शृंखलाबद्ध कन्सर्ट प्रस्तुत गर्न सांगीतिक समूह नेपथ्य जापानतर्फ प्रस्थान गर्ने भएको छ। यसपालि राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएलगत्तै फुकुओका र ओसाका सहरका मञ्चमा आफूलाई उभ्याउने हिसाबले १४ सदस्यीय टोली यही अगस्ट महिनाको पहिलो साता त्यसतर्फ प्रस्थान गर्दै छ।
नेपथ्यले टोकियोस्थित ‘तोयोसु पिट’मा अगस्त ८ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ। त्यसैगरी ब्यान्डले अगस्त १२ तारिखका दिन ‘फुकुओका सिभिल हल’ र अगस्त १७ तारिखका दिन ओसाकास्थित ‘नाम्बा ह्याच’मा नेपथ्य गुन्जने छ।
‘जापानसँग धेरै सम्झना जोडिएका छन्,’ ब्यान्डका अगुवा एवम् मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘जापानसँग जोडिएका मिठा यादमध्ये केही वर्षअघि टोकियो डोममा हामीले पाएको भव्य मायाको अनुभूति पनि हाम्रा लागि अविस्मरणीय रहेको छ।’
आफूहरू जुनसुकै परिस्थिति र स्वरूपमा पुग्दा पनि जापानका दर्शकले नेपथ्यलाई सदैव न्यानो स्वागत गर्दैआएको अमृत सुनाउँछन्। नेपालीका लागि आर्थिक अवसरका हिसाबले आकर्षक गन्तव्य रहेको जापानमा पछिल्लो समय उच्च शिक्षा अध्ययन गर्न पनि उल्लेख्य संख्यामा विद्यार्थी पुग्ने गरेको पाइन्छ।
यसरी देशको पहिचानसमेत बोकेर जापान पुग्ने नेपालीमाँझ लोक भाकामा आधारित रहेर नेपथ्यले गीतहरू प्रस्तुत गर्न लागेको गायक गुरुङ बताउँछन्।
सन् २०२३ भरि आफ्ना सबै प्रस्तुतिलाई ‘मानवताका लागि संगीत’ नारासहित शृंखलाबद्ध रूपमा अगाडि बढाउने नेपथ्यले जनाएको छ।