समग्र भक्तपुरलाई चिन्ने फोटो प्रदर्शनी शुक्रबारदेखि भक्तपुरमा सुरु भएको छ।
भक्तपुरको दतात्रयस्थित डी टेम्पल क्याफेभित्रको सानो चोकमा दुई दिने फोटो प्रदर्शनी सुरु भएको हो। यहाँ राखिएको तस्बिरको अवलोकनपछि समग्र भक्तपुरलाई चिन्न सकिन्छ। किनकि यहाँ समग्र भक्तपुरलाई झल्काउने तस्बिरहरू रहेका छन्।
यी तस्बिरहरूको पाँच मिनेटको अवलोकनपछि समग्र भक्तपुरलाई नजिकबाट चिन्ने अवसर प्राप्त हुने छ। यहाँ ५० तस्बिरहरू प्रदर्शन गरिएका छन्।
तस्बिरहरूमा भक्तपुरको जात्रा, चाडपर्व, रहनसहन, जनजीवन, संस्कृति, जीवनशैलीलगायतका तस्बिरहरू समावेश छन्। कति तस्बिरहरू अहिलेको अवस्थामा देख्न नसकिने लोप भइसकेका तस्बिरहरूसमेत समावेश छन्। यसले यसअघिको भक्तपुरलाई चिन्न पनि सहयोग मिल्ने छ। यस हिसाबले सम्पूर्ण फोटोहरूको अवलोकनपछि समग्र भक्तपुरलाई चिन्न सकिन्छ।
भक्तपुरकै अमित बनमाला र अमेरिकन नागरिक डीजे हिनम्यानको संयुक्त फोटो प्रदर्शनी सुरु भएको हो। अमितको २५ र डीजेको २५ गरी कुल ५० वटा फोटोहरूको प्रदर्शनी सुरु भएको हो।
भक्तपुर इनसाइड एण्ड आउट नाम दिइएको प्रदर्शनीमा अमितका सबै कलर र डीजेका सबै फोटोहरु श्वातश्वेतका छन्। अमित नयाँ पुस्ताको डिजिटल जमानाको भएर कलर र डीजे पुरानो पुस्ताको भएर श्यामश्वेत फोटोहरु प्रदर्शनी गरिएका हुन्।
अमित भक्तपुर नगरपालिका वडा नं १० कै ३२ वर्षीय स्थानीय युवा फोटो पत्रकार हुन् भने डीजे ७५ वर्षीय अमेरिकन नागरिक हुन्। डीजेले वर्षमा एक पटक नेपाल घुम्न आउँदा पाँच वर्षमा खिचेका भक्तपुरका तस्बिरहरू प्रदर्शनीमा राखिएका छन्।
प्रदर्शनी बिहानदेखि बेलुकीसम्म रहने जनाइएको छ। औपचारिक रुपमा दुई दिन मात्रै प्रदर्शनी रहे पनि अनौपचारिक रुपमा दुई दिनपछि पनि फोटो त्यही नै झुण्डिरहने र हेर्न सकिने जनाइएको छ।
प्रदर्शनीको उद्घाटन दुवै फोटोग्राफरद्धय अमित र डीजेले संयुक्त रुपमा गरेका थिए। कार्यक्रम उद्घाटन समारोहको ब्यानरको दुवै छेउमा छोपेर राखेका आआफ्नो फोटोलाई देखाएर उनीहरूले संयुक्त रुपमा फोटो प्रदर्शनीको उद्घाटन गरिएको हो।
कार्यक्रममा वरिष्ठ फोटो पत्रकार मीनरत्न बज्राचार्यले पाँच मिनेट पनि नलाग्ने समग्र भक्तपुरलाई चिनाउने यो सुवर्ण अवसर भएको बताए। फोटोग्राफी इन भक्तपुरको आयोजना भक्तपुरेन्स इन फोटोग्राफीको आयोजनामा प्रदर्शनी सुरु भएको हो।
भक्तपुरेन्स इन फोटोग्राफी पेजका एडमिन मध्येका एक सुदीप सुवालले भक्तपुरमा आर्ट ग्यालरी बन्दोबस्त नभएको अवस्थासम्ममा यही ठाउँलाई आर्ट ग्यालरीको रुपमा अगाडि बढाउने योजना रहेको सुनाए। उनले यो पहिलो फोटो प्रदर्शनी रहेर सुरुवाती थालेको र आगामी दिनमा यस्ता क्रियाकलापलाई अझ अगाडि बढाउने योजना रहेको सुनाए। पेजका अर्का एडमनि फोटोग्राफर अमित हुन्। प्रदर्शनीको प्रवेश निःशुल्क रहेको छ।
प्रदर्शनीमा राखिएका तस्बिरहरू खरिद पनि गर्न सकिने व्यवस्था रहेको जनाइएको छ। साथै अमेरिकन नागरिकले खिचेर प्रदर्शनमा राखिएका फोटोको अन्य कपी पनि ल्याइएको छ।
यदि यी फोटोका व्यक्ति तथा परिवारका कोही सदस्यले प्रदर्शनीमा आएर आआफ्नो फोटो लिन चाहेमा निःशुल्क दिन पनि सकिने व्यवस्था रहेको जनाइएको छ।