पोखरामा मंगलबार जनवादी गायक-गायिका गुन्जिँदै छन्। राष्ट्रका लागि संगीत अभियात्रा, जनसांगीतिक प्रस्तुतिअन्तर्गत पोखरामा मंगलबार जनवादी गीतहरू प्रस्तुत गर्न लागिएको हो। पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार दिउँसो १ बजेदेखि जनवादी गायक-गायिकाहरूले जनवादी गीत प्रस्तुत गर्ने पोखरामा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
देशव्यापी अभियानका रूपमा सञ्चालन गरिएको कार्यक्रममा ‘सिमली छायाँमा बसी’,‘झरनाको चिसो पानी’लगायत चर्चित गीतका वरिष्ठ जनगायक जीवन शर्मालगायतले प्रस्तुति दिने जनाइएको छ। करिब साढे दुई घण्टाको कार्यक्रममा जनवादी गायक, गीतकार तथा संगीतकार माधव प्रधान, मणि थापा, उदय श्रेष्ठ, ओम श्रेष्ठ, चिरन सी र कर्ण विद्रोहीले प्रस्तुति राख्ने जनाइएको छ। त्यस्तै, जनवादी गायक तथा संगीतकारहरू निलिमा पुन, नारायण शर्मा, मोहित श्रेष्ठ, उदय रिजाल, रेश्मी बुढामगर, डम्बर भण्डारी, काजीबाबु श्रेष्ठ, विकाश लुंगेली, नारायण दंगाललगायतको पनि प्रस्तुति रहने जनवादी कलाकार चिरन सीले जानकारी दिए। कार्यक्रममा जनवादी नर्तक सन्ध्या मगर, आकृति भण्डारी, कविता पुनलगायतको नृत्य, लक्ष्मण पाख्रिन, अनु शर्मा, लक्ष्मी केसीलगायतको गायन प्रस्तुतिसमेत रहने उनले बताए।
पत्रकार भेटघाटमा वरिष्ठ जनवादी गायक जीवन शर्माले निराश जनतालाई आशाको सञ्चार गराउन जनसांगीतिक अभियात्रा कार्यक्रम देशव्यापी अभियानका रूपमा लिएर हिँडेको बताए। ‘देश संकटमा पर्दा हामी चुप लागेर बस्नु हुँदैन। त्यसैले आशाको सञ्चार गराउन अभियात्रा अभियान लिएर हिँडेका हौं,’उनले भने। छाडा, अश्लील र अराजकता बढ्दै गयो भने देश कहाँ पुग्छ? भन्ने प्रश्न गर्दै उनले अगाडि थपे, ‘आर्थिक संकटले देश कतै श्रीलंका हुने हो कि भन्ने चिन्ता छ। विखण्डनतिर देश गइरहेको छ, त्यसप्रति सचेत गराउनु पनि अभियानको उद्देश्य हो।’
वरिष्ठ जनवादी गायक शर्माले नकारात्मक र अश्लील गीत अरू भाइरल भइरहेकोप्रति चिन्ता व्यक्त गरे। ‘गाली गर्यो, भद्दा बोल्यो भने भाइरल हुन्छ,’उनले भने, ‘तर राष्ट्रको गीत गाउने, क्रान्तिको बिगुल फुक्ने, जनताको मर्म भन्नेहरूको आवाजचाहिँ दबिनु राम्रो होइन।’उनले जनवादी कलाकारले पुरानै गीत भजाएर खाइरहेको भन्ने आरोपप्रति भने असहमति जनाए। उनले भने, ‘हामीले पनि नयाँ गीत गाइरहेका छौं। हामीले पनि मेला, महोत्सवमा प्रस्तुत गर्ने खालका गीत ल्याइरहेका छौं तर हाम्रा गीतलाई भन्दा भाइरलको पछि दौडिँदा हामी छायाँमा परेका मात्र हौं।’
वरिष्ठ जनवादी गायक शर्माले देश र जनताका लागि लडेकाहरूले उनीहरूको वास्तविक पीडालाई सम्बोधन नगरेकामा आक्रोश पोखे। उनले आवश्यक परे ती कम्युनिस्ट नेताविरुद्ध जनवादी गीत, संगीतमार्फत धावा बोल्न पछि नपर्ने उनको प्रष्टोक्ति थियो।
जनवादी गायक, गीतकार तथा संगीतकार चिरन सीले राष्ट्रका लागि संगीत अभियात्रा, जनसांगीतिक प्रस्तुति कुनै पनि पार्टीलक्षित अभियान नभएको स्पष्ट पारे। अभियान समाजमा रहेका विकृति, विसंगतिविरुद्ध लक्षित रहेको उनको भनाइ थियो। ‘हरेक क्रान्तिमा जनवादी कलाकारको योगदान छ। नेतालाई नपत्याउँदा हामी कलाकारले आह्वान गरेर क्रान्ति र आन्दोलन अघि बढायौं। त्यही क्रान्ति र आन्दोलनमा होमिँदा कैयौं सहिद भए। कैयौं घाइते, अपांग भए, कैयौंविरुद्ध झुटा मुद्दा लाग्यो तर आज समानता र न्याय स्थापित हुन सकेन। त्यसैले न्याय र समानताको पक्षमा आवाज उठाउन पनि हामीले अभियान सञ्चालन गरेका हौं,’ उनले भने।