‘जसरी हिरामा कोहिनुर प्रख्यात छ, त्यसैगरी भक्तपुरको सबैभन्दा ठुलो जात्रा बिस्का अमूल्य छ,’ संस्कृतविद् तेजेश्वरबाबु ग्वंगः भन्छन्, ‘सांस्कृतिक, सामाजिक र सद्भावका हिसाबले यो जात्रा उच्चकोटिको छ। जात्राको उज्यालोमा सिंगो नगर रमाउँने बताउँदै उनले भैरवको रथ अगाडि बढेजस्तै जात्राले यहाँका मानिसलाई जीवनमा अगाडि बढ्ने उत्साह समेत दिने। बोलीचालीको भाषामा अप्रभंश भएर बिस्केट भनिए पनि बिस्काः नामले यो जात्रा प्रख्यात रहेको उनले बताए।
संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ पनि बिस्कालाई विभिन्न नाम राखेर अवमूल्यन गर्न नहुने बताउँछन्। ‘कसैले जान अन्जानमा गरेको यो हल्का टिप्पणीले जात्राको महानतालाई घटाउँदैन,’ उनले भने, ‘बिस्का भक्तपुर र नेवार समुदायको मात्र नभएर सिंगो सभ्यताको समृद्धिको प्रतीक रहेको छ।’
बुद्धले सगरमाथाले नेपाल चिनाएजस्तै मूत–अमूर्त सम्पदाले नेपाल संसारमा चिनाउँदै गएको उनी बताउँछन्। ‘बिस्का जात्राका भिडियोहरूले सामाजिक सञ्जालमार्फत संसारको ध्यान तानेको छ,’ उनले भने, ‘नेपालको मौलिक र समृद्धिको प्रतीक यो जात्राले सिंगो नेपालको सान बढाएको छ।’
सिंगो नेपालको सान बढाउने भक्तपुरको यही ठुलो बिस्का जात्रा सोमबारबाट सुरु हुँदै छ। भैरवको रथ तानेर सुरु हुने बिस्का पर्वसँगै प्राचीन नगरीमा खुसी छरिने छ। टोलटोलमा नाँचगान, घरघरमा छरिएको जात्राको रौनकले नगर झनै जीवन्त देखिन्छ।
चैत २७ देखि भक्तपुरको टौमडीबाट रथ तानेर सुरु हुने उत्सव नौ दिन आठ रात चल्नेछ। रंगीबिरंगी कपडामा सजिएका भक्तपुरवासी तान्त्रिक विधिअनुसार बिस्केट उत्सवमा सहभागी भएर रथ तान्दै गर्दा नगर जात्रामय देखिन्छ। ‘चैत मसान्तमा भेलुखेलमा लिंगो उठाउँदा होस् वा वैशाख १ गते लिंगो ढाल्दा, दुवैमा नगरवासीको उत्साह उस्तै देखिन्छ,’ ग्वंगः भन्छन्, ‘दुवै दिन जात्रा जीवन्त हुन्छ। दुवै दिन संस्कृति उभिन्छ।’
संस्कृतिविद् श्रेष्ठ बिस्कामा मात्र हैन, भक्तपुरको समग्र जीवन जात्रामय भएको बताउँछन्। ‘यहाँ बाँचेका र मरेका सबैका लागि जात्रा मनाइन्छ,’ उनले भने, ‘हाँसो र आँसुको संगम बनेको छ, भक्तपुरको जात्रा।’
लिच्छवि र मल्लकालमा राजनीति र प्रशासनिक क्षेत्रमा समेत प्रभावशाली रहेको भक्तपुरले समयसँगै यसको प्रभाव गुमाउँदै गए पनि संस्कृति भने जोगाउन सफल भएको उनी सुनाउँछन्। ‘जात्राले भक्तपुर निकै समृद्ध छ,’ उनले भने, ‘समृद्धिको यो इतिहासले निरन्तरता पाउँदा खुसी लाग्छ।’
जात्राले केटाकेटीदेखि वृद्धवृद्धासम्मलाई छपक्कै पार्छ। यसको उमंगमा सबै रमाउँछन्। जात्राको समयमा टोल–टोलमा नाचगान, घरघरमा रौनक देखिन्छ। संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः जात्रा भक्तपुरको ढुकढुकी भएको जात्रा चलुन्जेल भक्तपुर बाँच्ने सुनाउँछन्। ‘त्यसैले ससाना केटाकेटीदेखि वृद्धवृद्धा सबै जात्रामा उत्साहित हुन्छन्,’ उनी भन्छन्, ‘यस्तो लाग्छ, जात्राले यहाँका मानिसलाई बाँच्न सिकाएको छ।’
यहाँका जात्रासँग विभिन्न किंवदन्ती र मिथक जोडिएको संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः सुनाउँछन्। ‘कतै कथा जोडिएका छन्, कतै इतिहास,’ उनले भने, ‘यहाँको जीवन जात्रासँग जोडिएको छ।’
भक्तपुरवासीको सांस्कृतिक मोहले जात्रा तथा पर्वहरू जीवन्त बन्दै गएको संस्कृतिविद् प्राध्यापक पुरुषोत्तमलोचन श्रेष्ठको अनुभव छ। उनी भक्तपुरमा मनाइने जात्राले थुप्रै सन्देश दिने सुनाउँछन्। बिस्केटको लिंगो उठाउने र ढाल्ने प्रक्रियालाई प्रकृति र पुरुष समागमनको अवस्था भएको बताउँछन्। ‘त्यो आकाश र पृथ्वीको मिलनको जात्रा हो,’ उनले भने, ‘त्यसैले लिंगो उठाउँदा र ढाल्दा सर्वसाधरण उस्तै रमाउँछन्।’
पछिल्लो समय जात्रामा युवा सहभागिता बढेको छ। रथ तान्ने कार्यक्रममा युवा समुदायको सक्रियता अधिक देखिन थालेको छ। सांस्कृतिक जगेर्नामा युवाले हात बढाउने क्रम बढ्दा बुढापाका हर्षित भएका छन्।
जात्रामा बुढापाकाको सहभागिता घट्दै गए पनि युवा सहभागिता भने बढ्न थालेको छ। कला-संस्कृतिमा उनीहरूको माया यसपटक पनि बिछट्टै देखियो। जात्रालाई भनेर टोलटोलमा धिमे बजाउने अभ्यास गरिएको छ। रथको डोरी तान्न युवाले थुुप्रै पसिना बगाएका छन्। यस्तो लाग्छ, रथको डोरीसँगै युवा पिँढीले संस्कृति तानिरहेका छन्।
विगत र अहिलेका जात्रामा धेरै फरक देखिए पनि जात्रामा आउने उत्साह भने एकै रहेको बुढापाका सुनाउँछन्। ‘हरेक समय जात्रामा आउने मानिस फेरिएका छन्, तर उनीहरूको उत्साह एकै प्रकारको देखिन्छ,’ ७७ वर्षीय पूर्ण सुवाल भन्छन्, ‘जात्राले जहिले पनि भक्तपुरलाई उत्साह दिएर जाने गरेको छ।’
ठुलो जात्रामा सानातिना विकृति पटक्कै नदेखिने भन्ने हुँदैन। तर जात्राको महत्व बुझाउँदै यसलाई समय अनुसार परिमार्जन गर्दै लैजानुपर्ने कतिपयको बुझाइ छ।’ जात्राको मौलिकता नगुम्ने गरी यसलाई समयसाक्षेप गर्नु जरुरी छ,’ संस्कृतिविद् ओम धौभडेल भन्छन्, ‘योभन्दा पहिला जात्रा मनाउनेलाई जात्राको खास अर्थ बुझाउन आवश्यक छ।’
बिस्केट रथ तान्ने काममा हुने झडपलाई उनी संस्कृतिबारेको राम्रो ज्ञान नभएको बताउँछन्। ‘रथलाई सन्तुलन मिलाउन दुवैतिर डोरी राखेर रथ तान्ने प्रक्रियाको सुरुवात भएको हो,’ उनले भने, ‘जात्राको महत्व नबुझ्दा रथ आफ्नोतर्फ लैजान होडबाजी हुने गरेको छ।’
सानातिना कमजोरीका बाबजुद बिस्का आफैमा ठुलो उत्सव हो। जात्राप्रति स्थानीयको मोह यति धेरै थियो कि भूकम्पको समयमा टेका लगाएका घर आँगन हुँदै समृद्धिको रथ गुडेको थियो। ‘जात्रा सुखको मात्र होइन, दुःखको पनि साथी हो,’ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः थप्छन्, ‘त्यसैले बिस्का हाम्रो अमूल्य निधि हो।’