तेजस्विनी सदन र पाठकीय दृष्टि
११ मंसिर २०८०
•
४ मिनेट पाठ
तेजस्विनी सदन  र पाठकीय दृष्टि
२०८० सालको असोज महिनामा  उपन्यासकार अतुल पोखरेलको तेजस्विनी सदन  उपन्यासको लोकार्पण कार्यक्रममा म पनि साक्षी बनेकी थिएँ। गुरु बलराम पोखरेलका छोरा र विराटनगर , मेरा माइती ठाउँका स्रष्टा भनेपछि लेखकलाई भेटने मभित्र उत्कण्ठा जागेको थियो , पूरा गरेँ। त्यही समय विमोचित कृति  हात परेको थियो।  केही दिन खर्चिएर  बल्ल पढेर तुर्याएँ।  ६१ अध्याय र  ५३९ पृष्ठमा  लेखिएको पुस्तक बाहिरबाट हेर्दा नै भव्य  देखिन्छ।  आकर्षक आवरण चित्र र शीर्षकले मलाई पढ्ने हुटहुटी जगायो। पढेँ र पाठक प्रतिक्रिया  लेख्न मन लाग्यो।




स्रष्टाले प्राक्कथनमा स्विकारेका छन्, प्रस्तुत उपन्यास प्रेमको एक पोको मात्रै हो। स्रष्टा र पाठकबीचको प्रेमानुभूति साटासाटको प्रयास हो। साँच्चै किताब पढिसक्दा मलाई लाग्यो , यहाँ त मृदुल र सरोजिनीको प्रेम, सुचित्राको  एकराजप्रतिको प्रेम, एकराजको सिमरिकाप्रतिको प्रेम, तेजस्वीनी र शार्दुलप्रतिको प्रेम  अचम्मको घटना र परिघटनाको समागम बनेको छ , सिङ्गो उपन्यास।

एकराज  एउटा गोठालो हो,  जो  बाँसुरी   मीठो बजाउँछ।  उसको बाँसुरी नै उसको परममित्र हो।  एकदिन  उसले  जङ्गलमा बाँसुरी बजाउँदै गर्दा सदनभित्रको मचानमा एउटी सुन्दरी  सिमरिकालाई देख्छ।  ऊ उसको सौन्दर्यमा मोहित हुन्छ। प्रेममा फस्छ।  उनलाई पाउने उसको जीवनको लक्ष्य बन्छ। ऊ बाँसुरी बेचेर, आफ्नो घर, गाईवस्तु छोडेर सदनभित्र कामको खोजीमा पस्छ। काम पाउँछ। बिस्तारै उसले त्यहाँका ठूला साना सबै सदस्यको मन जित्छ। ऊ उनलाई पाउन हरेक दुखद् र कठोर अवस्थालाई पनि  स्विकारेर  आशालाई मर्न नदिइ पर्खिरहन्छ।  सदनका माथिल्ला तप्काका  पात्रले  समेत सिमरिका उसैको हुनेछे भन्ने भरोसा दिएका थिए तर समयको उतारचढावमा  के भयो जान्नका लागि पढनुस् , तेजस्विनी सदन।

तेजस्विनी सदन उपन्यासभित्र एकराजको  कथा मात्र होइन ,बहुल पात्रको प्रेमकथा व्यक्त भएको  छ। जङ्गलको बीचमा रहेको  तेजस्विनी सदनभित्रको भव्य परिवेश  उपन्यासमा पढ्दै गर्दा संभ्रान्त  परिवार, कुनै दरबार वा अझ भनौँ   राणाकालीन  पात्र ,चरित्रको झझल्को आउँछ। परिवारको जेष्ठ पात्र  मृदुल,  उनकी पत्नी तेजस्विनी हुन्। दुनियाँको नजरमा  सिमरिका , उनीहरूको सन्तान भए पनि खासमा मृदुलका भाइ शार्दुल र तेजस्विनीका सन्तान हुन्। उपन्यासका केही अध्यायमा  देवर भाउजूको अनौठो प्रेम पोखिएको छ। शार्दुुलकी पत्नी  सुचित्रा पतीबाट तिरस्कृत छिन्। उनीहरूको बीचमा दम्भको  पर्खाल छ जसले नाम मात्रको पतीपत्नी रहेका छन्। शार्दुल एउटा उदण्ड पात्रको रूपमा प्रस्तुत भएको छ। अन्यत्र  स्वास्नी राख्दै हिंडने घिनलाग्दो बहादुर हो , ऊ।  सुचित्रा एकराजप्रति प्रेम दर्शाउँछिन् तर सिमरिकाको प्रेममा  ऊ अन्धो  छ। भव्य र आलिशन महलभित्रका   पात्रहरूको मनोविज्ञान र यौन उत्कण्ठालाई उपन्यासले खोतलेको छ। पारिवारिक स्नेहको अभावमा कसरी पात्रहरू विक्षिप्त बन्नुपरेको छ? त्यस अवस्थालाई  उपन्यासकारले मीठो प्रस्तुति दिएका  छन्।

प्रत्येक अध्यायले नयाँ पात्र जन्माउँछ र पात्रले घटना, परिघटना निर्माण गर्दै  उपन्यास अघि बढेको छ  जसले कौतुहूलता र रोचकता  थपेको छ तर  पात्रहरूको बाहुल्य र केही अध्यायमा जङ्गल र प्रकृतिको अनावश्यक वर्णनले झर्को पनि लाग्ने गर्छ। कतिपय लेखकीय विचारले मन छुन्छ।  लेखकको जन्मभूमि  नेपाल र कर्मभूमि   विदेश भएर  होला , उपन्यासमा   पूर्वीय र पाश्चात्य चिन्तनको प्रभाव परेको छ।

उपन्यासको अन्तिमतिरको चरणमा  आइपुग्दा  शार्दुललाई जङ्गली घिसिङहरूले मारिदिन्छन्। घिसिङ महिलाहरूप्रतिको कुकृत्यले उसको जीवनलीला सकिन्छ।  उसै बेला अनेक प्रपञ्च रचेर मृदुल माझीकी छोरी सरोजिनीसँग बिहे गरेर गृहत्याग गर्छन्। एकैपटक घटेका यी घटनाहरूले  तेजस्विनी सहन सक्दिनन् र बहुलाउँछिन्।  एकराज सदन छाडेर हिंड्छ। सुचित्रा एक्लै परेको अवस्थामा कथा सकिन्छ।

कथा दुखान्तमा सकियो भनेर पाठकको मन खल्लो हुन्छ। मेरो मनले सुटुक्क भन्छ, ‘पाश्चात्य शैलीको मान्यतालाई बोकेको सिर्जना!’तर त्यो होइन रहेछ। जब उपसंहार पढें, अलिकति रहस्य, अलिकति पूर्णता पाएँ। स्रष्टाको यो खण्डमा २१ वर्षपछिको घटनालाई  लेखकले सुटुक्क वर्णन गरेका रहेछन्।  

मैले बुझे अनुसार उपन्यास भनेको एउटा सिङ्गो जीवनको चित्रण हो। मुख्य पात्रको जीवनमा घटेका घटनाहरू, उतारचढावको  चित्रण हो। पुस्तक पढिसकेपछि आफैसँग प्रश्न गरेँ , यसमा प्रमुख पात्र को हो? एकराज , मृदुल , शार्दुल , तेजस्विनी , सिमरिका या  सुचित्रा ? लाग्यो  ,उपन्यासमा नयाँ प्रयोग  होला। उपन्यास सहज र सरलभन्दा बाङ्गाटिङ्गा बाटाहरूबाट बगेको प्रतीत हुन्छ।

लेखकका अनुसार लघुकथालाई उपन्यासको रूप दिएको हुँ। वास्तवमा कृतिको समपान पनि  कताकता लघुकथाको जस्तै बनेको छ। पाठकका  मष्तिष्कहरू समाधान खोज्न जुर्मुराउने पारेको छ। जिज्ञासाहरू एकाएक खडा गर्ने अवस्था उत्पन्न गरेको छ।

रघुनाथ को हो?  जारको छोरा  रघुनाथको बिहेमा मृदुल किन सदन आए र किन बाहिरिए?  सदन छाडेर हिंडेको एकराज कसरी र कहिले  आइपुग्यो?  उपन्यासको एउटा पात्र बूढो किसानले भनेजस्तै एकराजको ञ के थाहा! दुर्भाग्य हो कि सौभाग्य हो?’

चन्द्रकान्त , रत्नमणि र विश्वराज  तीन दाजुभाइ कसका छोरा हुन्? सुचित्राले  सम्बोधन गरेको माइला पिताज्यू  को हुन्? प्रियम्बदा र शशिकला सुचित्राकी छोरी हुन् तर बाबू को हो? सबैसबै जिज्ञासाको  समाधान खोज्न उपन्यासको उपसंहार खण्ड  पढन  पाठकले छुटाउनै नहुने रहेछ।

जे होस् , सिमल बुक्स पब्लिकेशनको प्रकाशन रहेको प्रस्तुत उपन्यास पठनीय र सङ्ग्रहणीय  छ। मूल्य रू .११००। – तिरेर पढदा पछुताउनुपर्ने अवस्था छैन।

लता के. सी .  
अर्को समाचार
तेजस्विनी सदन र पाठकीय दृष्टि
११ मंसिर २०८०
•
४ मिनेट पाठ
तेजस्विनी सदन  र पाठकीय दृष्टि
२०८० असोजमा उपन्यासकार अतुल पोखरेलको तेजस्विनी सदन उपन्यासको लोकार्पण कार्यक्रममा म पनि साक्षी बनेकी थिएँ। गुरु बलराम पोखरेलका छोरा र विराटनगर, मेरा माइती ठाउँका स्रष्टा भनेपछि लेखकलाई भेट्ने मभित्र उत्कण्ठा जागेको थियो, पूरा गरें। त्यही समय विमोचित कृति हात परेको थियो। केही दिन खर्चिएर बल्ल पढेर तुर्‍याएँ। ६१ अध्याय र ५३९ पृष्ठमा लेखिएको पुस्तक बाहिरबाट हेर्दा नै भव्य  देखिन्छ। आकर्षक आवरण चित्र र शीर्षकले मलाई पढ्ने हुटहुटी जगायो। पढेँ र पाठक प्रतिक्रिया लेख्न मन लाग्यो।




स्रष्टाले प्राक्कथनमा स्विकारेका छन्, प्रस्तुत उपन्यास प्रेमको एक पोको मात्रै हो। स्रष्टा र पाठक बीचको प्रेमानुभूति साटासाटको प्रयास हो।

साँच्चै किताब पढिसक्दा मलाई लाग्यो, यहाँ त मृदुल र सरोजिनीको प्रेम, सुचित्राको एकराजप्रतिको प्रेम, एकराजको सिमरिकाप्रतिको प्रेम, तेजस्वीनी र शार्दुलप्रतिको प्रेम अचम्मको घटना र परिघटनाको समागम बनेको छ, सिङ्गो उपन्यास।

एकराज एउटा गोठालो हो, जो  बाँसुरी मीठो बजाउँछ। उसको बाँसुरी नै उसको परम मित्र हो। एकदिन उसले जङ्गलमा बाँसुरी बजाउँदै गर्दा सदनभित्रको मचानमा एउटी सुन्दरी सिमरिकालाई देख्छ। ऊ उसको सौन्दर्यमा मोहित हुन्छ। प्रेममा फस्छ।
उनलाई पाउने उसको जीवनको लक्ष्य बन्छ। ऊ बाँसुरी बेचेर, आफ्नो घर, गाईवस्तु छोडेर सदनभित्र कामको खोजीमा पस्छ। काम पाउँछ। बिस्तारै उसले त्यहाँका ठूलासाना सबै सदस्यको मन जित्छ। ऊ उनलाई पाउन हरेक दुखद् र कठोर अवस्थालाई पनि स्विकारेर आशालाई मर्न नदिइ पर्खिरहन्छ। सदनका माथिल्ला तप्काका पात्रले समेत सिमरिका उसैको हुनेछे भन्ने भरोसा दिएका थिए तर समयको उतारचढावमा के भयो जान्नका लागि पढनुस्, तेजस्विनी सदन।

तेजस्विनी सदन उपन्यासभित्र एकराजको कथा मात्र होइन, बहुल पात्रको प्रेमकथा व्यक्त भएको छ। जङ्गलको बीचमा रहेको तेजस्विनी सदनभित्रको भव्य परिवेश उपन्यासमा पढ्दै गर्दा संभ्रान्त परिवार, कुनै दरबार वा अझ भनौं राणाकालीन पात्र,चरित्रको झझल्को आउँछ। परिवारको जेष्ठ पात्र मृदुल, उनकी पत्नी तेजस्विनी हुन्। दुनियाँको नजरमा सिमरिका, उनीहरूको सन्तान भए पनि खासमा मृदुलका भाइ शार्दुल र तेजस्विनीका सन्तान हुन्।

उपन्यासका केही अध्यायमा देवरभाउजूको अनौठो प्रेम पोखिएको छ। शार्दुलकी पत्नी सुचित्रा पतीबाट तिरस्कृत छिन्। उनीहरूको बीचमा दम्भको  पर्खाल छ जसले नाम मात्रको पतीपत्नी रहेका छन्। शार्दुल एउटा उदण्ड पात्रको रूपमा प्रस्तुत भएको छ। अन्यत्र स्वास्नी राख्दै हिंडने घिनलाग्दो बहादुर हो, ऊ।
सुचित्रा एकराजप्रति प्रेम दर्शाउँछिन् तर सिमरिकाको प्रेममा ऊ अन्धो  छ। भव्य र आलिशन महलभित्रका पात्रहरूको मनोविज्ञान र यौन उत्कण्ठालाई उपन्यासले खोतलेको छ। पारिवारिक स्नेहको अभावमा कसरी पात्रहरू विक्षिप्त बन्नुपरेको छ? त्यस अवस्थालाई उपन्यासकारले मीठो प्रस्तुति दिएका छन्।

प्रत्येक अध्यायले नयाँ पात्र जन्माउँछ र पात्रले घटना, परिघटना निर्माण गर्दै उपन्यास अघि बढेको छ जसले कौतुहूल र रोचकता थपेको छ तर  पात्रहरूको बाहुल्य र केही अध्यायमा जङ्गल र प्रकृतिको अनावश्यक वर्णनले झर्को पनि लाग्ने गर्छ। कतिपय लेखकीय विचारले मन छुन्छ। लेखकको जन्मभूमि नेपाल र कर्मभूमि विदेश भएर होला, उपन्यासमा पूर्वीय र पाश्चात्य चिन्तनको प्रभाव परेको छ।

उपन्यासको अन्तिमतिरको चरणमा आइपुग्दा शार्दुललाई जङ्गली घिसिङहरूले मारिदिन्छन्। घिसिङ महिलाहरूप्रतिको कुकृत्यले उसको जीवनलीला सकिन्छ। उसै बेला अनेक प्रपञ्च रचेर मृदुल माझीकी छोरी सरोजिनीसँग बिहे गरेर गृहत्याग गर्छन्। एकैपटक घटेका यी घटनाहरूले तेजस्विनी सहन सक्दिनन् र बहुलाउँछिन्। एकराज सदन छाडेर हिंड्छ। सुचित्रा एक्लै परेको अवस्थामा कथा सकिन्छ।

कथा दुखान्तमा सकियो भनेर पाठकको मन खल्लो हुन्छ। मेरो मनले सुटुक्क भन्छ, ‘पाश्चात्य शैलीको मान्यतालाई बोकेको सिर्जना!’तर त्यो होइन रहेछ। जब उपसंहार पढें, अलिकति रहस्य,अलिकति पूर्णता पाएँ।
स्रष्टाको यो खण्डमा २१ वर्षपछिको घटनालाई  लेखकले सुटुक्क वर्णन गरेका रहेछन्।

मैले बुझे अनुसार उपन्यास भनेको एउटा सिङ्गो जीवनको चित्रण हो। मुख्य पात्रको जीवनमा घटेका घटनाहरू उतारचढावको चित्रण हो। पुस्तक पढिसकेपछि आफैसँग प्रश्न गरें, यसमा प्रमुख पात्र को हो? एकराज, मृदुल, शार्दुल, तेजस्विनी, सिमरिका या सुचित्रा? लाग्यो, उपन्यासमा नयाँ प्रयोग होला। उपन्यास सहज र सरलभन्दा बाङ्गाटिङ्गा बाटाहरूबाट बगेको प्रतीत हुन्छ।

लेखकका अनुसार लघुकथालाई उपन्यासको रूप दिएको हुँ। वास्तवमा कृतिको समपान पनि कताकता लघुकथाको जस्तै बनेको छ। पाठकका मष्तिष्कहरू समाधान खोज्न जुर्मुराउने पारेको छ। जिज्ञासाहरू एकाएक खडा गर्ने अवस्था उत्पन्न गरेको छ।

रघुनाथ को हो? जारको छोरा रघुनाथको बिहेमा मृदुल किन सदन आए र किन बाहिरिए? सदन छाडेर हिंडेको एकराज कसरी र कहिले आइपुग्यो? उपन्यासको एउटा पात्र बूढो किसानले भनेजस्तै एकराजको ‘के थाहा! दुर्भाग्य हो कि सौभाग्य हो?’

चन्द्रकान्त, रत्नमणि र विश्वराज तीन दाजुभाइ कसका छोरा हुन्? सुचित्राले सम्बोधन गरेको माइला पिताज्यू को हुन्? प्रियम्बदा र शशिकला सुचित्राकी छोरी हुन् तर बाबू को हो? सबैसबै जिज्ञासाको समाधान खोज्न उपन्यासको उपसंहार खण्ड पढ्न पाठकले छुटाउनै नहुने रहेछ।

जे होस्, सिमल बुक्स पब्लिकेशनको प्रकाशन रहेको प्रस्तुत उपन्यास पठनीय र सङ्ग्रहणीय छ। मूल्य ११००।-रूपैयाँ तिरेर पढ्दा पछुताउनुपर्ने अवस्था छैन।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस