सर्वमान्य हुँदैन सिर्जना
१६ वैशाख २०८०
•
६ मिनेट पाठ
सर्वमान्य हुँदैन सिर्जना
प्रकाश सपुतको गीत ‘सकम्बरी’ सामाजिक चर्चामा छ अहिले। पक्ष–विपक्ष, समर्थन वा विरोधका कुराहरू आइराखेका छन्। सबै सिर्जना अपवादबाहेक सार्वकालिक, सर्वमान्य तथा सर्वस्वीकार्य भइराख्दैनन्। विवादमा परेको कुरालाई अन्यथा मान्नुहुँदैन। स्वाभाविक रूपमा लिनुपर्छ। फेरि सबै सिर्जना कालजयी हुन्छन् भन्ने पनि हुँदैन। त्यसको महत्व र सान्दर्भिकता समयको सापेक्षतामा आधारित हुन्छ। सम्झन्छु केटाकेटी हुँदा आमा, दिदी, भाउजूहरूले गाउनुभएका पंक्तिहरू टिकटकको युगमा रमाइरहेका पुस्ताका लागि असान्दर्भिक छन ! अहिले सम्झनामा रहेका त्यसबेला उहाँहरूले गाउने पंक्ति थिएः




‘छोरी आउन काशी नेपाल दिएका

राम्रा–राम्रा नाति काखमा लिएका

कोरून् बाटून् केस लामा ती टाला

हातमा लाऊन् सुनका बाहिँ बाला

घरमा झ्यालमा बसेर दुलही गाँसून् बोहोती दुना

घरकै लक्षणले गरेर दिनदिन आइरहून् पाहुना

घरकी सुन्दरी नातिनीहरू हऊन् खेलीरहून् पुतली

यस्तो सब परिपाठ मिलोस् र घरको स्वाँउदथ्यो त्यो नली।’

माथिल्लो पहिलो खण्डका चार पंक्ति केटाकेटीमा मैले सुनेका पंक्ति हुन्। सम्झना रहेकै थियो। दोस्रो खण्डका चार पंक्ति गाइएका थिए होलान्। तर मेरो सम्झनामा थिएन। ‘लोकमञ्जरी’ (वर्ष १, पूर्णाङ्क १, वैशाख, २०७५, उदयपुर) हातमा पर्यो। ‘श्रुतिपरम्परामा जीवित चर्चित कवि लोकनाथ’ भन्ने रोचक घिमिरेले लेख्नुभएको आलेख पढ्दा थाहा भयो। यसका सर्जक लोकनाथ पोख्रेल (१९३३–१९९४) हुन्।  

त्यसबेला जनजीवनमा त्यो कविता कसरी भिजेको रहेछ भन्ने कुराको पुष्टि घिमिरेले लेख्नुभएका पंक्ति आफै गर्दछन्। ‘पूर्वी नेपालको गाउँघरका सुन्दर कुनाकाप्चासम्म अत्यन्त लोकप्रिय भएका जनजिब्रोमा रहेको कविता ‘नलीकाण्ड’ का केही पंक्ति हुन्। यी आफ्नो बाल्यकालमा हजुरआमा, आमाहरूले गुनगुनाएको सुन्थें। मेरी पत्नीका अनुसार उनकी आमा र ठुली दिदीहरूको कण्ठमा पनि यी पंक्तिहरू झुन्डिएका थिए अरे। यसरी रामेछापकी मेरी हजुरआमा, आमा, दिङ्ला भोजपुरकी मेरी जेठी सासू अनि ताप्लेजुङकी मेरी सासूसम्मका नारीहरूबीच ज्यादै लोकप्रिय भएको रहेछ। यो कविताले मेरा पिता सोमनाथ घिमिरे ‘व्यास’, उहाँका मित्र साम्वभक्त सुवेदी ‘मुरारी’, पिताजीका मावली दाइ जयप्रसाद दाहालहरूले पनि यो कविताबारे चर्चा गरेको सुन्थें।’

पारिजातको ‘शिरीषको फूल’ की सकम्बरी र प्रकाश सपुतको गीतकी पात्र ‘सकम्बरी’ सिर्जनाका भिन्न कालखण्डका भिन्न पात्र हुन्। नाम मिल्नासाथ एकै भोगाइ र नियति हुन्छ भन्ने हुँदैन। आफ्नी सकम्बरी पात्रबारे सपुतले के भनेका छन्, त्यो त मलाई थाहा भएन। अस्तित्ववादी वा निस्सारतावादी अर्थात् नैराश्यवादी जे जस्तो समालोचकीय दृष्टिकोणले ‘शिरीषको फूल’ वा त्यसकी पात्र सकम्बरीलाई भन्ने गरेको पाइन्छ। स्वयम् पारिजातले भने यसरी आफ्ना भाव व्यक्त गरेको पाइन्छ।  
त्यसरी जनजिब्रोमा झुन्डिएर राज गरेको यो कविताको पंक्ति त्यसबेला सान्दर्भिक थियो, अहिले छैन। साहित्यिक इतिहासको एक कालखण्डको प्रतिनिधित्व भने गर्ने गर्छ। यसले तत्कालीन सामाजिक अवस्था र चेतनाको स्तरलाई बोध गराउँछ। भानुभक्त आचार्यको ‘वधू शिक्षा’ ऐतिहासिक मकैपर्वका नायक कृष्णलाल अधिकारीको ‘धर्मकुमारी शिक्षा’, नीलहरि ढकालको ‘छोरीलाई अर्ती’ (यो कृतिको रचनाकार सम्बन्धमा विवाद पनि छ), भीमनिधि तिवारीको ‘सहनशीला सुशीला (नाटक) जनप्रिय थिए। त्यसबेलाको समाजले रुचाएको तिवारीको कृतिकी पात्र सुशीलालाई अहिलेको पुस्ताले कहाँ रुचाउँछ ? करिब दुई दशक अगाडि नै ‘आधुनिक सभ्यताका अनुयायी केही महिलाहरूले विवाहको बन्धनलाई अस्वीकार गर्दै अरू प्रचलित स्वतन्त्रतासँगै आफ्नो स्वच्छन्द यौनजीवन पाउनुपर्छ भन्ने माग चरित्रहीन चेलीका नामबाट उठाएका थिए (राप्रउ पोखरेल, विचार मीमांसा, भृकुटी एकेडेमिक पब्लिकेसन्स)। हेनरी इब्सन (सन् १८२८–१९०७) को ‘पुतलीको घर’ नाटककी पात्र विद्रोही नोरालाई रुचाउँछन् बरु। सन्तान पारिवारिक दायित्वप्रति विमुख नोराको कमजोर पक्षलाई अहिलेको पुस्ताले बेवास्ता गर्छ जस्तो लाग्छ। सयौंचोटि भए पनि सहूँ भनेर बस्ने सुशीलाको समर्पणवादलाई अहिलेको महिला पुस्ताले कहाँ ग्रहण गर्छ ? त्यसैले सिर्जना समय सापेक्ष हुन्छन्। अपवादबाहेक ती सबै सार्वकालिक र सर्वमान्य हुन्छन् भन्ने हुँदैन।  

पारिजातको ‘शिरीषको फूल’ की सकम्बरी र प्रकाश सपुतको गीतकी पात्र ‘सकम्बरी’ सिर्जनाका भिन्न कालखण्डका भिन्न पात्र हुन्। नाम मिल्नासाथ एकै भोगाइ र नियति हुन्छ भन्ने हुँदैन। आफ्नी सकम्बरी पात्रबारे सपुतले के भनेका छन्, त्यो त मलाई थाहा भएन। अस्तित्ववादी वा निस्सारतावादी अर्थात् नैराश्यवादी जे जस्तो समालोचकीय दृष्टिकोणले ‘शिरीषको फूल’ वा त्यसकी पात्र सकम्बरीलाई भन्ने गरेको पाइन्छ। स्वयम् पारिजातले भने यसरी आफ्ना भाव व्यक्त गरेको पाइन्छ।  

‘उपन्यासको चर्चा र सफलताले अब धेरै व्याप्त भइसकें। सोचेकी थिएँ, त्यसको पनि केही माने लाग्छ तर निस्सारता सायद मानिसको अन्तिम खुड्किलो हो र जहाँबाट साटिने ठाउँ छैन। जब एउटा तरुण तथा आधुनिक ठिटो आउँछ र उत्सुकताका साथ भन्छ– तपाईं सकम्बरी। मलाई लाग्छ भनिदिऊँ– त्योभन्दा हतमागिनी पारिजात। तर त्यसो भन्दिनँ र ठट्टा गर्नपट्टि लाग्छु– तपाईंलाई कस्तो लाग्यो ? मानिसहरू मलाई सकम्बरीमा देख्न थालिसके, आत्मसात गर्न थालिसके (शंकर लामिछाने, बिम्ब–प्रतिबिम्ब, बुकहिल संस्करण)।’  

पारिजातकी सकम्बरीलाई बुझ्ने प्रामाणिक र आधिकारिक पात्र भनेका स्वयम् पारिजात र त्यसको भूमिका लेखक शंकर लामिछाने हुन् भन्ने लाग्छ।  

त्यसैले प्रकाश सपुतको गीतले एकपल्ट पारिजातको सकम्बरीलाई सम्झाइदिएको छ। उसलाई बुझ्ने प्रयत्न छ तर कुनै धारणा भने बनेको छैन। मात्र सकम्बरीको रूपमा उसको नारी अस्तित्वलाई सम्मान गर्छु, सम्झन्छु।  

प्रकाश सपुतको सकम्बरीको हकमा भन्नुपर्दा विभिन्न कालखण्डका महिलाका जीवन र उसको भोगाइलाई पनि हेर्नुपर्ने हुन्छ। वैदिककालीन महिला पात्र माधवीलाई उदाहरणमा लिन सकिन्छ। राजा यायतीकी पुत्री अर्थात् राजकुमारी माधवी एक तपस्वी गालवको आश्रममा रहन्छिन्। गालवले उनलाई एकपछि एक राजाको संसर्गमा जान भन्छन्। सर्तसहित एक÷एक गरेर चार जना राजासँग रहनुपर्ने र उनीहरूबाट एउटा छोरा जन्मेपछि छोड्नुपर्ने। यसरी चार राजाको संसर्गबाट चार सन्तानकी आमा भइन् माधवी। जब उनलाई आफ्ना मातापिताकहाँ पठाइन्छ, त्यसपछि गालवले उनलाई विवाह गर्न विवश पार्छन्। स्वयंवरको आयोजना गरिन्छ। तर माधवीले स्वयंवरको वरमाला वृक्षमा लगेर राखिदिन्छिन्। उनको त्यो प्रतिक्रिया त्यस कुराको सूचक थियो कि अब उनी वनमा गएर तपस्वीको जीवन बिताउन चाहन्छिन्।  

त्यसैले प्रकाश सपुतको गीतले एकपल्ट पारिजातको सकम्बरीलाई सम्झाइदिएको छ। उसलाई बुझ्ने प्रयत्न छ तर कुनै धारणा भने बनेको छैन। मात्र सकम्बरीको रूपमा उसको नारी अस्तित्वलाई सम्मान गर्छु, सम्झन्छु।  
तिनै वैदिककालीन माधवीको जीवनलाई महिला पक्षीय स्रष्टा मदनमणि दीक्षितको संवेदनशील हृदयले बुझ्यो, चिन्यो। त्यसपछि माधवी उपन्यासले जन्म लियो। वैदिककालीन माधवीलाई समाजले चिन्ने, थाहा पाउने मौका पायो। सबै महिला वा पुरुष जो भए पनि उनीहरूको जीवन र भोगाइलाई एउटै मानकमा कैद गर्न सकिँदैन। एउटै रूपमा परिभाषित हुँदैनन्। जसले जसरी भोग्छ उसले त्यसरी नै जीवनलाई बुझ्छ। गीतकार सपुतकी पात्र सकम्बरीको भोगाइलाई मात्र एउटा बिम्बका रूपमा लिनुपर्छ। त्यसलाई सिर्जनशील अद्भुत क्षमताका प्रकाश सपुतले चिन्न सके। उनको खुबीको प्रशंसा गर्नुपर्छ। सिर्जना विवादमुक्त भएन। त्यसैले गीत अझ चर्चामा रह्यो। सामाजिक आकर्षण ह्वात्त बढ्यो। विरोधका स्वरलाई सपुतले विनम्रताका साथ सम्मान र सम्बोधन गर्नुपर्छ। सिर्जनामा व्यक्त निखारपन आउनका लागि आएका स्वर हुन् भन्ने कुरालाई आत्मसात गरेमा सपुतलाई घाटा होइन, नाफा नै हात पर्ने छ। फेरि सिर्जना समय, काल र परिस्थिति सापेक्ष हुन्छन् भन्ने कुरालाई सबै पक्षले मनन गर्नुपर्छ। प्रतिष्ठाको विषय बनाइरहनुपर्छ जस्तो लाग्दैन। 
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
•
२ मिनेट पाठ
शिखर यात्रामा डा.पुष्करराज भट्ट
लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 




भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
रमितेखोलो
रमितेखोलो
टङ्क भट्टराई टङ्क भट्टराई • · २१ वैशाख २०८१ · ११ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस