बलिउडमा रणवीरको 'एनिमल' र विक्कीको 'सामबहादुर' बीच टक्कर
१७ मंसिर २०८०
•
१ मिनेट पाठ
बलिउडमा रणवीरको 'एनिमल' र विक्कीको 'सामबहादुर' बीच टक्कर
भारतीय बक्स अफिसमा रणवीर कपूर अभिनीत फिल्म 'एनिमल' र विक्की कौशल अभिनीत फिल्म 'सामबहादुर' प्रदर्शन भइरहेको छ।

बक्स अफिसमा रणवीर कपूरको 'एनिमल' ले आक्रामक कमाइ गरिररहेको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार एनिमलले बक्स अफिसमा दुई दिनमा १३१ करोड ७ लाख भारू कमाइ गरेको छ।

६३ करोड ८० लाख भारूमा ओपनिङ गरेको फिल्म 'एनिमल' ले दोस्रो ६७ करोड २७ लाख भारू कमाएको हो। हिन्दी संस्करणमा ५४ करोड ७५ लाखमा ओपनिङ गरेसँगै एनिमल सर्वाधिक कमाइ गर्ने तेस्रो हिन्दी फिल्म बनेको छ।

फिल्म एनिमलले आक्रमक कमाइ गरिरहदा विक्की कौशल अभिनीत फिल्म 'सामबहादुर' को कमाइ भने सुस्ताएको छ।

फिल्म  'सामबहादुर' ले दुई दिनमा १५ करोड २५ लाख भारू कमाएको छ। ६ करोड २५ लाखमा ओपनिङ गरेको फिल्म 'सामबहादुर' ले दोस्रो दिन ९ करोड भारू कमाएको हो।

सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्म 'एनिमल' मा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ।

त्यस्तै मेघना गुल्जारले निर्देशन गरेको फिल्म 'सामबहादुर' मा विक्कीसँगै सान्या मल्होत्रा, फातिमा सना शेखलगायत कलाकारको अभिनय छ।
अर्को समाचार
किन ट्रोल हुँदै छ रणवीरको अयोध्याको तस्बिर ?
१० माघ २०८०
•
१ मिनेट पाठ
किन ट्रोल हुँदै छ रणवीरको अयोध्याको तस्बिर ?
सोमबार अयोध्यामा राम मन्दिरमा भगवान् रामको बालक प्रतिमूर्तिको प्राण प्रतिष्ठा भयो। सो समारोहमा ठूलो संख्यामा दर्शनार्थीहरु पुगेका थिए।

उक्त समारोहमा व्यापारीहरू, अभिनेता–अभिनेत्रीदेखि देश विदेशका दर्शनार्थीहरु पुगेका थिए। सोही अवसरमा भारतीय फिल्म उद्योगका रियल जोडी आलिया भट्ट र रणवीर कपूर पनि पुगेका थिए। त्योसँगै अर्का रियल जोडी कट्रिना कैफ र विकी कौशल।

रामको दर्शन गर्न बसेका कट्रिना कैफ र आलिया भट्टको बीचमा रहेका रणवीर कपूरको तस्बिर अहिले सामाजिक सञ्जालमा ट्रोल भइरहेको छ। दर्शनका लागि लाइनमा बसिरहेका उनीहरूको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ।

सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा रणवीर र आलिया दुवै लाइनमा देखिन्छन्। दुवै जना बिस्तारै बिस्तारै अगाडि बढिरहेका छन्।

रणवीरले आलियालाई पछाडिबाट समातेका छन्। भिडमा बिस्तारै अघि बढिरहेका छन्। आलियाको अगाडि अभिनेत्री माधुरी दिक्षित र उनको पति श्रीराम नेने छन्। यहाँ रोचक कुरा चाहिँ के देखियो भने लाइनमा रणवीरको पछाडि कट्रिना छिन्। कट्रिना र रणवीरको बिचमा निकै ग्याप देखिन्छन्। कट्रिनालाई छोइएला कि भनेर रणवीर बेला बेलामा पछाडि फर्किएर हेरिरहेका छन्।

कट्रिनाको पछाडि उनको पति विकरकी कौशल छन्। विकरकी लाइनमा कट्रिनालाई समातेर उभिएका छन्। 

कुनैबेला रणवीर कट्रिनासँग अफेयरमा रहेका थिए। पछि भने रणवीरले आलियासंग विवाह गरे। अहिले यी दुईको छोरी जन्मिएकी छिन्।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस