‘नारायणगोपालका तीन सपना’ पूरा गरिंदै
१५ मंसिर २०८०
•
६ मिनेट पाठ
‘नारायणगोपालका तीन सपना’ पूरा गरिंदै
महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको मिलीजुली टोलस्थित २६८ नंको घरमा अहिले केही चालचुल हुँदैछ।




नेपाली गीतसङ्गीत जगत्को एक मन्दिरमा अहिले त्यसका देवता नरहे पनि तिनको अस्तित्व जीवन्त बनाउन भौतिक संरचना निर्माण भइरहेको देख्न सकिन्छ। नेपाली गीतसङ्गीत क्षेत्रमा आफ्ना पालामा ‘न भूतो, न भविष्यति’ को छवि बनाएका ‘स्वरसम्राट्’का स्मृतिमा ‘नारायणगोपाल सङ्गीत कोष’ ले उनको निवासलाई नै सङ्ग्रहालयको रूप दिने तयारी थालेको छ। अझ ‘पेमु’ सहितका नाममा निवास परिसरमा ‘नारायणगोपाल पेमला सूरमय गीतगङ्गा भवन’ पनि बनाएर उनको सपनालाई मूर्त रूप दिइँदै छ।

काठमाडौं किलागलबाट हालको कामपा-३, भाटभटेनीमा क्षेत्रमा बसाइँ सरेका नारायणगोपाल (विसं १९९६-२०४७) को निवासलाई सबै थरीका मानिसको गन्तव्य बनाउने उद्देश्यले कोषले एक महिनादेखि काम अगाडि बढाउँदै छ। तर, यस मङ्सिरमा त्यो सम्पन्न हुने छैन, करिब सात महिनापछि मात्र पुनः निर्माण र सङ्ग्रहालयको प्रारम्भिक काम सकिने छ।

त्यो कोमल, आनन्दायक र अमूल्य ‘मखमली आवाजका धनी’ को  जन्म महिना र गते असोज १८ लाई नभई देहावसान महिना र गते मङ्सिर १९ का दिनलाई नै कोष र गीतसङ्गीतकर्मीले पवित्र दिन मान्दै समारोह आयोजना गर्दै आएका छन्।
कोषले हरेक वर्ष गीतसङ्गीतका दुई स्रष्टालाई सम्मान गर्दै आएको छ र हालसम्म ४० जना सम्मानित भइसकेका छन्।

कोषका संरक्षक तथा अध्यक्ष पेमला (निधन विसं २०६१)ले पतिसँगको बिछोड वर्षमै आफ्ना निवास र भौतिक सामग्री कोषअन्तर्गत सङ्ग्रहालय निर्माणार्थ सबै कोषलाई समर्पण गरिसकेका थिए।

गीतसङ्गीतका क्यासेट भने म्युजिक नेपाललाई हस्तान्तरण गरिएको थियो। यसअघि नै कामपा-३ का वडाध्यक्ष दीपक केसीको पहलमा २०५४ सालमा भूगर्भ तथा खानी विभाग, लैनचौरदेखि महाराजगञ्ज चक्रपथचोकसम्म करिब साढे दुई किमी सडकलाई ‘नारायणगोपाल मार्ग’ नामकरण भइसकेको छ भने २०५५ सालमा महाराजगञ्ज चोकमा उनको साालिक ठडिइसकेको छ।

कोषका वर्तमान महासचिव केसी नारायणगोपालसँग सम्बद्ध गीतसङ्गीतका सामग्रीदेखि उनले प्रयोग गरेका सबै  घरेलु वस्तु सङ्ग्रहालयमा राखिने बताउँछन्। त्यसो त नारायणगोपाल-पेमला निवास/सङ्ग्रहालयभित्रको पश्चिमोत्तर १७/१४ फिटको कक्षमा अहिले नै उनले प्रयोग गरेका तबला, हार्माेनियम, मादललगायत सङ्गीत उपकरण, त्रिइनवन सिडी-क्यासेट-रेडियो,  सम्मान-प्रशंसापत्र-पुरस्कार प्रमाणपत्र, पदक, मायाको चिनो, आफू, पत्नी, राजा वीरेन्द्र र साथीभाइसँगको तस्बिर, रेडियो सजिसजाउ गरी राखिएका छन्। उनकै पालाका सोफा, कुर्सी र टी टेबल पनि त्यहीँ सुरक्षित छन्।

‘मखमली आवाज’का धनीलाई सम्मान गर्न सङ्ग्रहालयका भित्ताहरू रातो मखमलले नै सजाइने छ, कामपा-३ का पूर्ववडाध्यक्ष केसीले भने।

भाटभटेनी मन्दिरबाट एक सय मिटर र नारायणगोपाल सालिकबाट दुई सय ५० मिटर दूरीको पूर्वाेत्तर साढे दुई तलाको सङ्ग्रहालयमा नारायणगोपाल-पेमला दम्पतीका शय्या, दराज, वस्त्र, फ्रिज, स्टोभ, किरोसिन लाइट, तस्बिर आदि निवासमै यत्रतत्र छन्। जुन एकत्रित गर्ने काम भइरहेको छ र अन्य वस्तु पनि सङ्कलन हुँदै छ।

“त्यतिबेलाको कलर सोनी टेलिभिजन पनि त्यहीँ छ, बाथरुममा त्यो बेला नै राखिएको सावर पनि छ, जुन त्यतिबेला हत्तपत्त कसैले राख्दैनथ्यो”, सङ्ग्रहालय निर्माणमा जुटेका कोषका सङ्गीत निर्देशक राजकुमार श्रेष्ठले भने।

निवासका अन्य कोठाहरू ससाना नै छन्। बाथरुम भने सापेक्षिक रूपमा अलि ठूलै छ। डाइनिङ रुमसहितको भान्छा कोठा पनि चिटिक्क परेको छ। जहाँ नारायणगोपाल आफैं खाना पकाउने मेलोमेसोमा ज्यादाजसो अघि सर्थे। भर्‍याङ भने निकै साँघुरो र परम्परागत नै छ। कतिपय सामान काम गर्नेले लगे, कति अरूहरूले, केही पत्तै छैन।

सङ्ग्रहालयको तल्लो वा भुइँतलाको एक कोठा भने हाल भ्वायलिन सिक्न चाहनेका लागि प्रयोग गरिंदै छ। “२०५२ सालदेखि दैनिक चार-पाँच जनालाई गरेर हालसम्म दुई÷तीन सय विद्यार्थीलाई मैले तालिम दिइसकेँ, त्यो पनि सक्नेलाई शुल्क, नसक्नेलाई निःशुल्क”, सङ्गीत निर्देशक श्रेष्ठले भने।
आधुनिक सङ्गीतलाई पूर्णता दिन भ्वायलिन आवश्यक पर्छ। भ्यायलिन विश्वको सबभन्दा लोकप्रिय बाजा हो। जसको प्रयोग पाश्चात्य सङ्गीतदेखि लिएर हरेक प्रकारका सङ्गीतमा गरिन्छ। सारङ्गी, सितार जस्ता अन्य तारयुक्त बाजामा  ‘बेला’  सबभन्दा छोटो भए पनि यसको तार भने लामो हुन्छ।

केसीका अनुसार नारायणगोपालका तीन सपना थिए, भ्वाइलिन ट्रेनिङ, गीतगङ्गा भवन तथा आफ्नो सालिक र आफ्नो नामको मार्ग। पछिल्लो सपना भने साथीभाइ-गीतसङ्गीतकर्मीमाझ स्वरसम्राट्ले ठट्टै ठट्टामा भन्ने गरेको भनी रणजित गजमेरले यसरी सुनाएका रहेछन्, “हामी मरेपछि हाम्रा नाममा मूर्ति र सडक बन्ने हुन् कि होइनन्?”

गीति शब्द तौलेर मात्र गाउने यी गायकले लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, माधवप्रसाद घिमिरे, हरिभक्त कटुवाल, भूपी शेरचन, ईश्वरबल्लभ, धर्मराज थापा, चेतन कार्की, लक्ष्मण लोहनी, प्रदीप रिमाल, तुल्सी घिमिरे, नगेन्द्र थापा, किरण खरेल, राममान तृषित, गोपाल योञ्जन, भीम विराग, क्षेत्रप्रताप अधिकारी, दिव्य खालिङ, विश्वम्भर प्याकुर्‍याल, कालीप्रसाद रिजाल, रत्नशम्शेर थापा, भैरवनाथ रिमाल, कञ्चन पुडासैनी, नीर शाह, दिनेश अधिकारी लगायत नाम चलेका कवि।
गीतकारका गीत मात्र गाए, सङ्गीत दिए जुन गीतिमययुक्त, सुसंस्कृत र अति सूक्ष्म स्वरकम्पपूर्ण हुन्थे, छन्।  तत्कालीन रानी ऐश्वर्य अर्थात् चाँदनी शाहको गीत त उनले जीवनको उत्तरार्धतिर मात्र गाए।

जीवनमा आधुनिक, लोक, भजन र राष्ट्रिय गरी करिब चार सय गीत (नेपाली र नेपालभाषा) मा कर्णप्रिय सङ्गीत तथा स्वर दिएका नारायणगोपालको निवास पुनःनिर्माणका लागि २० लाख रुपैयाँ र सङ्ग्रहालय निर्माणका लागि २० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। यी काम चालु आव २०८०/८१ मै सकिने योजना छ।

“यस कामका लागि हामी तीनै तहका सरकार, विभिन्न सङ्घसंस्था, व्यक्तिआदिका सहयोग लिन्छौं। यो त राज्यकै दायित्व हो नि”, स्थानीय समाजसेवी समेत रहेका केसीले बताए। यस सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँग पनि कुरा भइसकेको उनको भनाइ छ।

गीतगङ्गा भवन

नारायणगोपालका सपनामध्येको गीतगङ्गा भवन निर्माण भइरहेको छ। सङ्गीत महाविद्यालयका रूपमा स्नातकसम्मको अध्ययनअध्यापन हुने गरी यसको सञ्चालन गरिने कोषको योजना छ।

सात करोड रुपैयाँ लागत अनुमानको सो चारतले (भुइँतलासहित) भवनका सबै तलामा ढलान भइसकेका छन्। “हामी चालु आवमा नै कुनै विश्वविद्यालयसँग आबद्धता लिएर स्नातक तहको सङ्गीत कक्षा सुरु गराउने छौं”, राजनीतिकर्मी केसीले भने।

सहिद, राजनीतिज्ञ/राजनीतिकर्मीका साथै भाषा, साहित्य, कला, गीतसङ्गीत, संस्कृति, चलचित्र, मनोरञ्जन, नाट्य आदि क्षेत्रमा योगदान दिने व्यक्तित्वका स्मृतिमा समाजमा स्मृति प्रतिष्ठान, सङ्घसंस्था, सालिक, सङ्ग्रहालय, भवन, शैक्षिक संस्था खोल्ने चलन बढिरहेका सन्दर्भमा स्रष्टा/व्यक्तित्वका सपना साकार पार्न पनि पछिल्लो पुस्ता लाग्नुपर्नेमा समाजसेवी केसी र परिकल्पित नारायणगोपाल सङ्गीत महाविद्यालयका सङ्गीत निर्देशक श्रेष्ठ जोड दिन्छन्।

गीतसङ्गीत क्षेत्रमा नेपालका ‘तारा’ देवीका नाममा पाँच वर्षअघि स्थापित प्रतिष्ठानका अध्यक्ष पनि रहेका केसीले उनीद्वारा गाइएका-सङ्गीत दिइएका गीतहरूको पनि सङ्कलन र ‘नोटिफिकेसन’को हुँदै गरेको बताए।
यसरी स्रष्टाहरूको सम्मानको कामलाई संस्थागत गर्नुपर्ने उदाहरण उनले दिएका छन्।

तारादेवीका सुपुत्र रवि श्रेष्ठ संरक्षक रहेको तारादेवी फाउन्डेसनका सदस्यमा मीरा राणा, ज्ञानु राणा, भुवन चन्द लगायत रहेका छन्। उनका नाममा भने हरेक वर्ष माघ ९ गते समारोह आयोजना गरिन्छ।
अर्को समाचार
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
९ घण्टा अघि
•
१ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।

 

‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।

 

कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।

 

लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।

 

सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।

 

ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।

 

कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।

अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।

 

जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।



डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस