नेपाली उर्दू साहित्यमा 'देशप्रेम’
०१ वैशाख २०७४
•
७ मिनेट पाठ
नेपाली उर्दू साहित्यमा 'देशप्रेम’
नेपालगन्ज- जब रात ढल्यो, तब पलेटी कसेर बसेका 'सायर–नायक' अब्दुल लतीफ शौक जुरुक्क उठे। उनैलाई पर्खेर बसेका अनिँदा अनुहार अगाडि थिए।

विजुली, तुफान, कातिल, रहजन

किस किस की तुम बात करोेगे

एक है जान और लाखों दुश्मण

किस किस की तुम बात करोगे

मन को माया जाल ने मारा

तन को रोटी दाल ने मारा

सौ जख्मों से चुर हे जीवन

किस किस की तुम बात करोगे

सूफी, साधु, शेफ या ब्राह्मण

सब ने तोडा प्रेमका दर्पण

किस किस की तुम बात करोगे

८० वर्षे यी सायरले वर्तमान समयमाथि तिखो प्रहार गरिरहँदा नेपालगन्जस्थित एक होटलको सभाकक्षमा जम्मा भएका मुसायराप्रेमी गम्भीर बने। शौकका शब्द–शब्दमा स्वार्थी समयरुपी चट्टानलाई छियाछिया पार्ने सामर्थ्य थियो।

क्रिएटिभ ह्यान्ड्सद्वारा गत शनिबार आयोजित 'अल नेपाल मुसायरा' मा सायरी पढ्ने उनी अन्तिम सायर थिए। नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा त्यसअघि थुप्रा सायरले देशप्रेम र राष्ट्रियता भावनालाई मजबुत पार्ने र  बिसंगतिविरुद्ध चोटिलो प्रहार गर्ने सायरी वाचन गरेका थिए। नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतीदेखि 'गजल–नायक' ज्ञानुवाकर पौडेलले दिल खोलेर उर्दू साहित्यको प्रशंसा गरे।

वषर्ौं गुजर गए हैं खिजाओं मे है चमन

मुरझा के रह गए सभी सबल व समन

हर सिम्त खारदार नजारे दिखाई दें

रह रह बढाए जाए दिलों मे सदा चुभन

फिर विजलियाँ गिरें, न हो खाक आरजू

कायम हो गुलिस्तां मे बहारों का फिर चलन

मुस्तफा अहसन कुरैसीले वषर्ौंदेखि उजाड बनेको बगैँचा र त्यहाँ ओइलाएका फूलको अवस्था चित्रण गर्दा साहित्यलाई यथार्थसँग जोड्ने स्रष्टाको चेहरा फूलझैं ओइलाएको प्रस्टै देखिन्थ्यो। 'सायरमा वास्तवमै शब्दको सामर्थ्य छ,' मध्यपश्चिम साहित्य मञ्चका अध्यक्ष खगेन्द्र अधिकारी 'अमृत' भन्दै थिए, 'यसले राष्ट्रियता र देशप्रेमको भावना मात्र बढाएको छैन, नेपाली समाजका तन्तुलाई आपसमा बलियोसँग जोड्ने काम पनि गरेको छ।'

मुसायराले जुराएर नेपाल तथा भारतका प्रख्यात सायर र नेपाली कला–साहित्यका हस्ती एउटै मञ्चमा भेला हुनुले खगेन्द्रको भनाइलाई बल पुर्‍याएको प्रस्ट देखिन्थ्यो। कार्यक्रममा उर्दू साहित्यकार मात्र होइन, नेपालीभाषी गजलकार पनि सायरीमा सुसेलिए।

पहाडÞों से नदियों को मैने निकलते देखा

ऐ सनम, पर तेरा पत्थर न पिघलते देखा

था तु ऐसे बाग मे इक फूल जैसे आतिशबाजÞी

फूलते देखा मगर न कभी झुलते देखा

मैखाने से हम और मंदिर से निकले

उसको तो देखा नहीं हमको निकलते देखा!

गजलकार ज्ञानुवाकरले हिन्दीमा सायरी वाचन गर्दा उर्दू तथा हिन्दीप्रेमी स्रष्टा सन्तुष्ट हुन सकेनन्। उनीहरुको माग थियो– गजल नायकले एउटा गजल त गुनगुनाउनै पर्छ। अर्कोतिर, सुरुमा नेपाली गजल वाचन गरेर पालो 'कट्टी' गरेकी अनुपमा करारालाई हिन्दीमा सायरी वाचन गर्न 'फर्माइस' गरियो। उनी सिर्जनामा यसरी डुबिन्-

ए आँखे मेरी झिल बन जाती है

सुनापन महफिल बन जाती है

जब दिखते हो हमे चाँदनी रात मे

ओ रात कातिल बन जाती है

नेपालमा उर्दू साहित्यको उद्गम र विकास हुने थलो हो– नेपालगन्ज। १९१४ सालपछि यहाँ गजल (शायरी) विधाबाट उर्दू साहित्य लेखनको सुरुवात भएको थियो। उर्दू साहित्यकार तथा लेखक इद्रिस खाँ सायलका अनुसार नेपालभित्र उर्दू साहित्य लेखनीलाई सुरुवातकाल (१९१४–१९६५), विस्तारकाल (१९६५–२००७) र उत्कर्षकाल (२००७ देखि हालसम्म) गरी तीन चरणमा बाँडिएको छ। मियाँ अमजद हुसेन, ताज खाँ, अन्जुम मियाँजस्ता उर्दू स्रष्टाले सुरुमा साहित्यको बीउ रोपेका थिए। भारतीय सहर लखनउबाट भित्रिए पनि नेपाली उर्दू साहित्यले नेपाली देशभक्तिको भावनालाई अभिव्यक्त गरेको हुन्छ। लेखक सायलका अनुसार सुरुका स्रष्टा अन्जुम मियाँलाई गदर विद्रोहमा क्रान्तिकारी रचना वाचन गरेका कारण जेल जानुपरेको थियो। उर्दू साहित्यको त्यही राग अहिले पनि ज्वलन्त छ, जसको नेतृत्व हाल अब्दुल लतीफ शौकले गरिरहेका छन्। उर्दू सायर जति छन्, उनीहरुको कलमबाट देशप्रेम र राष्ट्रभक्ति नै बढी  पोखिने गर्छ।

देश को देश बनाउँ यही अरमान रहे

मर भी जाउँ तो मेरे साथ ये सामान रहे

सोचना सबको पडेगा मेरे वतन के लिए

मेरे वतन पे मेरी कौम ये कूर्बान रहे

सर बुलन्दी हो हिमालय की तरह मेरा नेपाल

सारा दुनियाँ मे मेरे मुल्क की बस शान रहे

मुसायराको सुरुमै मेराज अहमदले देशको शिर ठाडो पार्ने रचना वाचन गरेका थिए, जसले हलमा भरिभराउ स्रष्टालाई देशप्रति भावुक बनायो। आयोजक संस्थाका अध्यक्ष टिएस ठकुरीका अनुसार नेपालगन्जको मौलिक पहिचान बनेको मुसायरा संस्कृतिलाई पहिलोपटक यसरी भव्यरुपमा मनाइएको हो। नेपाली गजलका हस्तीदेखि प्रज्ञा प्रतिष्ठानका उपकुलतिसम्म मुसायरामा सहभागी हुनुले यसको महŒवलाई ओजिलो बनाएको उनले बताए।
अर्को समाचार
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
११ घण्टा अघि
•
१ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत हिमालयन हार्मोनी ग्रुपसँग आफ्नो कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्।

‘मेरो कुनै पनि संलग्नता वा अनुमतिबिना एउटा गेमिङ एपले मेरो नाम र तस्बिर प्रयोग गरिरहेको जानकारी गराउन चाहन्छु। उक्त एपसँग मेरो कुनै सम्बन्ध छैन’, उनले लेखेकी छन्।

आफ्नो पहिचानको अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति जनाउँदै उनले सम्बन्धित पक्षलाई तत्काल नाम र तस्बिर हटाउन आग्रह गरेकी छन्।

‘मेरो पहिचानको यसरी अनधिकृत प्रयोगप्रति गम्भीर आपत्ति छ। तत्काल मेरो नाम र तस्बिर हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्दछु। अन्यथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनेछु’, उनले थप लेखेकी छन्।

उनले यस विषयमा सबैलाई सचेत रहनसमेत आग्रह गरेकी छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस