किताबमा कैंची
१३ जेष्ठ २०८०
•
७ मिनेट पाठ
किताबमा कैंची
‘तिमी त किताब धेरै पढ्छौ, हाम्रो स्कुलको पुस्तकालयमा केही किताब सुझाइदिनु पर्‍यो,’ एकजना साथीले सहयोग माग्यो।




मलाई हल्का लाज लाग्यो। भनें, ‘किताब धेरै पढ्ने त होइन तर किताबहरूमा चासो चाहिँ छ।’

मैले भन्न खोजेको कुरो साथीले बुझ्यो बुझेन तर फेरि जिरह गर्‍यो, ‘तिमीलाई मन परेका किताबहरू छानिदेऊ। पैसो मैले तिर्ने भएँ।’

यसपछि मैले उसको विद्यालयका लागि चार लाख रूपैयाँ बराबरका किताब छानिदिएँ।

एउटा स्कुल सञ्चालकलाई एउटा विद्यालयको पुस्तकालयमा कस्ता किताब राख्ने, कुनै जानकारी नभएको देख्दा मन खिन्न भइरह्यो।

नेपालमा कस्ता पुस्तक पढ्ने, छान्ने स्कुलका सञ्चालकलाई थाहा छैन। उता अमेरिकामा भने स्कुल प्रशासनले कस्ता पुस्तक बालबालिकालाई पढाउने भन्ने कडा नीतिनियम छ। खासगरी पछिल्लो समय एउटा नियम पारित हुँदै छ। आउँदो सातादेखि अमेरिकाका केही राज्यका स्कुलहरूमा खास खास किसिमका पुस्तकहरू राख्न नपाइने, राखिए १ लाख डलरसम्मको जरिबाना तिराइने भएको छ। यसमा अमेरिकाको टेनेसी, टेक्सस, ओक्लाहामाका विद्यालयमा प्रकाशकका केही खास पुस्तकहरूले प्रवेश पाउने छैनन्।

यसरी विद्यालय र सार्वजनिक पुस्तकालयले एकसाथ पुस्तकका विषयवस्तुमाथि चासो लिन थालेपछि बुद्धिजीवीहरूले कडा शब्दमा निन्दा गर्न थालेका छन्। केहीले त यसविरुद्ध आन्दोलनसमेत गर्न थालेका छन्।

नेपालमा कस्ता पुस्तक पढ्ने, छान्ने स्कुलका सञ्चालकलाई थाहा छैन। उता अमेरिकामा भने स्कुल प्रशासनले कस्ता पुस्तक बालबालिकालाई पढाउने भन्ने कडा नीतिनियम छ।
यही मौकामा केही पुस्तक पसलेहरूले ‘प्रतिबन्धित पुस्तक’ भन्ने एउटा बेग्लै र्‍याक पनि बनाउन थालेका छन्। ‘खबरदार, यी किताब खतरनाक छन्,’ शीर्षकमा कयौं पुस्तक पसलेहरूले यस्ता किताबहरू राख्न थालेका छन्। काठमाडौंको एडुकेसनल बुक हाउसमा छिर्नुभयो भने पनि प्रतिबन्धमा परेका ‘क्लासिक’ किताबहरूको र्‍याक फेला पार्नु हुनेछ।

किताबमा के राख्ने, के नराख्ने भन्नेबारे प्रकाशक कसरी हाबी हुँदै छन् भन्ने एउटा सानो उदाहरण म्यागी तोकुदा हल पनि हुन्। उनले लेखेको चित्रपुस्तक ‘लभ इन द लाइब्रेरी’लाई बालपुस्तक प्रकाशक स्कोलास्टिकले पुनः प्रकाशनका लागि माग्दा केही जापानविरोधी शब्दहरू हटाउन आग्रह गर्‍यो।

लेखिकाले आफ्नो भनाइमा जापानका बारेमा र जापानी-अमेरिकीहरूका बारेमा टिप्पणी गरेकी थिइन्। ती टिप्पणी ‘पोलिटिकल्ली गम्भीर’ किसिमको भएको प्रकाशकको भनाइ थियो। तर लेखिकाले बरु आफ्नो किताब स्कोलास्टिकले नछापोस्, आफूले लेखेका शब्द शब्दमा गरिने त्यस्तो छँटनी मान्य नहुने बताइन्।

शब्दका छँटनी त सामान्य कुरा भए, यहाँ ठुलाठुला समस्या तेर्सिन थालेका छन् र केही लेखकहरूले स्कुले पुस्तकालयहरूमा ‘सेन्सरसिपको नयाँ युग’ सुरु भएको भन्दै कडा शब्दमा निन्दा गर्न थालेका छन्।

अमेरिकाका केही राज्य र स्थानीय कानुन बनाउनेहरूले स्कुल तथा पुस्तकालयमा के पढाउने, के नपढाउने भन्नेबारे सूची बनाउँदा बनाउँदै २ हजार ५ सय ७१ वटा शीर्षकका पुस्तकहरू प्रतिबन्धित सूचीमा परेका छन्। यो त सन् २०२२ को सूची हो र अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भइसकेको अवस्था छ। अमेरिकन लाइब्रेरी एसोसिएसनका अनुसार तीमध्ये धेरैजसो चाहिँ लैंगिक अल्पसंख्यक र केही चाहिँ काला जातिमाथि हुने विभेदका विषयमा लेखिएका पुस्तकहरू पर्ने गरेका छन्।

खासगरी ‘क्रिटिकल रेस थ्योरी’ शीर्षकका पुस्तकहरू स्कुलमा राख्न नपाइने नियम लगाइएपछि सो विधामा पर्ने जतिसुकै राम्रा किताबहरू पनि पुस्तकालयमा छिर्न नपाउने देखियो। एक लाख डलरसम्मको जरिबाना थपिएपछि चाहिँ शिक्षक तथा पुस्तकालयकर्मीहरूले किताबहरू नराख्ने, राखे पनि ती विधालाई छल्ने गरी राख्ने गरेका छन्।

यसरी अमेरिकामा प्रतिबन्ध लगाउने राज्यहरू करिब आधा दर्जन पुगिसकेका छन्। यस किसिमको प्रतिबन्ध सिर्जना र पाठक दुवैका लागि खतरनाक हुने आवाज पेन अमेरिका फाउन्डेसनले उठाइरहेको छ।

शब्दका छँटनी त सामान्य कुरा भए, यहाँ ठुलाठुला समस्या तेर्सिन थालेका छन् र केही लेखकहरूले स्कुले पुस्तकालयहरूमा ‘सेन्सरसिपको नयाँ युग’ सुरु भएको भन्दै कडा शब्दमा निन्दा गर्न थालेका छन्।
अमेरिकाका टेक्सस, फ्लोरिडा, मिसोरी, युटाह र साउथ क्यारोलिना राज्यसम्म यस्तो प्रतिबन्ध फैलिइसकेको छ। यसलाई मलजल गर्ने एउटा संस्था ‘मम फर लिबर्टी’ले कानुन निर्माताहरूलाई यस्तो कानुन बनाउन पैरवी गरिरहेको छ।

यदि लैंगिक अल्पसंख्यकका विषयमा लेखिएको उपन्यास हो भने त प्रतिबन्ध लागिहाल्छ। खासगरी ‘एलजिबिटिक्यु प्लस’ शीर्षक वा विषय भएका किताबलाई सिधै ‘अश्लील’को श्रेणीमा राख्न थालिएको छ तर कुन सन्दर्भमा ती किताब लेखिए भन्ने कुरालाई ध्यानमा नराख्दा विद्यार्थीहरू एउटा पूरै विषयमा घनघोर अन्धकारमा पर्ने पेन अमेरिका फाउन्डेसनको धारणा छ। कतिसम्म भने कला इतिहासका किताबहरूमा जब ‘होलोकस्ट’ (यहुदी सफाया)को प्रसंगमा पनि किताब प्रतिबन्धित भएका छन्।

खासगरी अमेरिकाको फ्लोरिडा राज्यको प्यारेन्टल राइट्स इन एजुकेसन यति शक्तिशाली छ कि त्यसले सुझाएअनुसारका किताब हटाउन थालेपछि कयौं स्कुलका पुस्तकालयका र्‍याकहरू नै खाली र पुस्तक शून्य हुन पुगेका छन्।

यस्तो अवस्था आएपछि केही राज्यका शिक्षकहरू आतंकित हुन पुगेका छन्। कतिपय राजनीतिक नेताहरूले पनि यस्ता प्रतिबन्धलाई राजनीतिको फाइदाका लागि उठाइरहेका छन्। पुस्तक प्रतिबन्धित भयो भनेर आवाज उठाउनेहरूलाई वामपन्थी समेत भनिन थालेको छ। अमेरिकामा वामपन्थी हुनु अपराधसरह मानिन्छ। केही वामपन्थीका कारण बालबालिकाहरूलाई यौनका बारेमा प्रदूषण फैलाई तिनको जीवन नष्ट पार्न खोजिएको पुस्तकविरोधीहरूको जिकिर छ।

अब त कानुन नै बनिसक्यो। शिक्षकहरूले ठुलो आर्थिक जरिबानाबाट जोगिनका लागि ती विषयमा झोसपोल नपरोस् भनेर सजिलो र उम्कने बाटो खोज्न थालेका छन्। एरिजोना राज्यमा त यौनसम्बन्धी कुनै विषय पढाउनुपर्ने भए सुरुमा अभिभावकहरूको संगठनसँग स्वीकृति लिनुपर्छ। उनीहरूको स्वीकृतिबेगर पढाए शिक्षकलाई मुद्दा चल्ने अवस्था छ।

यस्तो भएपछि स्वास्थ्य विज्ञान पढाउने कतिपय शिक्षकहरू त पेसा नै परिवर्तन गर्ने मनस्थितिमा पुगेका समाचार बाहिरिएका छन्। ‘सेक्स’ शब्द नै प्रतिबन्धित भएपछि त जब जब त्यसको उच्चारण हुन थाल्छ, ती शिक्षक वा व्यक्तिमाथि विद्यार्थी वा अभिभावकले मुद्दा हालेर जेलै पुर्‍याउन सक्छन्।

खासगरी अमेरिकाको फ्लोरिडा राज्यको प्यारेन्टल राइट्स इन एजुकेसन यति शक्तिशाली छ कि त्यसले सुझाएअनुसारका किताब हटाउन थालेपछि कयौं स्कुलका पुस्तकालयका र्‍याकहरू नै खाली र पुस्तक शून्य हुन पुगेका छन्।
यो अवस्था र ‘१९८४’ उपन्यासमा वर्णित अवस्थामा के फरक हुन थाल्यो त भनेर प्रश्न गर्नेहरू पनि बढ्न थालेका छन्।

यस्तो दुरावस्थाका बारेमा के सबै अभिभावकहरू यसमा सहमत छन् त? हालै अमेरिकाको फक्स न्युजले गरेको सर्भेमा ७७ प्रतिशत अभिभावकहरू यस्तो सेन्सरका कारण निकै चिन्ता लागेको बताएका छन्। पुस्तकलाई कहिल्यै पनि प्रतिबन्धित बनाउन नहुने उनीहरूको जिकिर छ। कतिसम्म भने किताबकै माध्यमबाट छलफल हुने र मानिसले कुरा बुझ्ने भएकाले यौन, जातीय विभेद, दासता, अमेरिकी इतिहासमाथि आलोचनात्मक चेतजस्ता कुरा बालबालिकालाई पढ्नबाट रोक्न नहुने अभिभावकहरूको मत छ।

पछिल्लो समय स्कुले पुस्तकालयमा छिरेको ‘किताब आतंक’को मूल जरो भने अर्कै छ। संसारभर नै केही वर्षयता लैंगिक अल्पसंख्यकमाथि आख्यान, गैरआख्यान र अश्लील आख्यानको बाढी उल्कैसँग बढेको छ।

यस किसिमको बाढीपछि केही अभिभावकहरू सशंकित हुन थालेका छन्। कलिला दिमागमा कतै अश्लील समलैंगिक आख्यानहरूको बाढीले उनीहरू बहकिने र अन्तै पुग्ने हुन् कि भन्ने चिन्ता चुलिएको छ। त्यसमाथि केहीले कलिलो मस्तिष्कमा आफ्नो यौनिकता के हो भनेर दुविधामा रहेकाहरूलाई समयमै यसको जानकारी हुनुपर्छ भन्ने तर्क राख्नेहरू पनि छन्। यसलाई यौनसर्जरीको उद्यम चलाउनेहरूको ठुलो षडयन्त्रका रूपमा मान्नेहरू पनि छन्।

अमेरिकामा सन् २०२२ मा आफूलाई लैंगिक अल्पसंख्यकका रूपमा चिनाउनेको प्रतिशत ७.१ थियो भने सन् २०२१ मा ५.६ प्रतिशत थियो। अझ ६ जनामध्ये एक जनाले त आफूलाई लैंगिक अल्पसंख्यक भनी चिनाउने गरेको हालै वासिङ्टन पोस्ट पत्रिकाले गरेको छ। यो आतंकका कारण पनि अनुदारवादीहरूले किताबमाथि आक्रमण गरिरहेका छन्।

पछिल्लो समय स्कुले पुस्तकालयमा छिरेको ‘किताब आतंक’को मूल जरो भने अर्कै छ। संसारभर नै केही वर्षयता लैंगिक अल्पसंख्यकमाथि आख्यान, गैरआख्यान र अश्लील आख्यानको बाढी उल्कैसँग बढेको छ।
जुन देश ‘फ्रिडम अफ एक्सप्रेसन’लाई मूल मर्म मान्छ, त्यही देशका पुस्तकालयभित्र पन्पिरहेको संकटले संसारका जुनसुकै कुनाका पुस्तकालयमा ढिलोचाँडो समस्या निम्त्याउँछ नै ! यसमा सचेत भएर विकसित भइरहेका यस्ता समस्यामाथि दृष्टि लगाउनै पर्छ।

(द वासिङ्टन पोस्ट, न्युयोर्क टाइम्स र इन्टरनेटका विविध सामग्रीमा आधारित)
अर्को समाचार
गीतकार पुरस्कार सागर उदासलाई
२३ घण्टा अघि
•
१ मिनेट पाठ
गीतकार पुरस्कार सागर उदासलाई
गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ।




नगद ११ हजार १११ रुपियाँ, दोसल्ला र सम्मानपत्रसहितको पुरस्कार प्रतिष्ठानले आफ्नो छैटौँ वार्षिक साधारण सभाको अवसर पारेर आगामी मङ्सिर १९ गते शनिवार पोखरामा प्रदान गर्ने अध्यक्ष अनुराग अधिकारीले जानकारी दिए। यसअगि ५ हजार ५५५ रुपियाँ दिइँदै आएकामा यस वर्षदेखि पुरस्कारको राशि ११ हजार १११ रुपियाँ पुर्‍याइएको अध्यक्ष अधिकारीले जनाए।

तनहुँको दमौलीमा रहेर करिब ४ दशकदेखि गीत लेखनमा क्रियाशील सागर उदासको पहिलो गीत ‘हिँडेको छु छातीभरि व्यथाहरू बोकी...’ बोलमा रेडियो नेपालमा २०५१ सालमा रेकर्ड भएको थियो। उनका सागरभित्रका कर्णहरू (२०५२), सागर सुसेली (२०७९) र फैलिन्छ कि माया (२०७९) गरी ३ गीतसङ्ग्रह प्रकाशन भएका छन् भने आभार (२०६०) र रवि (२०७०) गरी २ गीतिएल्बम सार्वजनिक भएका छन्।

उनका जिउँदाको जन्ती..., फुल्यो गुराँस तारे भिरैमा..., घाम पनि माग्छु‍..., छैन है रहर... लगायत गीत चर्चित छन्। गण्डकी वाङ्मय प्रतिष्ठानका पूर्वअध्यक्षसमेत रहेका उनले २ दर्जनभन्दा बढी सम्मान र पुरस्कार प्राप्त गरेका छन्।

प्रतिष्ठानका पूर्वअध्यक्ष शीतल गिरीको संयोजकत्वमा यसअगि सम्मानित प्रतिभा सरस्वती श्रेष्ठ ‘सरू’ र सङ्गम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले सदस्य तथा अध्यक्ष अनुराग अधिकारी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै उदासलाई पुरस्कार प्रदान गर्ने निर्णय प्रतिष्ठानले गरेको हो।

उक्त पुरस्कारबाट यसअगि गीतकार प्रकट पगेनी ‘शिव’, सरस्वती श्रेष्ठ ‘सरू’, शीतल कादम्बिनी र आरजु विष्ट ‘सल्यानी’ पुरस्कृत भइसकेका छन्।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस