'उपन्यासलाई नाटकमा उतार्न गाह्रो भयो'
१२ चैत्र २०७३
•
७ मिनेट पाठ
'उपन्यासलाई नाटकमा उतार्न गाह्रो भयो'
जनकपुरमा रहँदा रेडियो नाटक गर्दागर्दै मैथिली नाट्यकर्मी रविन्द्र झाको सहयोगमा सरिता साह रंगमञ्चमा प्रवेश गरेकी हुन्। नाटककै लागि २०६९ मा काठमाडौँ आएकी उनले शिल्पी थिएटरको नाटकघर बनाउँदा इँटा बोक्दै त्यहीँ अभिनय पनि सिकेकी हुन्। शिल्पीमै उनले धेरै वटा नाटक गरिन् र अभिनय कुशलताका कारण थुप्रै प्रशंसा पनि पाइन्। शिल्पीको गोठाले नाटकघरमा मञ्चन गरिएको कुमार नगरकोटी लिखित 'कोमा' को अभिनय उनको पहिलो रंगमञ्चीय अभ्यास हो। त्यसपछि फ्रान्सेली नाटककार मोलियरको नाटक 'तार्तुफ'को नेपाली अनुवाद 'तार्तुफ उर्फ झलेन्द्रप्रसादको लीला' मा डिम्पलको भूमिकामा उनलाई सबैभन्दा धेरै रूचाइयो। यसबीच धेरै प्रकारका नाटक गरिसकेकी सरिता अहिले नाटक निर्देशनमा उत्रिएकी छन्। उनी निर्देशित नाटक 'लू' अहिले अनामनगरस्थित मण्डला थिएटरमा चैत २० गतेसम्म मञ्चन भइरहेको छ। नयनराज पाण्डेको चर्चित उपन्यासलाई उनले नाटकमा ढालेकी हुन्। उनीसँग अभिनय, निर्देशन र नेपाली रंगमञ्चबारे गरिएको सात सवाल :

'लू' मञ्चनको योजना कसरी बन्यो?

झण्डै डेढ वर्षअगाडि मैले लू पढेको थिएँ। पहिलोपटक किताब पढेर म रोएको थिएँ। सबै कुरा नमिले पनि तराईको परिवेशका धेरैजसो कुरा आफ्नो जीवनसँग पनि मेल खान्थ्यो। नाटकमा काम गरिरहेको भएर कसैले यसलाई नाटक बनाए हुन्थ्यो भन्ने लागिरह्यो। तर, सबैले यो किताब धेरै भारी छ सकिँदैन भन्ने कुरा गरे। केही समयपछि आफै गर्छु भनेर उपन्यासका लेखकसँग स्त्रि्कप्ट लेखिदिन अनुरोध गरेँ। उहाँले आफू नभ्याउने, बरु मलाई नै लेख्न भन्नुभयो। मैले स्त्रि्कप्ट लेखेँ। त्यसपछि लेखक पाण्डेलगायत अरुलाई पनि देखाउँदै पुनर्लेखन गर्दै नाटक तयार पारेँ। अबचाहिँ मञ्चनका लागि तयार भयो भन्ने भएपछि ताण्डव थिएटरले निर्माणको जिम्मा लिने भयो अनिमात्र यसको मञ्चन समभव भएको हो।

उपन्यासलाई नाटकमा ढाल्दा अप्ठ्यारो भएन?

एक त 'लू' आफैमा धेरै चर्चित किताब हो। उपन्यासभित्रका कथाहरू सबै उत्तिकै महŒवका छन्। पात्रहरू पनि सबै उत्तिकै महŒवपूर्ण छन्। नाटकले एकएक पात्र र घटना समेट्न नसक्ने भएकोले के राख्ने के नराख्ने भन्ने निर्णय गर्न सबैभन्दा गाह्रो भयो। सबै घटना र पात्रका कथालाई समेटेर अर्थपूर्ण बनाउनु साह्रै नै गाह्रो काम रहेछ। धेरैभन्दा धेरै काम स्त्रि्कप्टमा गर्नुपर्ने भयो। स्त्रि्कप्ट तयार भइसकेपछि मञ्चन त खासै अरु नाटकजस्तै नै हो।

नाटक हेरेपछि 'लू' उपन्यासका लेखकको प्रतिक्रिया कस्तो आयो?

उहाँले तीन वटा कमेन्ट गर्नुभयो। एउटा, कमेडी धेरै भयो भन्नुभयो। दोस्रो, राजनीतिक विषयवस्तुचाहिँ अलि छायाँमा पर्‍यो भन्नुभयो। अर्काेचाहिँ भल्गारिटी भयो कि भन्ने प्रतिक्रिया दिनुभयो। धेरै गह्रौँखालका राजनीतिक कुरा समावेश भए दर्शकले मन नपराउलान् कि भन्ने शंका पनि थियो। यति हुँदाहुँदै पनि हामीले उपन्यासका तीनवटा कुराचाहिँ समावेश गरेका छौँ– नेपालको सीमा मिच्ने काम, इलैयाको प्रेम र तराईको गरिबीको भयानक चित्र।

उपन्यासका कति कथाचाहिँ नाटकमा नबुझिने र धमिला आए भन्ने पनि सुनियो नि?

किताब पढेर गएका दर्शकले नाटकलाई एक तरिकाको होला भन्ने सोचेर आउँदा रहेछन्। लू नपढेकाले अर्कै हिसाबले सोचेर आउँदा रहेछन्। उपन्यास पढ्दा कल्पना गरिएजस्तो कति कुरा मञ्चमा दिन पनि सकिन्न। त्यही कारण यस्तो प्रतिक्रिया आएको हुन सक्छ।

दर्शकबाट कस्ता प्रतिक्रिया पाइरहनु भएको छ?

दर्शकको प्रतिक्रियाचाहिँ मिश्रितखालका छन्। बौद्धिकस्तरका दर्शकबाट आएका प्रतिक्रियामा बौद्धिक र राजनीतिक विषय छुट्यो भन्ने सुनेको छु। केहीले चाहिँ पहिलो प्रयास हो, राम्रो गरेछौ भनेर मलाई हौसला पनि दिनु भएको छ। 

सम्झन लायकको प्रतिक्रिया केही पाउनुभयो?

सीमा मिचाइ र अत्याचार सहन नसकेर गाउँलेले भारतीय प्रहरीलाई कुटेको दृश्यमा दर्शकहरू जोशमा आएर ताली पिट्छन्। त्यतिबेला चाहिँ अद्भूतखालको रोमाञ्चकता अनुभव गर्छु। खास थिएटरको नियमअनुसार नाटकको बीचमा ताली बजाउन मिल्दैन। यद्यपि, दर्शकको मनोभाव न हो त्यसलाई रोक्न सकिन्न। त्यसरी ताली बजाएको सुन्दा भने हामीले देखाउन खोजेको कुरामा सफल भएछौँ भन्ने अनुभव हुन्छ।

फेरि अर्काे नाटक लिएर कहिले आउनु हुन्छ?

अहिले तत्कालै निर्देशन गर्ने योजना बनाइसकेको छैन। अरुकै निर्देशनमा अभिनयचाहिँ गरिरहेको छु। हडबडीमा काम गरिहाल्ने बानी मेरो छैन। निर्देशन नै गरे पनि अलि समयपछि अझ तयारी गरेर गर्नेछु।
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
१३ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस