शब्दसागरमा लुकेको मोती
१३ असोज २०८०
•
४ मिनेट पाठ
शब्दसागरमा लुकेको मोती
प्रत्येक वर्ष नेपाली भाषा साहित्यमा सयौं पुस्तक प्रकाशित हुन्छन्। जसमध्ये दश प्रतिशत जति पुस्तकले मात्र चर्चा पाउने गरेको मानिन्छ। अन्य पुस्तकहरूमा पाठकको मात्र नभएर सम्बन्धित विधामा चासो राख्नेहरू र समीक्षक, समालोचकहरूको पनि ध्यान जाने गरेको पाइँदैन। यो पढ्दा र सुन्दा नराम्रो लागे पनि भइरहेको तितो सत्य नै हो।




यसरी प्रकाशित भएका धेरै पुस्तकहरू परिचय र मूल्याङ्कनका दृष्टिले अन्यायमा परिरहेका छन्। पुस्तकमाथि न्याय गर्नका लागि प्रचार पाउनु, समीक्षा, समालोचना प्रकाशित हुनु जरुरी हुन्छ। यस दृष्टिले साहित्यकार डा. इन्दुल केसीले साहित्यिक क्षेत्रमा चर्चामा आएका र नआएका पुस्तकहरूको समीक्षासङ्ग्र्रह ‘शब्दसागरका मोती’ प्रकाशित गर्नुभएको छ। यसले सम्बन्धित पुस्तकहरूमाथि न्याय भएको छ।

डा. इन्दुल केसी नेपाली साहित्यमा समर्पित र स्रष्टा हुनुहुन्छ। उमेरले आठ दशक पार गरिसक्नुभएको भए पनि उहाँको सक्रियता प्रशंसनीय र उदाहरणीय बनेको छ। उहाँ व्यक्ति एक हुनुभए पनि अनेक व्यक्तित्वका धनी हुनुहुन्छ।
नेपाली साहित्यमा कवितालगायत विविध विधामा लेख्नुहुन्छ। भजन लेख्नुका साथै गाउनु पनि हुन्छ। संस्कृति संरक्षणका अभियन्ता हुनुहुन्छ। योग साधक र प्रशिक्षक हुनुहुन्छ। प्राकृतिक उपचार पद्धतिका चिकित्सक हुनुहुन्छ।

उहाँ योगी इन्दु आनन्द झाका रूपमा पनि परिचित हुनुहुन्छ। नेपाल सरकारका पूर्व प्रशासक पनि हुनुहुन्छ। नेपाल स्रष्टा समाजका आजीवन विशिष्ट सदस्य हुनुहुन्छ। उहाँले नै नेपाल स्रष्टा समाजको विधानको मस्यौदा तयार पार्नुभएको थियो। पत्रकारिता पनि गर्नुहुन्छ। विभिन्न विषयमा प्रशिक्षण दिनुहुन्छ। अनुसन्धान गर्नुहुन्छ। समाज सेवा पनि गरिरहनुहुन्छ। यसरी उहाँको जीवन विविध विषय र क्षेत्रमा विभाजित भएको भए पनि सफलतापूर्वक सक्रिय जीवन बिताइरहनुभएको छ। यो नै इन्दुल केसी हुनुको गौरव र विशेषता पनि हो।

डा. केसीको पछिल्लो सिर्जनात्मक पुस्तक ‘शब्दसागरका मोती’ समीक्षात्मक सङ्ग्र्रह प्रकाशित भएको छ। यसभित्र भाषा, साहित्य, कला, संस्कृति विषयका बाईसवटा पुस्तकहरूको समीक्षात्मक परिचय रहेका छन्। जसलाई समीक्षक डा. केसीले आफ्नो अध्ययन, अनुभव र अनुभूतिको त्रिवेणी भन्नुभएको छ। यद्यपि उहाँले आफ्नो लेखकीयको प्रारम्भमा नै म कवि, लेखक, टिप्पणीकार हुँ भन्न चाहन्नँ र हुँदा पनि होइन, केवल एक साहित्य अनुरागी मात्र हुँ भन्नुभएको छ। तर समीक्षाको पुस्तक नै प्रकाशित गरिसकेपछि आपूmलाई अनुरागी मात्र भन्नु उहाँको महानता हो।

यस समीक्षा सङ्ग्र्रहमा ओतबहादुर खड्काको ‘वेद के भन्छ?’, वेदान्त स्वामी प्रभुपादको ‘इशावास्योपनिषद’, महात्मा सुशीलको ‘पाशुपत योग’, योगाचार्य उद्धवप्रसाद भट्टराईको ‘साधना सूत्र’, टीकाराम उपाध्याय अर्यालको ‘जीवन दर्शन’, शताब्दीपुरुष सत्यमोहन जोशीको ‘महर्षि याज्ञवल्क्य’, एस पी आशाको ‘छ्यासमिस’, राहुल सांकृत्यायनको ‘बौद्ध दर्शन’, भजन कवि केशव राजभण्डारीको ‘भजन गङ्गा’, जीवन अधिकारीको ‘प्राचीन विश्व इतिहासको सङ्क्षिप्त चर्चा’का बारेमा परिचयात्मक समीक्षा यस पुस्तकमा रहेको छ।

त्यस्तै वासुदेव ढकालको ‘उत्तरी ध्रुव प्रदेशको यात्रा’, परशु प्रधानको ‘धनियाँ’ कथासङ्ग्रह, प्रजापति तिमिल्सिनाको ‘कालो पहाड’ (उपन्यास), चूडाप्रसाद चौलागाईको ‘विषय र विवेचना’ (लेखसङ्ग्रह), निर्मला श्रेष्ठको ‘आफू अरूका लागि’ (निबन्धसङ्ग्रह), साधुराम गिरीको ‘मान्छे, प्रकृति र भेगन’, प्रकाशप्रसाद उपाध्यायको ‘छेउ न टुप्पो’ (निबन्धसङ्ग्रह), विष्णुप्रसाद ओलीको मुक्तकसङ्ग्रह, पदम दाहालको ‘आँसुको दह’, सरोजिनी तण्डुकार र राम अर्यालको ‘सङ्गीत मन्थनाञ्जली’ जस्ता विविध विषय र क्षेत्रका पुस्तकलाई समीक्षात्मक रूपमा परिचय गराउने काम ‘शब्दसागरका मोतीभित्र’ भएको छ।

त्यस्तै यस सङ्ग्रहमा नेपाल भाषाका दुईवटा पुस्तकको समीक्षा पनि रहेका छन्। पशुपतिमान पःमाँ (प्रधान)को  घनगः घाः अर्थात् मुटुको घाउ (कथासङ्ग्रह) र प्रेमकृष्ण ताम्राकारको मतिना या सः अर्थात् पैमको आवाज (कवितासङ्ग्रह) को पनि समीक्षा रहेको छ।
यसरी यस सङ्ग्रहमा कथा, कविता, निबन्ध, नाटक, यात्रा, मुक्तकलगायत वेद, ईशावास्योपनिषद, योग, बौद्ध दर्शन, ध्यान, भजन, प्राचीन इतिहासजस्ता विविध विषयका पुस्तकलार्ई समीक्षक डा. इन्दुल केसीले सङ्ग्रहमा समेट्नुभएको छ।

यस समीक्षासङ्ग्रहको भाषा सरल र बोधगम्य छ। समीक्षासङ्ग्रह भनिएको भए पनि अन्य सामग्रीहरू पनि छन्, जुन नराखिएको भए विधागत उन्नयनका दृष्टिले पनि महत्त्व बढ्न सक्थ्यो कि? जे भए पनि यति धेरै विषयका पुस्तकहरूलाई डा. इन्दुल केसीले समीक्षात्मक टिप्पणी गर्नुभएर सकेसम्म न्याय गर्न खोज्नुभएको छ। यो पनि उहाँमा भएको ज्ञान र सक्रियताको उदाहरण बनेको छ। यसरी नेपाली साहित्यका विविध विषयका पुस्तकहरूको समीक्षासङ्ग्र्रह प्रकाशन गर्नु प्रशंसनीय कार्य भएको छ।
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
२१ मिनेट अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५३ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस